
दशैं नामै राम्रो चाडै राम्रो। केटा केटी देखी बुढाबढी सबै दंग। दु:ख सुख जसरी होस,चाड मनाउने सबै तम्तयार। स्वदेशमा हुन या बिदेशमा,भुल्नै नसकिने चाड हो यो। चाडै चाड भएको देश भएपनि यो चाडमा त पत्रिकै बन्द हुने गरी मनाइन्छ। चक्का जाम,हडताल देखी गुरिल्ला युद्द पनि दशैमा बन्द गरिन्छ। शान्ती अशान्ती सबै थप्प गरेर परिवार तथा आफन्तसंग भेटघाट गरी मनाउन चाड हो दशैं। सायद तपाईहरु पनि कतिपय दशैंको लागी घर जाने तरखर गर्दैहुनुहुन्छ होला। कती घर पुगी सक्नुभयो होला। बिदेशमा रहने खशीको ब्यबस्था गर्दैरहुनु भएकोहोला। यस पटक त टिका आइतबार परेको छ,सायद धेरै जनाको त बिदा नै होला।
दशैको गफ जती गरे पनि सकिदैन। दशैंको रमाइलो पनि यस्तै हो। नामै लिंदै मन त्यसै प्रफुल्ल हुन्छ। चाडको महोलसंगै दशैमा चोरी पनि बढेर आउंछ। त्यसमा सबैले पक्कै ख्याल गर्नुपर्दछ। त्यो भन्दा पनि बढी ख्याल गर्नु पर्ने कुरा त पिंग खेल्दा चोटपटक लाग्ने या आस्वस्थ मासु या धेरै मासु खांदा बिरामी पर्ने। सधैं जस्तो यस्तै यस्तै गरेर दशैं बित्ने गर्दछ। यसपटक पनि सधैं जसो रमाइलो गरेर दशैं मनाउनुहोला। अन्य सालको भन्दा यस साल कसरी तपाईको दशैं भिन्नहुंदै छ त्यो पनि पक्कै भन्नुहोला। बिजया दशमी २०६७को सबै लेखक तथा पाठकबर्गमा हार्दिक मंगलमय शुभकामना तथा उत्तोरत्तर प्रगतीको कामना।
दौतरी परिवार
Email ThisBlogThis!Share to FacebookShare to Pinterest