September 27, 2011

एक्ला बाबुरामको सेलाउँदो उत्साह ।

कुनै जमानामा एसएलसी बोर्ड फर्ष्ट पनि भएका पिएचडीधारी मेधावी बाबुरामले , आफ्नो पिएचडी डाक्टरको उपाधी आफ्नै लागि काउछोको माला भएको बताएका थिए । यसको कारण थियो , पार्टी भित्रै उनको विद्वत योग्यताका बारेमा गरिने आशंका र पार्टी बाहिरबाट उनलाई त्यसैका भरमा आउने प्रशंसा पार्टीका शीर्षस्थले समेत डाह गर्नु । त्यसैले हिंसात्मक युद्धताका , आँफूले यो बुर्जुवा उपाधिलाई त्याग गरेको घोषणा समेत उनले गर्नु परेको थियो । तर कालान्तरमा उनको यही वौद्धिक व्यक्तित्व , बुर्जुवा योग्यता र डाक्टरको उपाधी उनलाई चाहनेहरू सबैको मुख्य आकर्षणको केन्द्र बन्न पुगेका छन् । बाबुरामले पनि यो महत्व बुझेरै होला, डाक्टरीलाई राम्रै प्रयोगमा ल्याएको देखिन्छ । यो कुरा भर्खरै सम्पन्न संयुक्त राष्ट्र संघको साधारण सभा सम्बोधनका लागि बोलाउने क्रममा पनि देखियो , जुन उनको इच्छा बिरुद्ध पक्कै थिएन ।

बाबुराम जतिबेला कथित जनयुद्धमा थिए , उनका सहकर्मीबाट उनको भारतीय पिएचडीमाथि गरिएको डाह स्वरूप उनकै मुखबाट बुर्जुवा डिग्रीको महत्व्हीनता बकाउने गरिन्थ्यो । त्यसैले उनले कतै दावा गर्नु परेको थियो ' मलाई डाक्टर बाबुरामको रूपमा चिनिन मन लाग्दैन' । केही महिना अघि सम्पन्न माओवादीको पालुङटार भेलामा , एउटी सभासद धर्मशिला चापागाईँले बाबुरामलाई आरोप लगाएर भनिन् ' बाबुरामजीले भारतमा पढेर पिएचडी डाक्टर मात्र हुनुभएन , भारतीय विस्तारवादका सबै बिकृतिहरू नेपाल र माओवादी पार्टीमा ल्याउनु पनि भयो' । पुष्टपकमल दाहालदेखि मोहन वैद्य खेमाका सबै माओवादीहरू बाबुरामलाई भारतले उचालेका प्रियपात्र हुन् भन्ने
ठान्छन् र अधिकांश हान्ने मार्ने प्रवृत्तिका मान्छेहरूले भरिएको माओवादी पार्टीमा , धेरै नै पढेलेखेका बाबुराम र उनकी पत्निलाई इर्ष्यापूर्वक नै पार्टी भित्रका 'बुर्जुवा' को ट्याग अक्सर लगाउने गरिन्छ। भनिन्छ बाबुराम प्रधान मन्त्री बनून् भन्ने चाहना , उनकै पार्टीवालाहरूमा भन्दा अरूमा बढी थियो ।

बाबुराम नेपालका पहिलो बोर्ड फर्स्ट नेता पनि हैनन् जो सकृय राजनीतिमा छन् । बाबुराम पूर्व उत्तिकै मेधावी प्रकाशचन्द्र लोहनी पनि बोर्ड फर्स्ट थिए र उनी बाबुराम भन्दा राम्रा अर्थशास्त्री पनि हुन् । नेपाली राजनीतिमा एसएलसी बोर्ड फर्स्ट र पिएचडीले सबै समस्या हटाउन सक्थ्यो भने , प्रकाशचन्द्र प्रधानमन्त्री नभए पनि दोस्रो स्थानसम्म पुगेकै थिए । विषयका ज्ञाता भए पनि लोहनिले केही परक पारेनन् । तर , नेपाली मानसिकता यति अचम्मको छ कि बाबुरामको बोर्ड फर्ष्ट र पिएचडी माथि पागल भएर पछाडि लागेको देखिन्छ , मानौँ यिनै डाक्टरले नेपाली पछौटेपनका समस्त रोगहरूको निदान गर्ने हैसियत राख्छन् । बाबुरामको बोर्ड फर्ष्ट र पिएचडी पछाडि पागल झैँ लागेको नेपाली बहुलाहापनलाई, प्रकाशचन्द्र को हुन् मतलब नहुन पनि सक्छ ।

बाबुराम अपेक्षाकृत सफा इमेज भएका देखिन्छन् । पछिल्लो पटक अर्थमन्त्री रहँदा उनले आफ्नो मन्त्रालयलाई असल नेतृत्व दिए । तर यस्तो असल नेतृत्व दिने धेरै मन्त्रीहरू यस अघि पनि नभएका हैनन् । राजश्व धेरै उठाउनुलाई सफलता ठान्ने हो भने, रामशरण, महेश आचार्यले पनि कुनै बेला त्यो काम गरेका हुन् । अर्थशास्त्रमा एमए पढ्दै गरेका , सुरेन्द्र पाण्डेको कार्यकालमा पनि त्यो भएको हो । उनी त अझ विद्यार्थी नै थिए !
सबै मन्त्री पञ्चायत, कांग्रेस र एमाले कालमा पनि भ्रष्टाचारी थिएनन् । घुस्याहा र भ्रष्ट थोरै भए पनि प्रतेक सरकारको कार्यकालमा घुन र कीर्नाहरू बनेर सताउने सामर्थ्य तिनले राखेकै हुन्छन् । बाबुरामको स्वच्छ छवीमा यदाकदा उनकै पत्न ि हिसिलाका हस्तक्षेपकारी निर्णय, नाता र कृपावादी स्वेच्छाचार , लाभ र लोभका किस्साहरूले व्यङ्ग्य गरेको भेटिएकै छ ।

बाबुराम प्रधानमन्त्री हुने बित्तिकै उनले उदाहरण बन्ने कोशिस गरे त्यो राम्रो कुरा हो । तर , उनले एक्लै सस्तो 'मुस्ताङ' गाडी चढ्दै गर्दा , उन कै पार्टीका सयौँ नेताले लुटेर लगेका गाडी चढिरहेको देख्नेले यो काम लाई सुशासनको उदाहरण नठानेर चर्चामा आउने नौटंकी मात्र ठान्न सक्छ । शान्ति प्रकृयाको विश्वसनियता बनाउन उनले चाबी बुझाउन लिएको सांकेतिक निर्णयलाई उनकै पार्टीले सडक तमाशा मार्फत धज्जी उडाउने काम गर्‍यो । उनले राहतको डंका पिटेर कार्यक्रम त ल्याए तर यसले के प्रभाव पारेको छ देखिएकै छ ।

प्रधानमन्त्री मात्र राम्रो आचारको भएर देशको कायापलट हुने हैन । यस्तो हुँदो हो त सुराही , छाता र बाकस बोकेर बालुवाटार पसेका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई फर्किँदा त्यस्तै फर्केको हामीले देखेको हो , पढेको हो । उनी इमान्दार हुँदैमा , मुलुक बेइमानीबाट मुक्त हुन सकेन । नेतृत्वले उदाहरण बन्नु पर्छ , तर उसको उदाहरणलाई कमसेकम उसैको समूह र दलले पनि सम्मान गर्नु पर्ने ठान्दैन भने त्यो एउटा टट्ठामा परिणत हुन्छ ।

बाबुराम प्रधामन्त्री बन्न मधिशे मोर्चासंग गरिएको सम्झौतालाई लिएर उनको पार्टीकै एउटा समूहले 'देशको अस्मिता बेच्ने' सम्मको आपत्तिजनक आरोप लगाएको छ । शान्ति प्रकृया र संविधान लेखनको अर्ध-बिरामलाई ४५ दिनभित्र एउटा टुङगोमा पुर्‍याउँछु भनेर सत्तासीन भएका बाबुराम , अचानक पदासीन हुन गरिएका संगीन विवादास्पद सम्झौता र किंकर्तव्य बिमूढताको जञ्जालमा नराम्रोसंग जेलिन पुगेका छन्। हिजो मात्र , उनले आँफूले ४५ दिन भित्र छापामार पुनबर्गीकरण गर्छु भनेर कहिल्यै नभनेको बताएर केही हप्ता अघि आँफैले गरेको वाचालाई हावामा उडाएका छन् ।

तर सबै नेपालीको आशा छ बाबुराम सफल होऊन् र उनि सफल हुँदा देश र देशवासी लाभान्वित हुन सकून् । तर यसका लागि , उनको पार्टीले वास्तवमा के चाहन्छ र त्यो चाहनाको नेतृत्व लिन उनी सक्षम छन् कि छैनन् भन्ने बुझ्न जरूरी छ । यसो हेर्दा एउटा हतियार र छापामारधारी राजनैतिक दलको नेता प्राधामन्त्रीको रूपमा , अरू राजनैतिक पार्टी र समूहसंग विश्वसनियताको वातावरणमा ईमान्दारीपूर्ण सहकार्य गरेर शान्तिप्रकृयाको
विश्वसनीय आधार खडा गरी संविधान लेखन सम्पन्न गर्दै , मुलुकलाई असल दिशा दिन समर्पित हुन पर्ने बाबुरामको उत्साह कुहिरोको काग झैँ हराउन र सेलाउन लागेको पो हो कि जस्तो देखिन्छ ।


8 Comments:

Bishnu said...

haami nepali dherai sidha sadha chhau jasle pani bewfuk banaun sakchha. ahile maowaadi ra baaburammko naam bata bewfuk banaaudaichhan. Natra ladaaku ko samadhaan baburaam eklaile pani garna sakchhan.

Anonymous said...

बाबुराम पत्निको बिलासी चर्तिकला , भ्रष्ट मति र माओवादी कै कट्टरपन्थी मुल्ला उमर वैद्य ग्रुपले हिसिलाराम भट्टराईलाई फिटिक्क पाइलो चाल्न देलान जस्तो छैन ।

माओवादी भनेको हत्यारा र लूटेरा अनपढ गँवारहरूको जमात भएको हुनाले , एउटो पढेलेखेको भट्टराईलाई केही गर्न दिने छाँट छैन ।

साधुराम

निमेस said...

राम्रो काम जस्ले गरे पनि हुन्छ चाहे लोहनी, रामशरण, सुरेन्द्र, महेश वा भट्टराई / तर राम्रो काम भनेको के हो? के गर्दा सबैलाई राम्रो लाग्छ? यहाँको मूल समस्या त आफुले गर्दा राम्रो लाग्ने काम पनि अर्कोले गर्दा नराम्रो ठान्ने प्रब्रिती वा मानसिकता हो / कुनै पनि काम सर्लक्क सम्पन्न हुदैनन, समस्या आउदै जन्छान, सल्टीदै जान्छन / कसै न कसैले त गर्नैपर्छ तर सबैभन्दा उपयुक्त ब्यक्तिले पूर्बाग्रह नराखी कामगर्दा धेरैलाई त्यो मान्य हुन्छ / आम मत बाबुरामबाट राम्रो काम होस भन्ने छ अहिले / त्यसैले जनमतको बलमा हिम्मतका साथ उनी अगाड़ी बढन सक्नुपर्छ / उनको उत्साह सेलाउनु हुन्न /

Dhruba Panthi said...

"बाबुराम पूर्व उत्तिकै मेधावी प्रकाशचन्द्र लोहनी पनि बोर्ड फर्स्ट थिए र उनी बाबुराम भन्दा राम्रा अर्थशास्त्री पनि हुन् ।"

यस विषयमा केही लेख्न मन लाग्यो (जानकारीका लागि मात्र)। डा. लोहनी राम्रा अर्थशास्त्री होलान् तर मैले बुझेसम्म उनी SLC का बोर्ड फर्स्ट भने होइनन् रे! एकजना साथीबाट सुने अनुसार बोर्ड फर्स्ट प्रकाशचन्द्र लोहनी अरु नै कोही व्यक्ति हुन् जो मिडियाको अल्पज्ञानका शिकार भएका छन्। यसबारे सत्यतथ्य थाहा हुने अरु पनि कोही हुनुहुन्छ कि? हुनत कुन जमानामा को बोर्ड फर्स्ट भयो भन्दा पनि अहिले कसले के गर्दैछ भन्ने कुरा महत्त्वपूर्ण हो, तर पनि जुन पगरी जसको हो, उसैलाई गुथाउँदा राम्रो होला, हैन र!

nepalean said...

khas ma eklo manche le garna sakne kehi hoina. Fheri system yestari bigreko chha ki, jun party le rajya gare pani,manche haru puranai system ma farkana chanchan. animiyata nepal ko purano rog ho ra eklai babruam le fallan jasto lagdaina. fheri party haru pani ek dhikka kaha hunchan ra, maobadi ma pani tyo chha.
Desh dhosta bhayeko abasta ma garna sakine kam dherai chhan. Ash garau baburam le kehi garun, unlai subhakamana.

nepalean said...

Prakash chandra lohani ko slc board first bare ma maile pani uni nikai asal biddarthi thiye,SLC ma first division liyaeka thiye tara uni boarst wala prakash chandara lohani hoinan bhanne suneko thiye.

Anonymous said...

why i cant post any comment in this blog?

R bd lama said...

जागौ सम्पूर्ण देशभक्त नेपाली दाजुभाइ दिदि बहिनि हरु !!!!!!!
समुर्ण रास्त्रबादी नेपाली, माओबादी का अन्ध भक्त र अरु भारतीय दलाल हरु, कृपया मेरा जिज्ञासा हरुको जवाफ पाउथे कि ????
अरु को गल्ति देखाएर आफ्नो गल्ति लुकाउन खोजेपनि त्यो गल्ति गल्तिनै हुन्छा!!! तेस्तै यो सरकारले गरेको यो सन्धि मा ठुलो रास्त्रघट भएको छ!!!
रह्यो, को रास्ट्र बादी भन्ने कुरा----इंडिया को खुलमखुल्ला दलाली गर्ने मदिसेबादी हरुको त कुरै नगरु , काँग्रेस र एमाले लै पनि कसैले रास्ट्रियता को मामिला मा भारत संग झुक्दैनन भन्ने विश्वास गरेका छैनन्, यिनीहरुले बिगत मा गरेका रस्त्रघती क्रियाकलाप र ढुलमुले नीति हरुले गर्दा !!!
तर कुरा के भने, अरु इन्डियन दलाल पार्टी हरु संग तुलना गरेर म रास्त्रबादी भनेर भन्न यो माओबादी पार्टी लै सुहाउछ कि सुहौदैना?? अरु पार्टी बाट त जनता ले तेस्तो ठुलो आश गरेकै थिएनन !!! तर जुन पार्टी को उठान नै भारत बिरोदी विभिन्न रास्त्रबादी माग राखेर भएको थियो, अहिले आएर तेही पार्टी ले अरु पार्टी हरु भन्दा ४ हात माथि उठेर बिदेसी प्रभु को आसिर्बाद पाउन को लागि राष्ट्रिय स्वार्थ लै तिलान्जली दिन मिल्छा कि मिल्दैन ??? ४० लाख बिहारी आप्रबासी लै नागरिकता कसको आदेश मा बाडेको हो ?? नेपाल लै तुक्र्युने उदेस्य अनुसार उठायिएको १ मदेश- १ प्रदेश भन्ने भारतीये दलाल हरुले राखेको माग मा किन समर्थन गर्दै सरकार भनाएको ??? १०००० बिहारी आप्रबासी हरुलाई नेपाली सेनामा गाव्ने गम्भीर भारतीय सड्यन्त्रको मतियार किन भनेको ?? तिमीहरुको लागि देश ठुलो हो कि सत्ता ??? जाति-भाषा-धर्म को नाम मा जातीय साम्प्रदायिक राजनीति गर्दै नेपाली नेपाली मा फाटो पार्दै किन नेपाल लाइ जातीय गृहयुध तर्फ धकाल्दै छौ??? दिल्ली सम्झौता अनुसार भएको नेपाल लै दुरगामी महत्तो पार्ने --संघियता, धर्म निरपेक्छा, गनतन्त्र घोसना गर्दा जनता लै किन बायिपास गर्दै कसको आज्ञ पालन गर्दै आधा रातमा घोसना गरेको ?? टिस्टा देखि कांगडा सम्म फैलिएको बिशाल नेपाल (Greater nepal ) को भूभाग नेपाल ले फिर्ता पाउन पर्छ भन्ने देशभक्त हरुको भनाई मा तपाई हारको धारणा के हो ?? येस्तई भावना भएको मनोज पण्डित को " Greater nepal " documentry लाई तपाई हरुकै सरकार भएको बेला, प्रदर्शन गर्न बाट कसको आदेश मा रोकिएको थियो ??
येसरी हेर्दा त, अरु पार्टी हरु भन्दा पनि यो माओबादी पार्टी बादी इन्डियन दलाल हो कि जस्तो लाग्न थाल्यो!!! अरु को त आश नै नगरेको के कुरा गर्नु!!! तर जो संग बादी आशा राखेका थिए, तेस्ले नै अरु पार्टी जस्तै वा त्यो भन्दा बादी बिदेसी दलालि गर्छा भने यो पार्टीलाई सबैभन्दा ठुलो बिदेसी दलाल र गद्दार भन्न मिल्छा कि मिल्दैन ??? अरुले त राष्ट्र घत गरे तर पनि नेपाली त मारेका थिएनन !!! १४००० नेपाली लै बलि चदायेरा रगत को आहाल मा पौडी खेलेर पाएको सत्ता पनि भारतीय दलाली गर्नकै लागि थियो?? ति १४००० नेपाली सपुत हरुको रगत को मूल्य खोइ ??????????
कृपया यी सिधा प्रस्न को सिधा उत्तर पाए आभारी हुने थिए!!!

जय बिशाल नेपाल, जय नेपाली

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !