November 23, 2010

गजल

तिमीले जस्तो कालोलाई सेतो भन्न जानिन मैले
आत्मा बन्धकी राख भन्नेका कुरा मानिन मैले

स्वाभिमानको मोल के था इमान बेच्नेहरुलाई
चोर बजारका नक्कली मान शान छानिन मैले

बिना बिधी बिधान, कस्तो पूजाको उपसना गर्नु
शाधक फटाह थे आफुलाई योग्य ठानिन मैले

जलपमा चम्किदैमा सबै पहेलो सुन हुँदैन
जानाजानी पित्तललाई सुन भनी तानिन मैले

जन्दिन भन्थ्यौ लप्पन छप्पन खेल खेल्नलाई
तिमीले जस्तै फेरि मौकामा चौका हानिन मैले

माटोको सिन्दुर र कुशको औठी

- लुना

आज बिहानै देखी इन्द्रा को घरमा चाहलपहल छ । हिजो अस्तिको भन्दा आज बेग्लै किसिमको रौनक छाएको छ । इन्द्रालाई बर पक्षकाहरु हेर्न आउदै छन् । दिनको १२:३० तोकिएको छ भेटघाट कार्यक्रम । १२ बजिसक्यो ! अब आधा घण्टा मात्रै बाकि छ । घरका सदस्यहरु पाहुना पक्ष लाइ स्वागत गर्न तम्तयार छन् । सबैको आखामा खुशीका साथ् एक किसिमको त्रास पनि छाएको छ । निर्मलाको निरस बर्तमान झैँ इन्द्राको जिबन पनि त्यस्तै भैदियो भने ?--- बर पक्षले हेरेर न स्विकारी दिदा इन्द्राकी फुपू निर्मला बुढी कन्या भएर बस्नुपर्यो माइतीमा । २-३ ठाउ बाट हेर्न आउनेहरुले देखाउने गरेको खोट निर्मलाको 'उचाई' थियो । बर भन्दा अग्ली भएकीले नसुहाउने भन्दै अस्विकार गरेका थिए । आफ्नो जिबन भन्दा बढी परिवारको इज्जतलाई मूल्यवान सम्झने आदर्श स्बभाबकि निर्मला त्यसपछि माइतीमा नै जिबन बिताउदै बसिन् ।
छोरीको जन्म हारेको कर्म सोच्ने पुरुष प्रधान समाजका पात्रहरु मध्यका थिए इन्द्राको परिबार पनि । निर्मलाको जिबनलाइ हारेको
  कर्म सम्झी चित्त बुझाइ बसेका इन्द्राको परिवारलाई कतै इन्द्राको जिबन निर्मलाको झैँ अपूर्ण निराश हुने त होइन भन्ने एक किसिमको त्रास हुनु स्बभाबिकै थियो । 'यहि पहिलो भेटमा नै बर पक्षकाले स्विकार गरिदिउन् इन्द्रालाई !' , इन्द्राकी आमाले भगवानलाई भाकल गरिरहेकी थिइन् मनमनै ।