यूएई
नेपाली पोषाक दौरा सुरुवाल अनि ढाका टोपिमा सजिएका प्रगतिनगर नवलपरासीका राजु पाठक दशैंको टिकाको दिन अक्टोवर १७ २०१० को साँझ सात वजेदेखि राती एघारबजेसम्म पनि व्यस्त देखिन्थे । नेपालीहरुमात्र नभई विदेशीहरु सहित करिब २०० जनालाई टिका लगाईदिएको बताए पाठकले ।
नेपालीहरुको ठूलो वाहुल्यता रहेको अलकुजमा अवस्थित दुवईको ईनोक पेट्रोलियम कम्पनीको आवासगृहभित्र एक हलमा विजयादशमीको अवसरमा नेपालीहरुले आयोजना गरेको कार्यक्रममा नेपालीहरुमात्र नभई फिलिपिन्स भारतका नागरिकहरु पनि टिका र जमारा लगाएका देखिन्थे । उक्त अवासगृहमा नेपाली महिला तथा पुरुषहरु गरी २५० जनाको हाराहारीमा रहेका छन् भने कम्पनीमा कती नेपाली छन् रेकर्ड छैन । रमाईलो भयो आज दाजुभाइनै यहीं छौ तरपनि परिवारविनाको दशैं खल्लो हुने रहेछ । एक छोरा छोरीका बावु प्रगतिनगर
भृकुटीमण्डी बोर्डिङ्गमा ७ बर्ष शिक्षक भई यूरोप छिर्ने रहरमा जागिर छोडी खाडीमा छिरेका पाठकले प्रवासीएको छैटौ बर्षमा
एक बर्ष मात्र परिवारसँग दशैं मनाएछन् बाँकी पाँच बर्ष भने विदेशमा यसरीनै दशैं मनाउँदै आएको बताए ।
विगत ७ बर्षदेखि उक्त कम्पनीमा क्यासियरमा कार्यरत रामेछापकी मनकुमारी सुनुवार विदेशमा यसरीनै ६ बर्ष दशैं मनाएको वताईन् । भर्खरै नेपालबाट फिरेको हुनाले यस पटक पनि दशैंमा घरजान नपाएको गुनासो पोखिन् । खल्लो लाग्छ दशैंमा घरमा जान नपाउँदा उनले भनिन् तर सात बर्षको
अन्तरालमा एक पटक भने परिवारसँगैं बसेर रमाईलो गरी दशैं मनाएको सम्झना भने दशैंको बेलामा आईरहने रैछ मनकुमारीलाई । रातो टिका निधारमा लगाएका गिता घर्तिमगर र माया साक्य खुशीमुद्रामा देखिन्थे । उनिहरु पनि विगत ६ बर्षदेखि उक्त पेट्रोलियम कम्पनीमा काम गर्दै आईरहेका रहेछन् । छ बर्षमा गिताले भने पहिलो पटक दर्शै विदेशमा मनाएको
बताईन् ।
विगत ६ बर्षदेखि उक्त कम्पनीमा कार्यरत सफिर अलि निधारमा रातो टिका लगाएका थिए । मुस्लिम धर्मालम्बि उनि प्रवासमा जात धर्म भन्दा पनि पहिला नेपाली भएर चिनिनु पर्ने बताए । जात धर्म त आफ्नो ठाउँमा छदैछ तर हामी पहिला नेपाली हौं उनको भनाई थियो । दशैं तिहार वक्रईद ईद कि्रमश आदी चाडवाडहरु यसरीनै सबै जना एकैठाउँमा जम्मा भएर मनाउने गरेको बताए ।
झापाका अजय खड्का पाँच बर्ष विदेशमा परिवारसँग विछोडिएर दशैं मनाउदा नरमाईलो लाग्ने बताए । उनले गुनासो पोखे दुःखमा दाइ भन्छन् तर सुखमा कसैले पनि हेर्दैनन् प्रवासमा नेपालीहरुको बानी यस्तै छ ।
प्रवासमा आउँनुभन्दा पहिला कावासोतीमा किराना पसल गर्दै आएका लक्ष्मण सुवेदी पर्वतका विगत ४ बर्षदेखी विदेशमा छन् ३ बर्ष यतै मनाईयो भने १ बर्ष मात्र नेपालमा मनाईयो उनले भने । तनहुँका पिताम्वर ५ बर्ष देखि यहि मनाएको बताए ।
प्रवास आउनु भन्दा पहिला वागबजारमा भगवती आर्टस् व्यवसाय गरिबसेका दिपेश रायमाझी कस्टमर सर्भिस ग्राहक सेवा मा काम गर्दारहेछन् । विगतमा विभिन्न फिलिमका पोष्टरहरुको पनि आर्टस गरेका रायमाझी दशैंमा परिवारसँग नहुँदा खल्लो भएको बताए । हातले बनाएको आर्टस र अहिलेको टेक्नोलोजी आर्टसमा धेरै परिवर्तन भएको हुनाले ब्यवसाय छोडेर प्रवासीएको बताए । अब छिट्टै नेपाल फिरेर आफ्नै पेशामा लाग्ने उनले बताए ।
मोरङ्गका भरत गिरी ४ बर्ष देखि यहि पेट्रोल कम्पनीमा कार्यरत छन् । विदेशमा दशैं मनाउदा नेपालमानै भएको जस्तो हुने बताए ।
एकातिर टिका लगाउने कार्यक्रम जारी थियो भने अर्को तिर सांगेतिक कार्यक्रम चलिरहेको थियो । सुवास योगेश भाष्कर र फिलिपिन्सकी ज्याकीले विभिन्न गितहरु गाई मनोराजन दिलाएका थिए । विभिन्न किसिमका रोमान्चक खेलले कार्यक्रमलाई रोचक बनाएको थियो ।
1 Comments:
युएईमा त दशैं भयंकरनै लागेछ। नेपाली बिदेशी सबैले टिका र जमरा ढल्काएछन।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !