शिव प्रकाश
लुगाले छोपेको छ
तर अनुहारले देखाइरहेछ
के अनुहारमा तिमीले लुगा लाउन बिर्सियौ ?
नबोले नि त्यो मुख
बोलिरहेछन् ती आँखा
के आँखामा तिमीले पट्टी लाउन बिर्सियौ ?
नभए नि तिम्रा सामू
भित्ता थिए ओरिपरी
के ती भित्ताका तिमीले कान थुन्न बिर्सियौ ?
नदेखे नि मैले केही
के त्यो अँध्यारोका तिमीले आँखा फुटाउन बिर्सियौ ?
लुकाए नि सबैसामू
देख्छ कसै न कसैले तिम्रो त्यो नग्नरुप
के हरेक रात तिमीले कसैसामू
आफूलाई नङ्ग्याएको बिर्सियौ ?
उस्तै हो त्यो सत्य, तिम्रो नग्नता जस्तै
उस्तै हुन् झूठका ती हजार आवरण
तिम्रा तिनै लुगा जस्तै
जति छोप्न खोज्छौ
उति उदाङ्गिन्छ त्यो तिमी आफू जस्तै
उति उदाङ्गिन्छ त्यो तिमी आफू जस्तै
भन- यो सत्यलाई तिमीले फेरी किन बिर्सियौ ?
http://www.nepalimanharu.com/
(अश्रृंगार कविता अभियान)
बोस्टन अमेरिका । जनवरी १६, २०११ ।
बोस्टन अमेरिका । जनवरी १६, २०११ ।
3 Comments:
यो चै पक्का राजनीतिक कबिता हो !
यथार्तलाइ नग्याइदिनु भो ------
सत्यम 'शिबम' शुन्दरम .
जय होस् !
लुनाजी धन्यवाद ।
राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक अनि त्यसभित्र नैतिक पनि समिश्रण गर्न चाहेको हुँ तर मात्रा कमबेसी भयो होला । मानवीय चरित्रको चर्चा मात्र हो ।
Dherai Ramro ....rajneetik nai ho pakka...
Jaya Hos..
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !