प्रचण्डको चीन र भारत भ्रमणले विशेषतः माओवादी
पार्टी र नेतृत्वका कारण क्रमशः अस्थिरता र भग्नतातर्फ खस्किँदो र भत्किँदो देशको
भाग्य कायापलट नै हुने हो कि भन्ने भ्रम छर्न 'माओ' विद्वानहरू उद्यत रहेका छन्
। यो काममा माओवादी छापादेखि युग पाठक नामका माओविद्वान र नागरिकका किशोर
नेपालसम्म खटिएका छन् । एउटा दल विशेसका असाध्यै अस्थिर चरित्र र व्यवहारयुक्त
नेताको यस्तो प्रयास देख्दा र यही मतलाई पत्याउने यही मतका पाठक र जनता पनि यो मुलुकमा रहेको हुँदा यो हाम्रो सोचको दारूण अवस्था नै मान्नु पर्छ ।
अहिले मुलुकमा हिजोको जस्तो कुनै राजा, सेना
, बहुमत प्राप्त दलको नियन्त्रण बाँकि रहेन । छिमेकीहरूलाई पनि थाहा छ,
नेपालको
परिस्थिति अझै केही वर्ष स्थिरताको बाटोमा जाने छैन किनभने , कांग्रेस
र एमाले जस्ता लोकतान्त्रिक दलहरूको अपेक्षाकृत शान्त राजनीतिलाई हुल्लड र आतंकका
सौदागरहरूले बन्धक बनाएका छन् । नेपालको पहाड र हिमालको जनमत बराबर रूपमा बाँडिएको
छ र मधेश निर्णायक भएर कसैको बहुमत बन्न सकिरहेको पनि छैन, जुन भारतले
चाहन्छ । छिमेकीलाई थाहा छ, नेपालको स्थिरता र शान्तिको ग्यारेण्टी
गर्न नसके पनि अशान्ति र उथलपुथलको अभियन्ता बनेर नेपाललाई अधकल्चो बनाउन नेपाली
माओवादीहरूले प्रशस्त काम गरिरहेका छन र गरिरहन सक्छन् । तिनलाई कुनै तरिकाले
इङ्गेज गरिरहनु पर्छ । यही उद्धेश्यले माओवादी पार्टीले नियोजित रूपमा पार्टी
फुटाएर २ वटा बनाएको छ र एउटालाई उपद्रो गर्न प्रयोग गर्न मिल्ने 'मिलिसिया'
को
रूपमा 'रेडि' पोजिसनमा राखेको छ । यो माओवादी पार्टीको त्यो foil
हो जस्लाई आवश्यकता अनुसार प्रयोग गरी
राज्यलाई अस्त व्यस्त पार्न सकिन्छ । यो
अस्तव्यस्तताको प्रयोग भयो भने छिमेकी मुलुकहरू विशेषतः चीनको सुरक्षा चासोमा आघात पुग्नेछ भन्ने कुरामा चीन चिन्तित छ। अरू सबै दल र नेताहरू विचार र व्यवहारमा अराजक, अनुशासनहीन र घातक छैनन् तर तिनीहरू माओवादी जोरजुलुमवादका अघि जनमतका वावजूद निर्णायक रूपमा अघि आउन नसकेको वर्तमान नेपाली सन्दर्भमा , माओवादी र उसका भर पर्न नसकिने नेतालाई चीनमा बोलाएर , यस्तो गैर जिम्मेवार राजनीति गरेर हैन बरू 'जवाफदेही बनेर राजनीथि गर, हैन भने खैरियत रहने छैन' भन्ने कुराको हिदायत दिन चीनले निम्तो गरेको हो । यो कुरा वैद्य समूहका नेता र प्रचण्डलाई समेत चीनले दिएको संघियता सम्बन्धी 'वार्निङ' ले पनि प्रमाणित गरेकै छ ।
अस्तव्यस्तताको प्रयोग भयो भने छिमेकी मुलुकहरू विशेषतः चीनको सुरक्षा चासोमा आघात पुग्नेछ भन्ने कुरामा चीन चिन्तित छ। अरू सबै दल र नेताहरू विचार र व्यवहारमा अराजक, अनुशासनहीन र घातक छैनन् तर तिनीहरू माओवादी जोरजुलुमवादका अघि जनमतका वावजूद निर्णायक रूपमा अघि आउन नसकेको वर्तमान नेपाली सन्दर्भमा , माओवादी र उसका भर पर्न नसकिने नेतालाई चीनमा बोलाएर , यस्तो गैर जिम्मेवार राजनीति गरेर हैन बरू 'जवाफदेही बनेर राजनीथि गर, हैन भने खैरियत रहने छैन' भन्ने कुराको हिदायत दिन चीनले निम्तो गरेको हो । यो कुरा वैद्य समूहका नेता र प्रचण्डलाई समेत चीनले दिएको संघियता सम्बन्धी 'वार्निङ' ले पनि प्रमाणित गरेकै छ ।
उता भारत भ्रमणको रहस्य कुनै बाँकि पनि छैन ।
माओवादीहरू भारतले नै नेपाललाई आफ्नो चंगूलमा लिनका लागि नोयडा, गुडगावँ,दिल्ली
, भारतका गल्ली र मोहल्लामा सिंचन गरी हुर्काएका बोट हुन् भन्ने कुरा
अब सबैलाई थाहा भएकै कुरा हो । 'पुनर्मुसिको भवः' भन्ने
कथामा झैँ आँफैले बाघ बनाएको मुसोले बेलाबेलामा झम्टिएर कतै शत्रूवत् व्यवहार
देखाएको र बाउँडिएको डरले , भारतले उसका नेतालाई बोलाएर मेजवान र
धम्किको घुड्को एकसाथ पिलाउन खोजेका हुन् । बारतले त विशेष गरी १ वा २ मधेशको
बारेमा पछि हटेको खण्डमा माओवादीको खैरियत बाँकि नरहने पाठ पनि प्रचण्डको सोमरसमा
मिसाएर पिलाउन चाहन्छ । साथै भारतले अब हुने संविधानसबाबाट बन्ने सरकारको
प्रधानमन्त्री वा राष्ट्रपति बन्न सकिने लोभ देखाउँदै प्रचण्डलाई आफ्नो हितमा काम
र व्यवहार वफादार राखिरहन हिदायत दिने छ ।
उता प्रचण्डले अहिलेको परिवेशमा आँफू नेपालको
सबैभन्दा ठूलो नेता भएको र आँफूबाट नेपालको राजनैतिक स्थिरताको काम हुने भएकाले अब संविधानसभाको चुनाब जित्न मद्धत
गरिदिन विशेषतः भारतसंग याचना गर्नेछन् । कटवाल काण्डपछि र त्यसपछी बेलाबेलामा
माओवादीको प्रचण्ड-वैद्य समूहले भारत बिरूद्ध
देखाएको तमाशाको अविश्वस्नीय बालहठ ठान्दै बिर्सिएर आँफूमाथि विश्वास र समर्थन
दिलाउन प्रचण्डले याचना गर्नेछन् । चीन गएर आफ्नो जलधारा जस्तो कमण्डलूमा विकास
मागेर फर्केका यिनले , भारतलाई १ वा २ मधेश दिलाउने प्रण गर्दै , उसको सुरक्षा
चासोमा ग्यारेण्टी बसिदिने वाचा गर्दै मधिशे जमातको समर्थन सहित आगामी चुनाब
जिताएर सरकरको नेतृत्व गर्न पाउने कुरामा भारतको आशीवार्द माग्ने रोदन रूनेछन् ।
सबै कुरा विश्वसनीय लागेमा आफ्नो स्वार्थका ‘चेस गोटी’ ठानेर भारतले ‘तथास्तु’ पनि
भन्ला । तर , माओवाद जस्तो राजनैतिक रूपमा २१ औँ शताब्दि दूर्लभ र दुच्छर विचार बोकेर , आफ्नै मुलुकभित्र
बहुसंख्यक देशवासीहरूलाई शत्रू बनाउँदै रगतपच्छे पार्ने विचार बोकेर , भारत र
चीनलाई मिलाउने काम गर्छु भन्ने उदेक लाग्दो डंका पिटेर जग हँसाइ गर्नुको कुनै तुक
छैन । न त भारत र चीनको बीच नेपालले खेल्नु पर्ने कुनै भूमिका नै बाँकि छ , जसको
कतै खाँचो परेको होस् ।
चीन र भारत चार हजार
किलोमिटर भन्दा बढी सीमा जोडिएका मुलुक हुन् र यी मुलुक बीचको वार्षिक व्यापार १२०
अरब भन्दा नाघेर द्रूत रूपमा अगि बढ्दैछ । सामरिक र सीमाना सम्बन्धी विवाद र तानातानी बीचमा पनि पछिल्ला वर्षहरूमा यी २
मुलुकको सम्बन्ध, व्यापारिक, प्राविधिक र औद्योगिक अन्तरसम्बन्धका कारणले अति
मजबूत बनिसकेको छ र यो पछि फर्किने र फेरि युद्धमा पुग्ने सम्भावनामा छैन ।
क्षेत्रिय शक्ति बन्न आतुर मुलुक हुँदै गर्दाका महत्वाकांक्षाहरूका वावजूद , आफ्नै
मुलुकप्रति र विश्व शक्ति सन्तुलनका लागि यी मुलुकहरू एकापसमा गहन सहकार्य गर्नै
पर्ने स्थितिमा रहेकाले सोही बाटोमा हिँडिरहेका छन् । यस्तोमा यी दुई मुलुक बीच
पसेर नेपालले गरिदिनु पर्ने साझेदारी र मध्यस्तथा गरिदिने प्रचण्डको स्याल हुइँया
एउटा मजाक जस्तो बनेको छ , जसलाई बेतुके कुरा भन्दै अस्ति भारतीय बिदेशमन्त्री
सलमान खुर्सिदले खारेज गरिसकेका छन् । हिजो मात्र भारतीय बिदेश मन्त्रालयबाट ‘लिक’
भएको वा गराइएको एउटा सूचनामा नेपालका अहिलसम्मका प्रधानमन्त्रीहरू मध्ये बीपी
कोईराला, कृष्ण प्रसाद भट्टराई र मनमहोन अधिकारी बाहेक अरूले आफ्ना भारत भ्रमणका
बेला केवल आफ्ना दलीय स्वार्थहरू मात्र अघि सार्ने गरेको गुह्य खोलेर , प्रचण्डको
हिजो भएका भ्रमणमाथि ‘जलप’ सजाइदिएको छ ।
अहिले नेपालमा राजा, सेना र बहुमतीय सरकारको दीगो र दह्रो खम्बा बाँकि नरहेको
अहिलेको अवस्थामा आँफू नै बिस्तारै सर्वमान्य नेता हुँ भन्ने दावा गर्दै राष्ट्रको
सरकार समेतलाई ओझेलमा पारेर एउटा दलको नेताले गर्ने यस प्रकारको भ्रमण र यसले
ल्याएको अनावश्यक चर्चा र परिणाम, मुलुकको बैदेशिक नीतिलाई एउटा अण्टसण्ट पाखण्डको
अधीनस्थ बनाउने किसिमले घातक बन्न जाने देखिएको छ । माओवादी पार्टी अध्यक्षलाई आँफैले
हिजो गरे गराएका अविश्वसनीय र गैर जिम्मेवार कामका कारण छिमेकीलाई केही कुरोमा
पुनः विश्वासमा लिनु पर्ने खाँचो महशुस भएको छ । त्यसो भए मात्र चुनाबमा बहुमत
ल्याउन र सत्तासीन बन्न भारतले साथ दिन्छ भन्ने उनको आँकलन हो । भारतले मन पराएन
भने चुनाबमा नै हराइदिन सक्छ र उसको विश्वासमा पर्न सकियो भने , उसकै इसारामा
खेल्ने गुडियारूपी ‘मधिशे’ दलहरूको साथले माहौल बनाउन सकिएला भन्ने प्रचण्डको
योजनामा यो भ्रमणको गुह्य छ भन्ने बुझ्न गाह्रो छैन । सम्पूर्ण राजनैतिक दलहरू र
विशेषतः मुख्य राजनैतिक पक्षहरू बीच सहमति गरेर देशको संविधान लेखन तथा एउटा
स्पष्ट आर्थिक र वैदिशिक नीतिको प्रारूप कोर्न नसक्ने र नचाहने पाखण्डहरूले एशियाका
शक्तिहरू मिलाइदिने ठूलो कुरा गर्नु ‘पानीमा पादेर’ समुद्र हल्लाएको डंका पिट्नु
हो । सरकार प्रमुख हैन, बरू एउटा दल
विशेषको नेताले आँफूखुशी गर्ने यस्ता यात्राहरू र पिटिने डंकाको समग्र मुलुकको
हितमा परिणाम , प्राप्ति र सकारात्मकता केही हँदैन । यस्तै बिद्रुप पात्रहरूको साथ पाएर
स्वार्थी बिदेशीहरू र तिनका गुप्तचर निकायहरू खेल्ने मौका झन सजिलो बन्दै जानेछ ।
त्यसैले, पहिला मुलुक सम्हाल ! चेतना भया !!!
1 Comments:
prachanda is a bakbass neta. what else I can say?
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !