विदाको मेसो पारेर भएभरका नेपाली ब्लग चाहर्दै थिएं। कुनै बेला कपि पेष्ट र चोरिएका सामग्री बारे गरिएको
गनथनको याद आयो। अन्जली तिमल्सिनाका चोरिएका सामग्री त के भयो कु्नी तर दिलीप आचार्यले भने चोरिएका सामग्रीको क्रेडिट लिइछाड्नू भयो। ३ बर्ष अघि दौंतरीले बनाएको स्वस्थानी फाइल धमाधम Rangeen Chara,X-Nepali, आदी जस्ता साइटले कपि गर्दै राखेका रहेछन्। यसो सोचें हामीले पनि सबैले सुनुन नै भनेर राखेका हौँ, उनिहरुले पनि बांढे स्वस्थानी माताले सबैको कल्याण गरुन।
हिजो आज नेपालमा फोन गर्यो प्राय फोन उठ्दैन। कि त मोबाइलमा चार्ज हुँदैन कि त मान्छे सुतिसकेका हुन्छन। बत्ती छैन ,मोबाइल कसरी चार्ज गर्ने? सबैका मोबाइल पिपलका पातले चार्ज हुदैन क्यार। जाडोको समय,दिन छोटा,लाइन नभए पछि रेडियो,टीभी सबै चट,अनि त सिरकको सहारा, ओक्षान जिन्दाबाद। साँच्चै नेपालमा अहिले मान्छे मात्र होइन टीभी,मोबाइल,राइस कुकर आदिको जिबन पनि कष्टकर छ। बिजुली भए ति सामानको भाग बढ्थ्यो। अब त मान्छेलाई टीभी देख्दा पनि रिस उठ्दो हो। त्यो सिसाको भाँडो के काम?
राइस कुकर कुन दिन सन्दुकमा थन्किने हो भनेर सधैं टेन्सन लिएर बस्दो हो।
पढ्न त नेपाल जलश्रोतको धनी देश भनेर पढेको हो। ब्राजिल पछि नेपाल विश्वमै पानीमा धनी छ रे। उही गाउँ घरतिर कामीको घर चुहिने,दमैको फाटेका कपडा जस्तै त होला नि। जांहा पानी धेरै छ,त्यही बिजुली नहुने। हाल दैनिक १२ घन्टा लोड सेडिगं हुंदैं छ रे।पोहोर साल १८ घण्टा सम्म भएको थियो। त्यो हिसाब अनुसार अहिले कि १९ घन्टा होला,१८ घण्टा त ग्यारेन्टी। बिध्धुत भनेको निकासको कडी हो। अब बिजुली नै छैन भने के को बिकास? भात पकाउन राइस कुकर चल्दैन,कल कारखाना,बन्द ब्यपारको कूरै नगरौँ। देशलाई जनताकै बोझ जस्तो। कस्तो Hopless situation।
एक जना ब्लगर Basant Giri ले(बसान्ट जिरी) अमेरिकामा आफूले भोगेका कुरा भनेका थिए। घर कांहा हो भनेर सोध्छन्,नेपाल भन्यो कोही चिन्दैन। माउन्ट एभरेष्ट भनेर भन्यो,त्यो त चाइनामा होइन र भन्छन। चिनमा ओलम्पिक हुँदा सगरमाथामा Olympic Flame लगेका थिए। ल भन्नुस् त अब सगरमाथा कांहा पर्ने रहेछ? हैन बुद्धको देश भनौं भने छिमेककै भारती साथीहरूले पनि बुद्ध त भारतमै जन्मेका होइनन् र भन्छन। भारती किताबको त के कुरा,बुद्धको जन्म स्थलको कुरै छोडौँ,सगरमाथा पनि भारतको उत्तरमा पर्छ भनेर त मैले नै पढेको छु। बिचरा ति भारतीको के दोष? ३-४ बर्ष अघी २-४ घण्टा लोडसेडिगं हुन्थ्यो अब १८ घन्टा हुन्छ,यहि चाल हो भने २-३ बर्षमा २४ घन्टा लोडसेडिग हुने पक्का छ। त्यस पछी आइतबार बिजूली,सोमबार बन्द,मङ्गलबार बिजुली,बुधबार बन्द यस्तै खाले लोडसेडिगं तालीका निस्कन्छ होला। बरु हाम्रो नेपाललाई लोडसेडिगंको देश " Nepal- The Country of Load Shedding" भनेर चिनाउदा बेश होला। दिनको १८ घण्टा लोडसिडिगं हुने नेपाल बाहेक संसारमा अरू कुनै देश होलान् त?
ब्लगर बसन्त गौतमले लोड सेडिगंको तालीका राखेका रहेछन्। खै कुन पत्रिकाको कट सिट हो,मैले पनि आफ्नो घर भएको ठाउँलाई सर्कल गरेर राखेको छु। म नेपालमा भएको भए अब बिजुली जान करिब १५-मिनेट बांकी रहेछ। उसो भए छिटो छिटो यो ब्लग पोष्ट गरिहाल्नु पर्यो। नत्र ब्लग लेख्ने आज,टाँस्ने भोलि,पढ्ने पर्सी हुनसक्छ।

3 Comments:
नेपाल फर्कन मन लाग्छ तर फेरी डर लाग्छ,
कहिँ भबिश्य मा पनि लोडसेडिङ त लाग्ने हैन ???
Nice post describing the terrible situation of Nepal yet i love NEPAL
नेपाल फर्कदैंमा आफ्नो भबिष्यमा लोड सेडिगं नलागल्ला उमेश जी। यती सार्है निराश त नहुनु पर्ला।
ठिक भन्नु भयो दुर्गा जी। आफ्नो देश सधैं प्यारो हुन्छ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !