तपाईँले कथा सुन्नु देख्नु भएको होला। पर्दामा देखिने कथाको शूरुमै भनिएको हुन्छ यो काल्पनिक हो,
कसैको जिबनसंग मेल खाएमा संयोग मात्र हुनेछ। तर यांहा कुरा गरिन लागिएको कथा काल्पनिक होइन ।
त्यसैले संयोग बस कसैसँग मिल्ने जाने संभावना छैन,यो कथा सरासर एक जना पत्रकारसँग मिल्न जान्छ।
करीव १० बर्ष पहिले घटेको यो घटना अहिले पुन ताजा भएर आएको छ।
कलमको सहारामा जिबन गुजारा गर्ने एक पत्रकारलाई राजनीतिक युद्धको निसाना बनाइयो। उनी निसानामा
मात्र परेनन्, परिवार र समाजसित कहिल्यै नफर्कने गरी जमिनमा अन्त्य गरियो। मरेपछि पनि
समय समयमा यी पात्रलाई ब्यूँताउने गरिन्थ्यो। कहिले पत्रकारले आफ्नो पक्षमा खडा गर्थे त कहिले
नेता पक्षले आफ्नो पकड देखाउने उनको भूत उठाएर तर्साउँथे। उनी त मरेर गए, तर उनलाई मार्नेले कहिल्यै
सजाए भोगेनन्। उनका परिवारले कहिल्यै न्याय पाएनन्। न्याय त धेरैले पाएका छैनन तर कानुनको घेरामा
परेका अपराधी पनि अनेक बाहानमा निर्दोष साबित हुँदै यही समाजमा फर्केका छन। यसरी अपराधीको
मनोबल त बढ्छ नै, मरिनेका परिवार यस्तो लाचारी कानुनी प्रक्रिया देखेर मरे तुल्य हुन्छन्। परिवारको
आशा हुँदो हो, एकपटक अपराधी समातिएला,सजाएको भागि दार बन्ला र मरेको आत्माले शान्त पाउला।
तर उनीहरुसंग मरेकाको आत्म शान्त पार्न तर्पण पानी बाहेक केही हुदैन।
माओवादी जनयुद्धमा मारिएका हजारौं कथा मध्ये २०६१ साउन २७ गते मरिने पत्रकार डेकेन्द्र थापाको कथा
हो यो। यो कथा छापामारद्वारा मारिएका अन्य ब्यक्ती भन्दा फरक छैन। अपराधीले सजाय पाउने संभावना
पनि उतिकै न्यून छ। जुन पार्टीले उनलाई सिद्यायो उही नै सरकारको कुर्चीमा बसेको छ। मुखियाको छोरोलाई
सजाए दिने भनेर कस्ले मुख खोल्ने। त्यही अबस्था छ अहिले। उनका हत्यारालाई सजाए भए उनको आत्माले
पक्कै शान्ति पाउने थियो,उनका परिवारलाई एक किसिमको पीडाबाट मूक्ती हुनेथियो। उनको आत्माले
छिटै शान्ती पाओस भन्नका निम्ती कान्तीपूरमा छापिएको उनको कथा तपाईहरू बिच बाड्न चाहान्छु।
(Source: Kantipur)- काठमाडौ, पुस २६ - पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न लक्षीराम घर्तीले हत्या कसरी गरिएको थियो भन्नेबारे कान्तिपुर संवाददाता प्रकाश अधिकारीसँग दैलेखमा प्रहरी हिरासतभित्रै कुराकानी गरेका छन् । घर्तीको भनाइ यस्तो छ-
मैले प्राण जाने गरी यातना नदिऔं भनेको थिएँ । मिलिसिया कमरेडहरू बेहोस हुने गरी कुट्थे । मैले कुनै यातना दिइनँ । तर, गाड्न लैजाने, खाडल खन्ने र माटोले पुर्ने काम भयो । प्राण गए/नगएको यकिन नभइकन खाल्डोमा पुरियो । मलाई आत्मग्लानि भइरहेको छ । त्यो गल्तीको सजाय भोग्न तयार छु । डेकेन्द्रको आत्माको चिरशान्तिका लागि म सजाय भोग्न तयार छु ।
प्रहरीले पक्राउ गरेर ल्याउँदै बाटोमै मैले हत्यामा संलग्न भएको स्वीकारेको हुF । डेकेन्द्रको हत्याका बेला म माओवादीको गाउँ कमिटीमा थिएँ । पछि एरिया समिति सदस्यको जिम्मेवारी पाएँ । २०५८ सालअघि कांग्रेसमा थिएँ ।
जनयुद्ध चर्किंदै गएपछि माओवादीको गाउँ तहकै होलटाइमर कार्यकर्ता बनें ।
२०५७ चैत २४ गते नौमुले इलाका प्रहरी कार्यालय आक्रमण गरेपछि त्यस भेगमा माओवादीको एकछत्र राज थियो । कि विस्थापित हुनुपथ्र्यो, कि त माओवादी ? दुईमध्ये एक बाटो रोज्नैपथ्र्यो । विस्थापित भएर परिवारलाई कहाँ बिचल्लीमा पार्ने भन्ने सोचें र माओवादीमा प्रवेश गरें । सिद्धान्त बुझ्नुभन्दा पनि माओवादीको जगजगी माहौल देखेर होलटाइमर भएँ ।
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले मलाई जिल्ला समिति सदस्यमा राखेको रहेछ । मलाई नै थाहा थिएन, पक्राउ परेपछि मात्र थाहा पाएँ । दुई-तीन वर्षयता पार्टीका कुनै पनि बैठक, प्रशिक्षण एवं भेलामा म सहभागी भएको छैन ।
डेकेन्द्रलाई अपहरण गरेर जब द्वारी गाउँ ल्याइपुर्याइयो, म उनीसँग नजिक भएँ । उनले मेरो घरको भान्सामा सहयोग गर्थे । तरकारी काट्ने, पानी भर्नेजस्ता काम गर्थे । छोरीलाई पढ्न भन्थे । मसँग डेकेन्द्रको जम्मा ५ दिन संगत भयो । असाध्यै मिलनसार स्वभावका उनी वास्तवमै मार्न नहुने मान्छे रै'छन् । नचाहेरै हत्यामा संलग्न हुनुपर्यो ।
मिलिसियासहित ९ जनाको नियन्त्रणमा थिए उनी । जिल्ला हेडक्वार्टरको निर्देशनमा यातना दिएर छानबिन सुरु भयो । मिलिसिया कमान्डर कट्टीका बमबहादुर खड्का 'मुक्ति' ले सबैभन्दा बढी कुटपिट गरे । कुटपिट गर्ने काम मिलिसियाकै हुन्थ्यो । शाही सेना र पुलिसलाई पानी खुवाउने भन्दै मिलिसियाका साथीहरूले डेकेन्द्रलाई यातना दिन्थे ।
खानेपानी आयोजनाको रकम कति हिनामिना गरिस् ? खानेपानीको नेता भएर किन आइस् ? हामीले रेडियो नेपालमा प्रतिक्रियावादी राज्यसत्ताको पक्षमा किन लेख्छस् जस्ता प्रश्नहरू सोधेका थियौं । 'उनी आमा किन मलाई जन्म दियौ ? मलाई यो पृथ्वीमा किन ल्यायौ ? मैले के गल्ती गरेको थिएँ र ?' भनेर बारम्बार डाँको छोडेर रुन्थे । मिलिसिया कमान्डर बमबहादुरले उनलाई माओवादी हुन्छस् कि मारौं भनी बारम्बार पिट्दा मलाई माओवादी हुनु पनि छैन, खानेपानीको एक पैसा
खाएको पनि छैन । जनताले खानेपानी पाउनुपर्छ भनी आएको हुँ' भनी जवाफ दिन्थे ।
२०६१ साउन २७ गते नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको कोठाको तेस्रो बिममा झुन्ड्याएर दुई दिनसम्म सिस्नुपानी र लौरीले हिर्काइयो । त्यसपछि उभ्याएर छानबिन गर्ने क्रममा छिउडीपुसाकोटका अरुण भन्ने कमरेडले अण्डकोषमा लात्तीले हिर्काएपछि उनी ढले र बेहोस भए । यातना दिँदा शरीर पूरै शिथिल भइसकेको थियो । स्कुल छेवैको मेरो घरमा लगेर पेटीमा राख्यौं । पानी... पानी... भनी कराएपछि श्रीमती अमृताले पानी खुवाइदिइन् । नाडी सुस्त चलेका थिए । दुईजना साथीले नाडी छामेर मर्यो भने ।
सास फुत्केको थिएन जस्तो लाग्छ । त्यसपछि नजिकै रहेको जंगलतर्फ लग्यौं । मकैबारीसम्म घिसारेर लग्यौं । मकैबारी आइसकेपछि ४ हातखुट्टा समातेर उचालेर भीरतर्फ लग्यौं । मेरो घरदेखि २ सय मिटर पर खाल्डो खनेर नौ जनाले गाडेर फर्कियौं ।
त्यो रात मलाई निद्रै परेन । घर नजिकै गाडिएकाले निकै डर लाग्यो । पछि घर छाडेर माथिको गोठमा बस्न थालें । तल घर बस्दा डेकेन्द्रको छाया याद आउँथ्यो । हत्याको पश्चात्तापले अझै पिरोलिरहेको छ । त्यसैले यो सबै घटना विवरण सुनाउन म आतुर थिएँ । आफैं कहाँ गएर भनुँजस्तो लागेको थियो । प्रहरीले पक्राउ गरेपछि सबै भनिदिएँ ।
पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि सर्वहारा वर्गको पक्षमा काम गर्लान् भन्ने विश्वास थियो । विकास होला, जनयुद्धका लक्ष्यहरू पूरा हुँदै जालान् भनेको झन् चौपट भयो । पार्टी पनि फुट्यो । जनयुद्धमा बेकार लागिएछ । न आफ्नो उन्नति प्रगति भयो न त समाज र देशकै । बेकार मान्छे मारिएछ ।
अब पनि जनयुद्ध कि जनविद्रोहको कुरा हुँदै छ । केका लागि जनयुद्ध गर्ने ? सत्ता नपाएका नेतालाई सत्तामा पुर्याउन कति निर्दोष डेकेन्द्रलाई मार्ने ? हिरासतमा रहेका अन्य तीन जना द्वारी आसपासकै हुन् । उनीहरूसँग नौमुले ओहोरदोहोर गर्दा भेट भइरहन्थ्यो । तर, रानीवनका जयबहादुर शाही (प्रसिद्ध) सँग घटनायता भेटघाट भएको थिएन । अहिले गल्तीको समीक्षा गर्दैछौं । अब म डेकेन्द्रकी श्रीमती र परिवारसँग भेटेर दुई हात जोडेर माफी माग्न चाहन्छु ।

2 Comments:
praman khoi ta? tesai blog ma khokera huncha? gajjab chha ba.
dai katha ta lekhnu bhayo tara sarai dhukha lagdo rayecha. unko katha padda mera aakha rasaye. hamro pyaro nepal ma pani yesto huna thalecha.
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !