शिव प्रकाश
उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै भएको छ । उ बाँचेको छ, हारेर ! उ हाँसेको छ, रोएर !
उ मान्छेभित्र मान्छे निरन्तर खोजिरहेछ ।
उ सबैलाई मान्छे देख्छ तर कसैलाई मान्छे भेट्दैन । उ सोच्छ- यो मेरो दृष्टि भ्रम हो !
उ मान्छे पढ्छ तर मान्छे बुझ्दैन । उ सोच्छ- यो मेरो अज्ञानता हो !
उ मान्छे बोल्छ तर मान्छे, मान्छे बोल्दैन । उ सोच्छ- यो मेरो मुर्खता हो !
उ मान्छेलाई सबैभन्दा ठूलो मित्रु ठान्छ तर मान्छेलाई नै सबैभन्दा ठूलो शत्रु देख्छ । उ ठान्छ- यो मेरो पुर्वाग्रह हो !
उ मान्छेलाई सबैभन्दा नजिकको ठान्छ तर मान्छेसँग नै सबै भन्दा बढी त्रसित छ । उ सोच्छ- यो मेरो कायरता हो !
मान्छे, मान्छेको यो संसारमा न त उ मान्छे भेट्छ, न त उ मान्छे देख्छ, न त उ मान्छे बुझ्न सक्छ, न त उ मान्छे बोलेको
सुन्छ !
अब उ आफूसँग आफैं सशंकित हुन्छ – “मान्छे के हो, जड हो कि चेतना ? अस्तित्व हो कि शून्य ?”
“म के हुँ ?”
उसको विचारमा संसार उल्टो हुदैछ । त्यसैले उ उल्टो विचारलाई सुल्टो ठान्न थालेको छ, सुल्टोलाई उल्टो । उ सुल्टोभित्र उल्टो र उल्टोभित्र सुल्टो देखिरहेछ, सुनिरहेछ, पढिरहेछ, बुझिरहेछ । उ उल्टो देशमा सुल्टो मान्छे् भएर बाँचेको छ ।
उसको मस्तिष्कमा उल्काका भुल्काहरु फुल्न थाल्छन् ।
“मेरो मस्तिष्क घुमेको हो कि यो संसार उल्टो घुमेको हो । यहाँ पक्कै केही घुमिरहेको छ । मेरो वरिपरि केही घुमिरहेको छ अथवा अरु कुनै बस्तुका वरिपरी म घुमिरहेको छु !” यस्तै सोचाइमा उ निमग्न छ ।
आकाशलाई धरती देख्न थालेको छ, धरतीलाई आकाश ! उ सोच्छ- “यो पनि भ्रम हो । म भ्रमको उपज हुँ वा म भित्रको उपज भ्रम हो” उ वास्तविकता खोज्न थाल्छ ।
यो धरती बिब्ल्याँटो देख्छ । धरतीका मान्छे यस्ता थिएनन् मान्छे जस्ता थिए । सुल्टो धरतीका मान्छे सुल्टा थिए । मान्छे किन उल्टा हुदैछन्
“के यी मान्छे मान्छेका नयाँ अवतार हुन् ?” आफैलाई प्रश्न गर्छ । उ शास्त्र सम्झन्छ- शास्त्रले मान्छेको पूनर्जन्म स्वीकारेको छ, अवतार स्वीकारेको छैन । मान्छे ईश्वर हैन । ईश्वरको अवतार मान्छे हैन । यदि मान्छे आफू ईश्वर भएको घोषणा गर्छ भने त्यो मान्छे मरिसकेको छ, अर्को जन्मन बाँकी छ ! अर्थात ईश्वर फेरि जन्मेका छैनन् !
उ मान्छेलाई विज्ञान र नांगो आधुनिकतासँग जोड्छ । रिमिक्स, रसायन र अणुपरमाणुसँग जोड्छ । बारुद, बन्दुक र गन्धकहरुसँग जॊड्छ ।
बन्दुका आँखा मान्छेका जस्ता देख्छ । बमका अनुहार मान्छेसँग मिलेको देख्छ । बारुद र गन्धकका गन्धहरु मान्छेको सास जस्तो लाग्छ । रसायनमा मान्छेको रंग देख्छ । अणुपरमाणुमा मान्छेको अंश पाउँछ । सम्पूर्ण मान्छे रिमिक्स जस्तो लाग्छ । आधुनिक मान्छे !
उसले एउटा आधुनिक निष्कर्ष निकाल्छ- त्यसलाई उ उत्तरआधुनिक निष्कर्ष भन्छ । उत्तरआधुनिकाताको अर्थ खोज्छ- पाउँदैन, परिभाषा खोज्छ- पाउँदैन । कहीँ कतै पाउँदैन ।
सबै कुरामा उत्तर आधुनिकता छ तर कहीँ, कतै, केही छैन ।
अर्को निष्कर्षमा पुग्छ- “उत्तर आधुनिकता हावाले हावासँग बहस गरेको विषय हो । यो बेहोसीहरुको बहस हो । दिशा विहिन बहस हो !”
उ डराउँछ- म यो संसार विरुद्ध जादैछु । संसार उत्तरआधुनिक भै सकेको छ । यो संसार विरुद्ध एक्लो म कसरी लड्न सक्छु ? तर हार्न सजिलो छ । उसमा साहस आउँछ ।
उ उत्तर आधुनिक साहित्य खोतल्न थाल्छ । कविताहरु पढ्छ – शरीरमाथि शरीर थुपारेर आफ्नै शरीरको भारले थिचिएर हलचलहिन भएर बसेको अजिंगर जस्तो लाग्छन् कविताहरु । शब्दमाथि शब्द थुपारेर शीर पुच्छर हराएको शब्दको थुप्रो !” शब्दको बोझले थिचिएर निस्सासिएका कविताहरुप्रति सहानुभूति व्यक्त गर्छ !
कथाहरु पढ्छ - यस्तै कथाहरु भेट्छ उसका जस्तै ! उ सोच्छ- “उत्तर आधुनिकता सबैमाथि चढिसेको छ । संसार, समाज, मान्छे, बिषय, बस्तु सबै उत्तर आधुनिक !”
उसको अन्तिम निष्कर्ष छ- “उत्तर आधुनिकताभित्र सबै कुरा छ तर केही छैन ।”
सबै उल्टो भैसकेको छ, पृथ्वी आकाश जस्तो आकाश पृथ्वी जस्तो शून्य ! उल्टो-बिब्ल्याँटो !
रुप बिगारेर कुरुप बनाउनु, स्वरुप बिगारेर बिरुप बनाउनु उत्तरआधुनिकताको विशेषता ठान्छ- समकालीन मान्छेहरु जस्तै । मान्छे रहित मान्छे जस्तै । मान्छेभित्र मान्छे नभएका मान्छे जस्तै । मान्छे जस्ता देखिने मान्छे जस्तै !
उत्तरआधुनिकताको संयोजन हो मान्छे, विनियोजन हो मान्छे ! मान्छे मान्छेको नयाँ अवतार हैन- नयाँ संस्करण मात्र हो अहिलेको मान्छे ! उत्तर आधुनिक मान्छे ! यस्तै ठान्छ ।
फेरी भ्रममा डुब्छ । सोच्छ- “तर पनि मान्छे मान्छे हो । मान्छेभित्र मान्छे हुनु पर्ने किन छैन ? मान्छे किन खोक्रो छ ? के मान्छे मान्छेको बोक्रो मात्र हो ? मान्छेमा जीवन छ, तर जीवत्व किन छैन ? जिन्दगी छ, तर जीवनक्रम किन छैन ? जिजीविषा छ, तर जिज्ञासा किन छैन ?”
मान्छे खोजीको नियात्रा पनि जीवनको एउटा लडाइँ हो । आफू यो लडाइँमा पनि हारेको स्वीकार्छ । मान्छेलाई मान्छे देख्न नसक्नु पनि आफैमा एउटा हार हो !
उसलाई थाह छ कुनै पनि युद्ध जित्न सजिलो छैन । तर हार्ने युद्ध नै सबैभन्दा सजिलै जितिने युद्ध हो । उ पराजयलाई विजय ठान्छ । तर जित पनि एउटा भ्रम हो ! हो, हैन ? हैन, हो ? उसलाई जितप्रति सधैं भ्रम छ ।
हारप्रति विश्वास छ, त्यसैले उ हार स्विकार्छ ।
यो संसार अब मान्छेको संसार हैन । अब यहाँ मान्छेको गाउँ छैन, वस्ती छैन, शहर छैन । मान्छेको जंगल मात्र छ ।
मान्छे बिनाको मान्छेको उपस्थिति मान्छेको जंगल हो ।
उ गभ्मीर भएर सोच्छ- “यहाँ पक्कै भ्रम छ । मान्छे, मान्छे जस्तो देखिएर बाँच्न चाहन्छ तर मान्छे भएर बाँच्न चाहदैन ! यो भ्रम हो ! उत्तरआधुनिक भ्रम ! भ्रमपीडाको शिकार भएर बाँचेका छन् मान्छेको जंगलमा मान्छे !”
उसले आफूलाई खोज्छ- त्यही जंगलमा भेट्छ ! आफैंलाई प्रश्न गर्छ- “के म पनि मान्छे हुँ ?”
(निबन्धकथा)
http://www.nepalimanharu.com/बोस्टन, अमेरिका । नोभेम्बर १७, २०१० ।
November 25, 2010
Subscribe to:
Post Comments (Atom)
8 Comments:
A real story is always great!
A real story is always great!
कथामा भ्रम र पिडाको बेजोड संगम रहेछ। आधुनकतामा गांजिएको नया संसार सायद भ्रममै बांचेको जस्गो लाग्छ।
यो मान्छेको जंगलमा मान्छे नभेटिनु दुखलाग्दो कुरा हो भने यस्ले समाज जती अनाव भयो भनेर प्रष्ट देखाउंछ।
सायद कंग्रिटको जंगलमा बसेर हो कि मानवबाद पनि जंगलबादमा परिणत भएको छ।
कथाको लागी शिबदाईलाई धेरै धेरै धन्यबाद।
२१ औ शताब्दीको मान्छेको समाज सन्तोसजनक छ भन्न सकिने ठाउँ नभएर नै
शिब प्रकाश जी ले यति मन छुने कथा लेख्नु भो ।
२२ औ शताब्दीको मान्छेको समाज ( भए त यै शताब्दीमै भैदियोस भन्ने तिब्र कामना हो ) संतोसजनक भैदियोस , सकारात्मक सोच्ने मनहरुको कामना यै हो ।
good ra bad ta jaile pani bhaihalchan ni. uhile satya yug ma pani ta rakshaas haru thiye. pandav sita kaurav pani thiye.
aile pani ram ra rawan ta bhailahchan ni.
दौतरीमा शिब सरको कथा पढ्नू पाइयो। सार्है खूशी लाग्यो। उहां राम्रो साहित्य लेख्नुहुन्छ। कथाको लागी धेरै धेरै धन्यबाद।
धरै समयपछि दौंतरीमा आएको छु । दौंतरीका दौंतरीहरूका लागि भ्रमपीडा कोशेली ल्याएको छु,सबैलाई भित्रैदेखिको धन्यवाद टक्र्याएको छु । बेलाबेलामा आउने वाच गर्छु ।
धन्यबाद शिब दाई। भ्रम पीडा रमाइलो छ। दौंतरीमा आउनुभएकोमा धन्यबाद। बेला बेलामा आउंदै गर्नुहोला।
पाठक सहभागिताको लागी सबैमा धन्यबाद। लेखको थप स्वाद ब्लगमा पाठककै अन्तरक्रियाबाट झन रमाइलो हुने गर्दछ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !