तिन थरि समुह मध्ये पहिलो समुह आफुलाई कम्युनिष्ट सिद्धान्त निष्ठ थान्छ। यो समुहको बुझाईमा मार्क्स भनेका देवता हुन र मार्क्सवाद देववाणी हो जो अपरिवर्तनिय छ। यसका लागि मार्क्सले डेढ सय बर्ष अगि सारेको दर्शन अकाट्य छ, कुनै काँटछाँट आबश्यक छैन। मार्क्सवाद जन्मँदाको राजनितिक, सामाजिक पृष्ठभुमि खासै परिवर्तन नभएको देख्छ यो समुह। यसले वर्तमान विश्व परिवेश, सुचना प्रविधिको विकाश र मानविय चेतनाको वर्तमान अवस्थालाई खासै साम्यवाद उन्मुख देख्दैन। यो समुहको बुझाई सिमेन्टेड छ। मार्क्सवाद भन्दा फरक दर्शनको अध्ययन यसको लागी गम्भिर त्रुटिको विषय हो। जीवन र जगतको बहुआयामिक पक्षहरुलाई सिर्फ एकतर्फी तरिकाले बुझ्ने र बुझाउने यसलाई ‘सैद्धान्तिक बन्धक’ समुह भन्दा हुन्छ। माओवादी पार्टी भित्र यो समुह अहिले बोलवालाको अवस्थामा नै छ तर जिवनको बहुआयामिक पक्षलाई बुझ्न चाहने बौद्धिक समाज यो समुह प्रति त्यति आबद्ध छैन साथै सर्वसाधारण कार्यकर्ताहरुमा बुझाईको क्षितिज बढ्दै जाँदा तथा वैचारिक द्धन्दात्मकताले निर्वाद रुपमा प्रश्रय पाऊँदा यो समुहको बोलवाला क्रमश घटने देखिन्छ। जे होस यहाँ जीवन शैलि भड्काव पाराको नभई सरल स्वभाबको छ। राष्ट्रियता यथार्थ भन्दा भावनात्मक बढि हो
भन्ने यो समुहको नेतृत्वकर्तालाई राम्रो सँग थाहा छ तर यो कुरा उ आफ्ना समर्थकहरुलाई बुझाउन चाँहदैन। सर्वसाधारण जनताहरु माओवादी प्रति आवद्ध भएको नेपालको पछौटे आर्थिक अवस्था नै हो भन्ने कुरा यो बुझ्दछ तर आर्थिक मुद्दालाई ओझेलमा पारेर राष्ट्रियताको ईमोशनल नारा दिनमात्र यो समुह सक्रिय छ। सुदुर भविश्यको सुन्दर सपना बाँढेर हाललाई बनाउनेमा भन्दा भत्काउने, हान्ने तथा विरोधी सिध्याउने आदि कुराहरु यो समुहमा प्रधान अर्न्तक्रियाका विषयहरु हुन्। प्रतक्षरुपमा नै यो समुहको प्रतिनिधित्व मोहन वैद्द किरणले गरेका छन्।दोश्रो समुह जो माओवादीको प्रमुख नेतृत्वमा छ यसको निष्ठा र बुझाईमा अलमल देखिन्छ। सैद्धान्तिक हिसाबले यो कहिले यता कहिले उताको अवस्थामा छ। नेतृत्वमा रहिरहन सफल यो समुह हेर्दा पुल जस्तो देखिन्छ तर खासमा अहिले यो ‘ताक परे तिवारी नत्र गोतामे’ को अवस्थामा छ। व्यबस्थापकिय कुसलता अन्यको दाँजोमा बढि हुनु यो समुहको प्रमुख खुबि हो। पहिलो र तेश्रो पक्ष बिचमा आफुलाई सदैव अगि राख्न यो समुह हालसम्म सफल छ। पहिलो समुहको अगाडि पर्दा यो आफुलाई सिद्धान्तनिष्ठ क्रान्तिकारी देखाउन खोज्छ तथा तेश्रो समुहको अगाडी पर्दा आफुलाई उदार लोकतन्त्रवादी देखाउन खोज्छ। यो समुहको जीवन शैलिमा भड्कावभाव बढ्दै गएको आवाश हुनथालेको छ र कता कता अवसरवाद यो भित्र छ भन्ने अड्कल हुन थालेको छ। यसभित्र सिद्धान्त र निष्ठामा स्खलन हुन थालेको भान कार्यकर्तामा बढन थालेको छ। हाल माओवादीमा प्रमुख रुपमा बोलवालाको अवस्थामा यहि छ। अवसर खोज्दै माओवादीमा पुगेकाहरु प्रमुख रुपमा यो भित्र नै आवद्ध छन्। हाल बल यहि समुहको कोर्टमा भएकोले पहिलो तथा तेश्रो समुह मध्ये कसलाई बलियो बनाउने यसको हातमा छ। कार्यकर्ताहरुको सेन्टिमेन्ट क्याच गर्न माहिर यो समुह भत्काउने र बनाउनेको दोसाँधमा छ। यसको नेतृत्वकर्ता सांकेतिक रुपमा स्वयं पार्टी अध्क्षय पुष्पकमल दाहाल प्रचण्ड नै देखिन्छन्। यहाँ सैद्धान्तिक दर्शन अध्ययन गर्ने कम्युनिष्ट शैलिमा अल्छिपना बढेको अनुभव हुन्छ।
अर्को समुह, जो मार्क्सवादलाई आधुनिक सिर्जनात्मक हिसाबले बुझ्न चाहन्छ, जीवनको बहुआयामिक पक्षहरुसँग अन्तरसम्बन्ध राखी अगाडी बढाउन चाहन्छ तेश्रो समुह भित्र पर्दछ। यो समुहको जीवन शैलिमा सरलता छ, अनुशासित छ, वैचारिक तिश्णतामा अगाडि छ। यसले समाज विकाशको आधार मार्क्सवादलाई मान्दछ तर विचारमा बन्धक छैन र यो मार्क्सवादको वैज्ञानिक प्रयोग गरि समाजलाई अगाडि बढाउन चाहन्छ। माओवादी भित्र अब्बल सोचको धनि यहि समुहलाई मान्नुपर्दछ। माओवादी जनयुद्धकालको अन्तिम समयको पिडा यसलाई राम्रोसँग वोध छ। जनमुखि आर्थिक विकासले नै समग्र राष्ट्र, राष्ट्रियता र जनवादको प्रश्नहरुलाई हल गर्न सक्छ भन्ने यो समुहको व्यापक बुझाई छ। मार्क्सवाद जन्मँदाको राजनितिक, सामाजिक पृष्ठभुमि भन्दा हाल धेरै नै फरक परिवेश छ भन्ने यो ठान्दछ, परिवर्तनलाई आत्मसाथ नगरि बढ्न खोज्दा झन् ठुलो विपत्ति आईलाग्छ भन्ने यसलाई थाहा छ । जनमानसमा माओवादी प्रति आकर्षण बढ्नु आर्थिक विकाशको आकाङक्षा नै प्रमुख हो भन्ने यो बुझ्दछ। कार्यकर्ता माझ आफ्नो विचार स्पष्ट ढंगले पुर्याउन नसक्नु यो समुहको प्रमुख कमजोरी हो। माओवादी पार्टी भित्र बौद्धिक बर्गको यो समुहमा बढि झुकाव छ। तिन समुह मध्ये बढि व्यवहारिक र वैज्ञानिक यहि समुहलाई मान्नुपर्दछ। उदार लोकतान्त्रिक शैलिबाट साम्यवाद उन्मुख युरोपेली समाज यो समुहले राम्रोसँग अध्ययन गरेको छ। हाललाई पार्टीमा बोलवाला कम भएपनि विस्तारै जनमत यसै समुह तर्फ बढने सहज अनुमान लगाउन सकिन्छ। यो समुहको नेतृत्वकर्ता डा. बाबुराम भट्टराई हुन् जो वैचारिक हिसाबले प्रखर र अत्यन्त अध्ययनशिल नेतामा गनिन्छन्। उनि पार्टीभित्र र बाहिरबाट पनि सम्मानित नेताको हिसाबमा सबैभन्दा अगाडि छन्। नेपालको राजनितिक आकाशमा सम्भबत वि. पि. कोइराला पछिको सबैभन्दा गहन र मौलिक विचारकको हिसाबले डा भट्टराईलाई नै मान्नुपर्दछ।
- दिनेश चन्द्र पन्थी
dineshpanthy@gmail.com
8 Comments:
" तिम्लाई बधाई छ -- "
-------------------------
तिम्रो विचार
सत्यताको कसीमा खरो उत्रेको छ
सायद चस्माको कमाल हुनु पर्छ ---
कुनै "बाद" को मार्क नटसिएको चश्मा भएर पो हो कि ---
"बाद" को मार्क टासिएको चश्मा बडो घातक पो हुन्छा --
त्यसले "बाद" बाहेक अरु देख्दैन ---
तिमि त्यस्तो चश्मा कहिल्यै नलगाउ है !
आग्रह हो
शुभ चिन्तक नेपालीको .
तिम्ले दुइ शब्द सत्य लेख्यौ
तिम्रा दुइ आखाले देखेका सत्यलाई
कयौ आखाले सत्य रुपमा पढ्ने छन् - देख्ने छन् --
बुझ्यौ ! कयौ आखाले -----
अहो ! शब्दको शक्ति धेरै पो हुन्छ !---
यो शक्तिलाई न त गन्न सकिन्छ --
न त तौल्ना नै सकिन्छ --
त्यसैले
यस्तो अपार शक्तिको
सदुपयोग गरिनु पर्छ !
तिम्ले सदुपयोग गर्यौ
तिम्रो चश्मा लाइ बधाई छ ----
तिम्लाई बधाई छ .
No matter what,maoist are terroist.PERIOD.
के भन्नु भ को दिपक जी ? नेपालीमा लेख्नु भए हुने .
लुना जी राम्रो कविता लेख्नु भएछ। आफ्नो लेख भन्दा तपाईको कविता राम्रो लाग्यो। म कविता मा नै पुरा उत्तर दिने प्रयास गर्छु।
i love dautari.org its really nepali bloggers home
so i want in this blog
my new blog about nepal tourism want Reviews by here fans pls Reviews my this blog all of DAUTARI.ORG FANS MY BLOG IS THIS BELOW
http://itsnepal.blogspot.com
मलाई माओबादीको देखाउने थुप्रै दांत चपाउने एउटै दांत जस्तो लाग्छ। उनीहरुको गूरील्ला र जनबर्गीय संगठन छुट्टा छुट्टै खडा गरेर दुबै ठाऊबाट आफ्नो पार्टी बलियो गर्ने त निती नै छ। यसैले एक जना नेताले एउटा कुरा गर्यो,अर्कोले अर्को। सबैको मत बटुल्यो र शक्तीशाली बन्यो। त्यसैले त्यांहा जनतातिर लाग्ने बाबुराम छन भने खाटी कम्नियुष्ट चाहिन्छन भन्ने किरण पनि।
कति सबै कुराहरुमा अविश्वास मात्रै मान्ने नेपालियन जी?
दिनेश जी कूरा र ब्याख्या जती गरे पनि माओबादी फ्रेम एउटै हो। मान्छे मोटाउला,दुब्लाउला तर कद भने त्यही रहन्छ। समय जती नै परिबर्तन होस माओबादीको पोलिसी परिबर्तन हुंदैन तर गरिने ब्यबहार भने उनीहरुको अपेक्षा अनुरूप परिबर्तन भइरहन्छ। यि कुरा माओबादीकै ब्यबहारबाट प्रष्ट हुन्छ। जांहा सम्म मलाई लाग्छ उनीहरु अहिले कमिन्युजमको रटान छोडेर प्रजान्तन्त्र भित्र आएका छन जस्तो लागेको छैन। झन प्रजान्त्रिय पार्टीहरु भ्रष्टचार र अनिमयतमा डुबेको बेला उनिहरु प्रजातन्त्रको कित्तामा आउने कुरै भएन। तपाईले यिनीहरुको प्लान कतिको बुझ्नुभएको छ कून्नी तर नेपालमा भएको अहिलेको पोलिटिकल फेलियरले माओबादीलाई कमिन्यूजममा भरोसा गर्न झन साथ दिएको छ।
र बांकी रह्यो पोजेटीभ र नेगेटीभको कुरा। माओबादी प्रजातन्त्रको लाइनमा आएर देश हांके राम्रै हुनेथियो। प्रजानत्रीक पार्टीमा त छन नै,कम्नियुष्ट पार्टीमा गुट उपगुट हुने त नेपालको पूरानै रोग हो। एमाले(आधी जती) र कांग्रेसले माओबादीलाइ भरोसा गर्न सक्दैनन,प्राय साना पार्टीहरु त्यसै तर्सिन्छन,माओबादीको गणित पुग्दैन। जब यिनीहरु बिच केही भरोसाको बाताबरण बन्छ संबिधान पनि बन्न सक्छ,नया सरकार पनि बन्न सक्छ। नत्र सिनेरियो दो्र्रिने हो भने सरकार अझै ६ महिना पनि नबन्न सक्छ। पार्टी तिनै हुन,मान्छे तिनै हुन। यस ६ महिना बिचमा कसैको सिंग र पूच्छर पलाएको पक्कै छैन।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !