
गत शुक्रवार अक्टोवर १९ २०१० का दिन वर दुवईको एभरेष्ट होटल नेपाली दर्शकहरुले खचाखच भरिएको थियो । उक्त अवसर दुवई नेपाल जनकल्याण राहत प्रतिष्ठानले जुराई दिएको थियो ।दशै लगत्तै तिहारको आगमनसँगै आयोजना गरिएको विविध साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले दर्शकहरुलाई भरिपूर्ण मनोरञ्जन दिलाए ।बरु सुनकोशीले सुसेलेको दुधकोशीले सुन्छ यो मनले सुसेलेको कस्लेपो सुन्छ, कविता राईको नृत्यको भाकाले यहि भन्दै थियो । रुप खोज्ने आँखाहरु धेरै धेरै आउछन्, मन खोज्ने मायाँलुलाई कहाँ भेटिएला, हितैको मायाँलाई कहिले भेटौला, उनले प्रवासमा मायाँलुलाई खोज्दै थिइन् यहि गीतको भाकाको नृत्यमा, उनको उत्कृष्ट नृत्यले दर्शकहरुलाई भरिपूर्ण मनोरञ्जन दिएको थियो । दर्शकहरुको आग्रहमा दोश्रो पटक पनि नृत्य गर्न बाध्य भएकी थिइन् ।आँखैमा सपना छ मुटुभरि चाहना ओठमा नौलो तिर्सना भन्छे चोरी चोरी गीतको बोलमा प्रीया लामाको नृत्यले दर्शकलाई