
छ महिना काम चलाउ सरकारले हल्लाएको देशमा काम गर्ने प्रधान मन्त्री भएको १ महिना भयो। काम गर्ने पनि पक्का काम गर्ने नै परेछन्। १ महिना सम्म मन्त्रीहरू जम्मा नपारी एक्लै काम गरेर सकाए। थप थाप मन्त्री जम्मा पारे पनि मुख्य मन्त्री पद अझै खाली छन। मुख्य को पनि मुख्य गृहमन्त्रालय चाही अझै खाली छ। यही खाली भएको मौका छोपी फाइदा लिए एक भारतीय अपराधीले। त्यो फाइदामा चिट्ठा पारे नेपाली प्रहरीले। भारतीय नक्कली नोट र लागु पदार्थको कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय कारागार सुनधारामा रहेका युनुस अन्सारीलाई जेल भित्रै गोली हानिएको भनेर पत्रिकामा समाचार आएको छ। कैदी भेट्न भन्दै विहान करिव साढे ११ बजेतिर गएका भारतीय नागरिक जगजित सिंहले चेनगेटभित्र हात घुसाएर युनुसलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । एउटा थ्रिलर चलचित्रसंग मेल खाने यो घटना भारतबाट आएका व्यक्तिले कसरी गर्न सक्छन्?
भनिन्छ नेपालमा एउटा अपराधबाट आएको पैसा हाकिम देखी पिउनसम्म बांडचुड हुन्छ। यस अर्थमा १५ लाख रुपिया लिई नेपाल छिरेका जगजितले केही हिस्सा प्रहरीका हाकिम देखी पिउन सम्म पग्यो। गृह मन्त्री भएको भए तिनको खल्तीमा पनि पूग्थ्योहोला, अहिले त गृह मन्त्री प्रधान मन्त्री नै छन। भने पछि १५ लाखको एक हिस्सा खनालकै खातामा पनि पूग्योहोला।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest