एकादेशमा एउटा देश छ
देश के भन्नु अब त
मात्र एक अवशेष छ ।
हुंकार र दम्भको दावानलमा
हिंसाले अधकल्चो र निशेष छ,
अपराध राजनीतिको जामा ओढेर
अघोरी निद्रामा निर्निमेष छ,
आक्रोश र अधीर मनुजमा
सभ्यताको यहाँ केवल लेस छ,
स्खलन र ध्वंश बोकेर मानसमा
लोक यहाँ रागले अटेस मटेस छ
सरकार बनेर उपद्रोमा रमेको
विद्रुपता र चटकेको भेष छ