हाम्रो आफ्नो माटो ,आफ्नो गन्धबाट निरन्तर टाढा हुने क्रम
जारी छ। परदेशका कति दु:खद खबरले बेला बेला हाम्रो मन पोल्छ ।
यही पोलेको मनलाई गजलमा भरेको छु
अरबको तातो घाममा तिम्रो मान्छे ढल्यो भन्दिनु
तिम्रै नाम जप्दा जप्दै उस्को श्वास चल्यो भन्दिनु
पूर्णिमाको जुन जस्तै तिम्रो रुप सजाउछु भन्दै
सुन टिप्न गाको मान्छे आगो भित्र बल्यो भन्दिनु
जिर्ण भको कुन्ता शरीर त्यो काममा जोत्दा जोत्दै
मर्नु अगि दुब्लाएर सियो जस्तो गल्यो भन्दिनु
खुशी निखन्छु भन्दै आँसु पुछने तिम्रो आधार
निराधार भो रे सपनाले पनि छल्यो भन्दिनु
उफ्री उफ्री छुन सकिन आकाश भन्दै रुन्थ्यो
कती थे रे आशाहरु उसै संग जल्यो भन्दिनु
June 29, 2010
नेपाली माटोका कविता
:-नरेन्द्र रौले
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
शहरमा त घाम पनि किनेर ताप्नुपर्छ
बाटो पनि साघुरिएर हिंड्नुपर्छ
खुसिमा पनि मान्छे चिनेर हास्नुपर्छ
हाम्रो गाउ ठाउमा जस्तो
छहारीमा घा“सको पुला बिसाएर
बैगुनि मायाको सताइरहने नाउमा
एक मुरली दुखेसो पोख्न पाइन्न
शहरमा चुलिदै गएको महंगी, बढ्दै गएको कृतिमता, हराउदै गएको मानवियता र बन्धुत्वको भाबनाले निकै पिरोलिएका छन् कवि सुरेश हाचेकाली । आफु जन्मि, हुर्केको गाउ, किशोराबस्थामा साथीभाइ सग रमाइलो गरेका क्षण, बयेली खेल्ने गहुबारी, पाखाभरी राताम्य बनेका लालीगुरास, धुपी र सल्लाघारीमा डुल्ने डाफे यतिबेला झझल्को मा आइरहन्छन् । लामो समय शहरमा बस्दा मीठो अतितले एक पल्ट
झस्काएको छ कविलाइ । यिनै विषयवस्तुहरु लाइ जिवन्त रुपमा उतारेका छन्, आफ्नो कविता संग्रह सिमान्त आमाहरु मा कवि सुरेशले ।
काफल पाकेको निम्तो बाड्दै
गाउले छानाहरुमा
उन्मुक्त चरी निर्बिघ्न
उडिरहेकि बेला
जावलाखेलका पिंजरामा
धुइपत्तँल काफलचरी खोजिरहेका हुन्छौं ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
Nepali Highway
Subscribe to:
Posts (Atom)