उज्यालो नै देख्न नपाई रात हुन लाग्यो रे
भर थियो तिम्रो कुठारघात हुन लाग्यो रे
कलीयुगको राम राज्य यस्तै हुँदो रैछ कि
सुन्छु चोरलाइ चौतारीको बात हुन लाग्यो रे
घाइते भै ढलेको छ बिचारो निरह शान्ति
उठोस् कसरी बारुद सौगात हुन लाग्यो रे
सबको आश अब बिस्तारै लाश हुँदै छ यहाँ
खुशी मर्यो मलामिको शुरुवात हुन लाग्यो रे
बिबेकमा बिर्को लाग्यो कि बुद्धी धेरै भो तिम्रो
जाली फटाहाको टोली पो साथ हुन लाग्यो रे
3 Comments:
निकै राम्रो छ तपाईको गजल।
धन्यबाद।
एक माना उँभो लाग्ने काम
एक मुरी उँधो लाग्ने काम ---
प्रमुख मुद्दा ओझेलमा , लटरपटर लाल्टिन -- देश उज्यालो होला
र ?!
एक माना उँभो लाग्ने काम
एक मुरी उँधो लाग्ने काम ---
प्रमुख मुद्दा ओझेलमा , लटरपटर लाल्टिन -- देश उज्यालो होला
र ?!
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !