October 30, 2010

अनाथ परिवर्तन र बुर्जुवा बनेको जनवाद

नेपाली आधुनिक इतिहासको एउटा कालखण्डमा माओवादी हिंसा अवधि भित्रका चित्कारमय आवाजहरूको समिक्षा हुने नै छ । माओवादी पार्टिले केही आर्थिक र सामाजिक मुद्दा समातेर आफ्नो हिंसात्मक युद्ध शुरू गरे पनि यसको राजनीतिक लक्ष्य आमूल परिवर्तन र अग्रगमनको आवरणमा एकदलीय अधिनायकवादी साम्यवादी व्यवस्था मुलुकमा सञ्चालनमा ल्याउनु थियो भन्ने कुरा प्रष्ट नै थियो । तर आफ्नो लडाका शक्ति सबै खर्च गरेर सकिउञ्जेल लडे पनि युद्ध जितेर आँफू ‘भाले’ बन्न नसक्ने निष्कर्षमा माओवादीका सीमित ‘थिंक ट्यांक’ हरूको बुद्धि ‘ल्याण्ड’ हुँदा र यिनका भारतीय ‘प्रभू’ हरूको शुभेच्छाका कारण अन्तत: , नेपाली राजनैतिक दलहरू र माओवादी बीच १२ बुँदे सम्झौता भई अहिले जारि रहेको ‘शान्ति प्रकृया’ नामको अधमरो नाटक नेपालमा मञ्चन हुन सम्भव भएको थियो ।
माओवादी हिंसा र अपराधका घटनाहरूलाई गाउँ र वस्तिमा गएर देख्ने र सुन्ने वा भोग्ने मान्छेहरूका लागि , तिनीहरूले कायम राखेको ‘जनयुद्ध’को सक्कली रूप देखेको भए त्यो सम्झिँदा अझै आतंकले जीऊ सिरिङ्ग हुनुपर्छ । ती हत्याका स्वरूपहरू , सभ्य मानव समाजको परिकल्पनामा आउन नसक्ने खालका थिए । आँफूसंग असहमत हुने जो कोही बिरुद्ध तालिवानी शैलिको ‘फतवा’ जारी गर्नु र उसलाई घोचेर, थिचेर, पिसेर, लतारेर, कुटेर, हड्डि फुटालेर, छाला तारेर वा क्रमश: अंगभंग गर्दै तड्पाउँदै मार्ने वा अर्धमृत छाडेर आजीवन नारकिय जीवन बाँच्न विवश छाडिदिनु माओवादी ‘जन कारवाही’ का दूर्दान्त उदाहरणहरू थिए ।
 अहिलेसम्म पनि , त्यो कथित ‘जनयुद्ध’ को पीडा र अभिशाप लिएर अधकल्चो जीवन बाँच्न विवश सामान्य नेपालीहरूको आर्तनाद यदाकदा पत्रिकामा पढ्दा अनि त्यो कथित ‘जनयुद्ध’ मा जीवन गुमाएका १५ हजार नेपाली, हजारौँ घाइतेहरू, लाखौँ


सरकारी अजिंगरले निलेको वाक स्वतन्त्रता (नेपालमा बिचारमूलक ब्लग पनि सेन्सरसिपमा)

प्रजातन्त्रको सराद्द गरेर लोकतन्त्रको दोसल्ला ओडेको बहुदलिय सरकारले इन्टरनेटमा छाडापन आयो भनेर बेभसाइटहरु
भटाभट रोक्न थालेको छ। जनताको नाम जपेर नथाक्ने पार्टीहरु वाक स्वतनत्रताको धज्जी नै उडाउने गरी भाषण ठोक्दै
हिड्दछन। तर व्यबहारमा भने जनताको ढाडनै भाच्ने गरी मैदानमा उत्रन्छन। संबिधानको धारामा बगेर संचारमा ताला ठोक्ने प्रयास गरेको नेपाली राजतन्त्रलाई कात्रो ओढाएर आएका बहुदलीय पार्टीहरु संबिधान बनाउने नाममा आफ्नो भागमा कती पर्ने हो दाउपेच खेल्दैछन। देशलाइ अन्यौलको भडखालोमा जाकेर उत्तेजित भएका नेपाली पार्टीहरुको सरकारले अहिले आएर नेपालीको वाक स्वतनत्रमा दाम्लो कसेको छ।

करिब ६० वटा साइट ब्लक गरेर ब्लकिगं यात्रा सुरु गरेको नेपाली सरकारको लिस्ट बुझिनसक्नु छ। जनताका बिचार दिने हफ्टिगंटन पोस्ट साइट देखी यौनसंग सरोकारै नराख्ने बिशुद्द ब्यवसाहिक साइटहरु नेपालबाट हेर्न रोक लगाइएको छ। यही रोकको मारमा आफ्ना बिचार ब्यक्त गर्न ब्लगस्पट प्रयोग गर्ने ब्लगरहरु पनि परेका छन। यदी नेपाली सरकारले यो कदम जारी नै राखे ब्लगसप्टबाट संचालन हुने सबै ब्लगहरु नेपालमा हेर्नमिल्दैन। सरकारको यही हरकत हो भने उनीहरु वर्लडप्रेसबाट संचालनहुने ब्लगलाई पनि चाडैं निशाना बनाउने छन।