घरदेश सम्झी परदेश रुन्छ मन छैन थिर यो
बिना जमरा र टिका,दुखेको छ आमा शिर यो
नेपाली मनमा नेपाल बोकी नेपाल खोजेर
रोप्यौ सदभाब भुलाई थोरै भए नि पिर यो
कोलोराडोको अरोरामा आपसी सदभाब बढाउने उदेश्य अनुरुप दशै पर्बको उपलक्ष्यमा बिभिन्न सांस्कृतिक कार्यक्रम बिच दशै कार्यक्रम मनाईएको छ। बिभिन्न स्वादिस्ट भोजन र आफ्नो कला संकृतिको प्रस्तुतिले परदेशमा बसेर पनि घरदेशमा रहेको अनुभुनी उपस्थित अरोरा बसिले गरेका थिए।
स्थानिय युबा बाशु दाहाल ,शैलेश पोखरेल ,गंगा चौलागाँई आदिको सक्रियता भएको उक्त कार्यक्रम बाक्लो जन साहभागिता भएको थियो । स्थानिय कलाकार शिमा पोखरेलको दुर्गा भजनबाट शुरु भएको उक्त साँझमा अनिल बस्नेतको क्यारिकेचर, र भुपेन्द्र महतको हास्य चुटकाले हसाएको थियो भने अम्बिका अधिकारि ,सलोना सिघ्देल ,सहारा कार्किको निर्त्यले बातावरण तताएको थियो। साथै शुरेश प्रधान ,नबिन डंगोल वाध्यबादनमा शुरेश प्रधान र,सिमा पोखरेल तथा गंगा चौलागाईले आफ्नो गायकीले दशैलाई सुमधुर बनाएका थिए भने बाल कलाकारबाट बिभिन्न जन जातिका पोशाक पर्दशन गरिएको थियो। साथै सारोन श्रेष्ठ ,श्रेया श्रेष्ठले रोचक निर्त्य प्रस्तुत गरेका थिए।
एक आर्कामा शुभकामना आदानप्रदान गरी मनाइएको यो सदभाबना दशैलाई निरन्तरता दिने कुराको आयोजक पक्षले जनाएको छ ।
2 Comments:
कोलोराडोमा दशैं धुमधाम भएछ। त्यांहा भएका भिडीयो लिंक पानी राखे हामी पनि रमाउने मौका पाउने थियौं।
वाकाजीलाई दशैंको शुभकामना साथै धेरै धेरै धन्यबाद।
thank you for the colorado news.
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !