आयुष चौधरी "सम्मोहन"
रझेना ५ कृष्णनगर बाँके
हाल नेपालगञ्ज
उर्दु भाषामा अत्यन्त विकसित , लोकप्रिय र चर्चित भए पनि गजलको जननी भने अरबी भाषा हो र यसको उद्गम भुमी अरब । विस्तारै विस्तारै यो विधाको प्रभाव फारसी , उर्दु, हिन्दी हुंदै नेपाली र अन्य भाषामा विकसित हुदै गएको धेरै सोधकर्ताहरुको एक मत रहेको पाइन्छ । गजलले लगभग आठ नौ सय वर्षो इतिहाँस बोकेको देखिन्छ । यस्तै नेपाली गजल परम्पराको इतिहाँसले सय वर्षपार गरिसकेको छ । मोतीराम भट्टले गजललाई नेपाल प्रवेश गराएको विश्लेशकहरु बताउछन् । मोतीराम
भट्टकालिन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयमा मोतीमण्डलीका सदस्यहरु भीमनिधि तिवारी, शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आईपुगेर वि.सं. २००७ को
दशकबाट चिरकालिन सुषुप्त अवस्थामा रह्यो । वि.सं. २०३५ को दशकको अन्त्य तिर देखि ज्ञानुवाकर पौडेलको माध्यमबाट गजलले पूर्नजागृत हुने अवसर प्राप्त गर्यो । यस पछिका मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जल, बुँद राना आदीले गजल विधालाई उल्लेख्य उचाईमा पुर्याउन ठुलो योगदान दिएको पाइन्छ ।
संरचनात्मक दृष्टिकोणबाट गजललाई नियाल्दा मुक्तक र गजल एउटै देखिए पनि यसमा भावको तिर्र विन्यास गरिएको हुन्छ । यो संगित चेतनाका आधारमा गित एवं बिम्ब-प्रतिक तथा उपमा जस्ता अलंकारको प्रयोग र सौर्न्दय चेतनाको दृष्टिले पनि कविताको आस्वादन दिने साहित्यको एउटा संरचना हो । गजलको आफ्नै संरचनात्मक तत्वका कारण यो विधा स्वतन्त्र विधाको रुपमा स्थापित भएको देखिन्छ । वर्तमान समयमा गजलले बृहत क्षेत्र ओगट्दै गएको देखिन्छ ।
"गजल" अरबी भाषाको "पोथी" वा "स्त्रीलिङ्गी" शब्द हो । अरबी भाषामा "ग" भन्नाले "वाणी" "ज" भन्नाले "स्त्री" र "अल" भन्नाले "को" वा "साथ" भन्ने हुन्छ । त्यसैले "गजल" शब्दले दिने शाब्दिक अर्थ "स्त्रीको साथ प्रयुक्त हुने वाणी" अर्थात स्वास्नी मान्छे संगगरिने वार्तालाप भन्ने बुझन सकिन्छ । हुनत गजलका बारेमा बिभिन्न मत मतान्तर भएको पनि पाइन्छ । कसैले यसको अर्थ प्रेयसीसंगको क्रिडा अनि कसैले नारीहरुको प्रेमको कुरा भनेर पनि अर्थ्याएका छन् । गजलको शाब्दिक अर्थ मृगशावक वा हरिणशिशु हुन्छ, अर्थात सिकार खेल्दा जब शिकारीको वाण हरिणको मुटुमा गई रोपिन्छ, त्यसबेला हृदयविदारक ढंगले हरिणले गर्ने आर्तनाद भन्ने पनि गरिएको छ ।
फारसी भाषामा गजलको अर्थ "वाजनान गुफ्तगु करद न" वा आइमाइका कुरा हुन्छ । आईमाईका कुरा एक विषयमा केन्द्रित नहुने भएकोले र गजलका पनि हरेक "शेर"हरु कुनै निश्चित विषयमा आवद्ध नभई आफैमा स्वतन्त्र देखिन्छन् ।
बृहत नेपाली शब्दकोषका अनुसार "विषेशत प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यस्तै छन्दमा लेखिएको कवितालाई गजल भनिन्छ । तर थुप्रै गजलकारहरु गजललाई कविता वा गितको रुपमा लिन अश्विकार गर्छन ।
यस्तै उर्दु-हिन्दी शब्दकोषको अनुसार "५ देखि ११ शेरहरु हुने उर्दु र फारसी कविताको एक प्रकार हो । यसमा सबै शेर एउटै रदिफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छन् । पहिलो शेरलाई मत्ला भनिन्छ जसका दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ , जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ । गजलको संग्रहलाई दिवान भनिन्छ ।
द अक्सफोर्डर् इङ्गलिस डिक्सनरीका अनुसार विषेशत प्रेमसम्बन्धी वा रागात्मक कविताको एक प्रकार हो जसमा सिमित श्लोक , उहि अनुप्रासको आवृति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ । अर्थका दृष्टिले गजललाई फरक फरक परिभाषित गरिएपनि संरचनात्मक दृष्टिले गजल एउटा सुललित भाषिक अभिव्यञ्जना हो ।
गजल सम्बन्धी केही रमाईला तथ्य र किम्बदन्तिहरुः
एउटा किम्बदन्ति अनुशार अरबमा एकजना "गजल" नाम गरेका शायर थिए जसले प्रेमको गित बनाउनमै आफ्नो जिवन विताए । शुरु शुरुमा गजल केवल प्रेमको बारेमा मात्रै लेखिन्थ्यो त्यसैले पछिका दिनमा यसप्रकारको प्रेमको गित नै उसैको नामले चिनिन थालियो ।
दशौं शताब्दीमार् इरानमा जन्मेका "रौदक" नामका शायर जो जन्मजात दृष्टिविहिन रहेको विश्वास गरिन्छ , उनैलाई गजलको जन्मदाता पनि मानिन्छ ।
गजलको संरचना
संरचनात्मक सुगठन गजलको महत्वपर्ण पक्ष हो । कतिपय अवस्थामा संरचनालाई त्यति ख्याल गरिएको भेटिदैन । गजल दुइ दुइ हरफहरु मिलाउदैमा बन्न सक्दैन । यस्तो किसिमको लेखनले गजललाई फजल बनाइरहेको हुन्छ । गजल विभिन्न संरचक घटकहरु सन्तुलित र नियमवद्ध प्रयोग गरिएका हुन्छन् । गजलको संरचना बुझनको लागी केही संरचक पक्षहरुको जानकारी लिन आवश्यक हुन्छ जसको लागी यो गजल प्रस्तुत गर्छु।
जीवनमा हरपल गति हुन्छ
मायामा किन हो क्षति हुन्छ ।।
समय अविराम चल्छ हजुर
के थाहा यो यात्रा कति हुन्छ ।।
नभन म त तिमै हु सानु
नियति बुझ्नेलाई अति हुन्छ ।।
चिसो मृत्यु सामु घुडा किन टेक्ने
बाँच्नुछ जीवन जति हुन्छ ।।
१. काफिया :- काफियाको अर्थ अन्त्यनुप्रास वा तुक हो । यो गजलको एकदमै महत्वपूर्ण अंग हो । यसलाई गजलको मुटु पनि भन्ने गरिन्छ । प्रत्येक शेरको दोस्रो पङ्तीमा र मत्लाको दुबै पङ्तीमा काफियाको प्रयोग अनिवार्य मानिन्छ । तर मत्ला वाहेकका शेरहरुमा भने शेरको दोस्रो हरफमा मात्र काफिया राखिन्छ । यदि मत्ला वाहेक अन्य शेरका पनि दुबै हरफमा काफियाको प्रयोग गरिन्छ भने त्यस्तो शेरलाई "हुस्न-ए-मतला" भनिन्छ । उदाहरणको लागी माथीको गजलमा "गति , क्षति, कति, अति र जति" काफियाको रुपमा प्रयोग गरिएका छन् ।
२. रदिफ :- रदिफ अरवि भाषाको शब्द हो । रदिफ गजलको अनिवार्य तत्व भने होईन । काफियाको पछाडी बारम्बार दोहोरिएर आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ । रदिफ नभएको गजललाई "गैर मुरद्धफ" गजल भनिन्छ । उदाहरणको लागी माथिको गजलमा काफियाको पछाडी रहेको "हुन्छ" रदिफको रुपमा प्रयोग गरिएको छ ।
३. मतला:- मतलाको शाब्दिक अर्थ "आरम्भ" वा शुरुवात भन्ने हुन्छ । अतः गजलको पहिलो शेरलार्र्इर्र् मतला भनिन्छ । मतलाको दुबै हरफमा काफियाको प्रयोग अनिवार्य हुन्छ । उदाहरणको लागी माथीको गजलको पहिलो शेर :
जीवनमा हरपल गति हुन्छ
मायामा किन हो क्षति हुन्छ ।।
४. मक्ता :- मक्ताको अर्थ समाप्त हुनु हो अथवा जुन शेरबाट गजल अन्तहुन्छ गजलको त्यही अन्तिम शेरलाई मक्ता भनिन्छ । तर अन्तिम दुई हरफ मध्ये कुनै एकमा तखल्लुसको प्रयोग गरिएकोछैन भने त्यस्तो अन्तिम शेरलाई मक्ता नभन्नुनु नै बेस हुन्छ । जस्तै :
अघि पर्न सक्दिन मैले हरिका
नजरदेखि मोती पनि र्झन लागे
- मोतीराम भट्ट
५. तखल्लुस :- गजलको अन्तिमका दुई हरफमध्ये कुनै एकमा प्रयोग गरिने लेखकको नाम वा उपनाम नै तखल्लुस हो । माथी ४. मा दिईएको उदाहरणमा "मोती" शब्दनै तखल्लुस हो । तखल्लुस गजलमा दुइवटा अर्थदिने खालको भएर प्रस्तुत हुनर्पर्दछ । जवरजस्ती नाम राख्नको लागी मात्र यसको प्रयोग गरिनुहुदैन ।
६. मिसरा :- मतला र मक्ता बीचका प्रत्येक दुई हरफलाई मिसरा भनिन्छ । मिसराको दोस्रो हरफमा काफियाको अनिवार्य उपस्थिति रहन्छ । मिसराको पहिलो हरफलाई "मिसरा ए उला" भनिन्छ भने दोस्रो हरफलाई "मिसरा ए सानी" भनिन्छ । मिसराको पहिलो हरफले भावको उठान र दोस्रो हरफले त्यसको समाधान गर्ने शैली गजलमा हुनुर्पर्दछ ।
७. शेर :- गजलका प्रत्येक दुई हरफलाई शेर भनिन्छ । शेरको निश्चित संख्या नतोकिए पनि ५ देखी ११ वटा शेर गजलमा राम्रो ठानिन्छ ।
यी त गजलका केही पक्षहरुका बारेमा संक्षिप्त चर्चा थिए । तर उत्कृष्ट गजल लिपीवद्ध गर्नको लागी यति नै तत्वहरुभने पर्याप्त हुदैन गजलका अन्य पक्षहरु जस्तै बहर , रुक्न, वज्न आदिका बारेमा पनि ज्ञान हुन जरुरी छ । यसमा गजलको संरचना संगै मुख्यतः भाषाशैली, लयविधान, भावगत त्रि्रता आदि पक्षहरुको आफ्नै महत्व रहेको हुन्छ ।
July 27, 2010
Subscribe to:
Post Comments (Atom)
7 Comments:
Ramro jankari ko lagi dherai dherai dhanyabad.
गजलको इतिहास भनिदिनु भएकोमा आयुषजीलाई धेरै धेरै धन्यबाद। मलाई गजल संधै अचम्मको बिधा लाग्ने हुंदा
यस्को बारेमा संधै जान्न उत्सुक्ता लाग्दछ। आजकाल नेपाली ब्लगमा धेरै गजल देख्न पाइन्छ,खै यि सबैले गजलको
नियम पालना गर्छन कि गर्दैनन?
केही पहिले ठरकी दादाले पनि गजलको बारेमा दौंतरीमा लेख्नु भएको थियो। त्यो भेटिएमा लिंक पक्कै पनि राखुंला।
धन्यवाद नेपालियन जी ... मैले नाम सहि लेखिन की क्या हो...? गलत लेखेको भए माफ गर्नु होला है..अनि मनुजीलाई पनि धन्यवाद...
thank you for sharing !
Gajal ko barema yati ramro jankari ko lagi dherai dherai dhanyabad Aayush dai!
आश्मा अनि दिपकजीलाई कमेन्टको लागी धन्यवाद ....
बिकिपिडिया र तपाईका शब्दहरु समान छन् - तपाईले बिकिपिडिया सार्नु भयो कि बिकिपिडियामा तपाई आफैले लेख्नु भयो ?
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !