-एकलव्य
उत्तर कोरिया आधुनिक संसारको एउटा त्यस्तो मुलुक हो जसका बारेमा बाँकि विश्वलाई कमै जानकारी छ । कोही भन्छन् यो आधुनिक विश्वको एक ‘ब्लयाक होल’ हो । कम्युनिष्ट राजनीतिले चलेको यो मुलुकको बिचित्र जहानिया गणतन्त्रमा संस्थापक नेता किम इल सुङको मृत्यू पछि उनका छोरा किम इल जोङ र अब उनका पनि छोरा अर्का किमलाई राष्ट्र प्रमुखका रूपमा तयार पारिँदैछ । उत्तर कोरियामा खाद्यान्न संकट र अनिकाल सदाबहार विशेषता भएकाले , यहाँ जनताको जीवन निरिह र हरितन्नम गरीब बनेको कुरा बेलबखत अन्तर्राष्ट्रिय समाचारमा देखा पर्ने गर्छन् । ‘बार्गेनिङ’ गर्नु उत्तर कोरियाको राजनैतिक चरित्र हो । यो बाहेक दक्षिण कोरिया र जापानका नागरिकहरूको बेलबखत उत्तर कोरियन जासूसी संयन्त्रबाट हुने‘रग’ नेसन ( rogue nation )वा ‘धूर्त’ मुलुकको रूपमा सूचिकृत गरेको उत्तर कोरिया आफ्ना विचित्रतम व्यवहारबाट चर्चामा आइरहने भए पनि , विशेषत: छिमेकी साम्यवादी मुलक चीनको आशीर्वादबाट केहि हदसम्म आशवस्त देखिन्छ ।
अनिकालका बीच पनि परमाणु बम बनाउने एक बुँदे रटमा लागेर बाँकि विश्वको ध्यान खिच्दै त्यही सूत्र मार्फत खाद्यान्न र आर्थिक मद्दतको