July 5, 2010

माओवादीहरू , नागरिक पार्टी बन र सरकारको नेतृत्व गर ।

-एकलव्य

देशमा गणतन्त्र स्थापित भइसक्यो र शान्ति प्रकृयाले चौथो वर्ष पुरा गरिसक्न थाल्यो , अब पनि हिजोको हिंसात्मक क्रान्ति पक्षधर पार्टीले आफ्ना निजि सेना राखेर त्यसैको भरमा शक्तिको बार्गेनिङ गरिरहनु बलमिचाहा प्रवृत्ति हो र यसले नारा जे सुकै लगाएर उफ्रिए पनि माओवादीको दूरगामी नियतमाति अरूलाई शंका गरिरहने बनाउँछ ।

माधव नेपाल दुई ठाउँबाट चुनाब हारेकाले सरकारको नेतृत्व गर्दा लोकतन्त्रको उपहास भएको थियो भन्नेहरूले, सरकारमा बसेर पनि आफ्नो दलको निजि सेनाको परमाधिपति समेत रहेका पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालको सैनिकतान्त्रिक अप्ठ्यारोमा दुःखित हुन सक्नु पर्छ । लोकतन्त्रमा
 जनताले छनोट गरेका प्रतिनिधिहरूको सरकार हुनुपर्छ र ती बहुमतद्वारा प्रतिनिधित्व गरिनुपर्छ भन्ने कुरा जति जरूरी हो त्यत्ति नै यो पनि जरुरी छ कि सरकारले लोकतान्त्रिक मान्यताहरूको
 अभिभावकत्व गरोस्, । हिजो माओवादीको नेतृत्व सरकारमा रहँदा , त्यो लोकतान्त्रिक मान्यता र
 व्यवहारको जबर्दस्त धज्जि उडाउने काम भएको हुँदा , अबका दिनहरूमा ऊ फेरि सरकारको नेतृत्वमा रहँदा, अन्य सबै पक्षहरु ती सबै कुरा नहोउन भन्ने कुरामा आश्वस्त हुनुपर्छ । कुराले हैन व्यवहारले यी कुरामा आश्वस्त पार्ने काम माओवादीबाट हुनै पर्छ ।

यो कुरामा कुनै सैद्धान्तिक विरोध र असहमति छैन कि माओवादी संविधानसभाको सबैभन्दा ठूलो दल हो र सरकार गठन प्रकृयामा उसको नैतिक अधिकार छ । तर अधिकारमा दायित्व पनि सँगसँगै गाँसिएको हुने भएकाले , माओवादीले आफ्नो अधिकारको दावा गर्नु पूर्व दायित्व र जिम्मेवारी निभाएर मात्र केही कुरा लिन अघि सर्नु पर्ने हो । लोकतन्त्र र बलमिचाहीँ प्रवृत्ति एकार्काका चरम विरोधी शत्रुहरू हुन् । अहिले माओवादीले आफ्नो राजनैतिक विचारले प्रशिक्षित छापामारहरूलाई सरकारी तलवी बनाएर शिविरमा राखेको स्थिति एकातिर छ भने हिजोको द्वन्द कालीन अवस्थाका लडाकाहरूलाई वाइसिएलको अर्ध सैनिक दस्तामा राखेर उसले अरू माथि दादागिरी गरिरहेको आरोप लागिरहेको अवस्था छ । माओवादी अब बन्ने संविधानको अन्तर्वस्तु , राज्यको शासकिय स्वरूप र राज्यको पुनर्संरचनाको सवालमा अरू दलहरू भन्दा आँफू भिन्न रहेको बताइरहेको मात्र छैन कि अबको संविधान केवल आँफूले भने अनुरूप हुनुपर्छ भन्ने दावामा पछि नहटेको अवस्था छ । उता आफ्ना छापामारहरूलाई आफ्नै तजवीजमा राष्ट्रको सुरक्षा सेनामा मिसाएर सेनालाई राजनीतिकरण गर्दै भोलि एकदलीय कम्युनिष्ट लक्ष्यतर्फ छलाङ लगाउने दावाहरूले माओवादी कार्यकर्ता पंक्ति यसका शीर्षस्थहरूबाट सार्वजनिक जानकारी मार्फत प्रशिक्षित छन् । यी कुनै कुराहरू विश्वमान्य लोकतान्त्रिक मान्यता अनुरूपका छैनन् । यिनै कुराहरूले माओवादीका बारेमा प्रशस्त भ्रमहरु निवारण हुनसकिरहेका छैनन् र उसले पनि यो गराउन खोजिरहेको छैन । २१ औँ शताव्दिको चेतनशिल नेपालमा विकास र समुन्नतिका लागि जुनसुकै सोच र विचार स्विकार्य भए पनि , माओवादीको राजनीतिक लक्ष्यमा रहेको कम्युनिष्ट एकदलियता मुलुक र मुलुकवासीलाई स्विकार्य हुन सक्ने छैन भन्ने कुरा बुझेर माओवादीले आँफुलाई प्रयोजनवादी खेमामा उभ्याउनै पर्छ ।

अहिले नेपाल सम्झौता राजनीतिको दोसाँधमा छ । सम्झौता राजनीति भनेको बिभिन्न विचार समूहले कुनै मध्य विन्दु भेट्टाएर आ-आफ्ना केही आग्रहरू त्याग्नु र केही अरूका कुराहरु स्वीकार्नुमा निहित हुन्छ । माओवादीले आफ्ना व्यवहार लोकतान्त्रिक बनाउँदा बनाउँदै उसलाई जबरजस्ती परगेल्न खोजिन्छ भने त्यो प्रवृत्ति विरुद्ध उसको लड्ने अधिकार छ , तर शान्ति प्रकृयामा आइसकेपछि सबैभन्दा ठूलो दल बनेर पनि उसले आफ्नो ठूलोपनको दायित्व निर्वाह गर्नु नपर्ने , बरू उसले आतंक मच्चाइरहने र अरूले उसलाई पुलपुल्याइरहनु पर्ने वा फकाइरहनु पर्ने हो भने , नेपाली लोकतन्त्रको यो अत्याधुनिक मोडेल पनि खेर जाने भयो र मुलुकले दु:ख पाइरहने भयो भनेर स्वीकार्नै पर्छ । अब माओवादीलाई जनतामा साँचो विश्वास छ भने आफ्ना हतियारधारी कार्यकर्तारूपी शिविरस्थ छापामार, वाइसिएल र हिंसाको मोहबाट माथि उठेर नागरिक पार्टी बन्नै पर्ने हुन्छ । हैनभने, जबरजस्ति सत्तामा चढे पनि नेपालको कठीन राजनीति र भूराजनीतिमा कोही अकण्टक वादशाह बनिरहन सक्ने छैनन् , केवल यो तमाशामा मुलुक जलिरहने छ र मुलुकवासी कहराइरहन पर्नेछ ।

अत: , माधव नेपालले राजिनामा दिएर , निकास खोज्ने मौका दिएको यो अवस्थालाई सदुपयोग गर्दै , माओवादीले लोकतान्त्रिक व्यवहार र आचरण मार्फत अरूको पनि विश्वास जितेर मुलुकको नेतृत्व गरून् । यसैमा मुलुक र माओवादीको पनि भलो छ ।


9 Comments:

Anonymous said...

maobadi equals to kukur ko pucchar.

Anonymous said...

यो दौतरीका लेखकहरु पनि बिना लगौतिका राजनीतिक गफ दिएर पाठकहरुलाई दिक्क लाग्ने गरिरहन्छन । कहिलेकाही त यसो सामाजिक हित हुने काममा लौ साथीहरु हो यो कुरामा हातेमालो गरौ भने पनि खेर नजादो हो ।

पुष्प said...

एकलव्यजी,

सीधा माओवादी पनि कांग्रेस, एमालेजस्तै भारतीय विस्तारवादलाई मलजल गर्ने 'प्रजा'तन्त्रवादीहरूको जमात हुनुपर्यो भन्नुस् न । यी टपरटुइँयाहरूलाई 'नागरिक'को पाठ पढाउने माओवादी; अनि आज उसैलाई 'नागरिक' दल बन्न सुझाव दिने ! कुरीकुरी !

सेना समायोजन एवं पुनर्स्थापना शान्तिप्रक्रियाको अंग हो । यसैको मर्मअनुरुप संविधान सभाको चुनावमार्फत् नयाँ संविधान लेख्ने प्रक्रिया प्रारम्भ भयो । जनताले भ्रष्ट, दलाल, राष्ट्रघातिहरूलाई छानी-छानी पाखा लगाए; तर जनताको मतको कुनै अर्थ रहेन । आखिर कस्तो लोकतन्त्रको बखान गरिरहेका छन् ती टपरटुइँयाहरू ?

अब तपाईंका कुरा गरौं, माओवादीले सरकारको नेतृत्व र जनसेना समायोजनको मुद्दा अलग विषय हुन् । जनसेना समायोजनको प्रारुप संविधान सभाको समितिले तयार गर्ने हो । तर यसै मुद्दालाई सुगारटाइको विषय बनाएका माकुने सरकारले पनि केही गरेन । अनि दोष माओवादीलाई मात्र किन ? जे होस् सेना समायोजन हुन्छ, तर कहिले र कसरी भन्नेमात्र हो; यो कुरासँग सरकार नेतृत्वको बार्गेनिङ गर्नु हीनताबोध हुनुपर्ने हो; त्यो पनि जनताले तिरस्कृत गरेकाहरूलाई । शिविरमा भएका जनसेना अहिले हतियाररहित छ; कोही किन डराउनुपर्यो आफ्नै देशको एउटा सेनासँग, जसले देश र जनताका पक्ष हिजो क्रान्ति गरेको थियो । आज उनीहरूकै कारण गणतन्त्रको बिऊ रोपिएको छ । अबको नेपालमा लोकतन्त्र बलियो हुने आधार भनेको गणतन्त्रलाई पूर्णरूप दिनु नै हो । कहिले हिएको राजसंस्थाको बखान गर्ने त कहिले उही 'प्रजा'तन्त्रको दुहाइ दिनुको कुनै तुक छैन ।

कोही १०० प्रतिशत खराब हुँदैनन् । हाम्रै धर्मग्रन्थहरूले पनि खराब चरित्रहरू महान् भएका उदाहरण छन् । त्यसैगरी सबै असल १०० प्रतिशत हुँदैनन्; कमिकमजोरी हुन्छन् । त्यसैले अहिलेको अवस्था भनेको सहमती नै हो । तर १५ वर्ष अघिको अवस्थामा फर्किने सहमती तिनै टपरटुइँयाबाहेक कसैलाई पनि स्वीकार हुने कुरा होइन ।

ठरकि दादा said...

जनमतकै हिसाबले पनि माओवादीले सरकारको नेतृत्व गर्न पाउनु पर्ने हो । तर आफ्नै हठ र दम्भका कारण सत्ताबाट बाहिरीन पुगेको दलसँग सहकार्य गर्न अन्य दलहरु झस्केका देखिन्छन् ।

अधिकार र दायित्व सँगै आउने कुरा, एक पटक यो अधिकार प्राप्त गरिसकेर पनि दायित्व निर्बाह गर्न नसकेका माओवादी नेतृत्वतहले पक्कै राम्ररी बुझेका होलान जस्तो लाग्छ मलाई ।

मेरो पनि शुभकामना छ माओवादीलाई:
नागरिक पार्टी बन र सरकारको नेतृत्व गर ।

sanu jange said...

maobadi haru le sabai bhanda pahile chepare para chodnu paryo , garib guruwa ko neta kunai karodpati samantaharu hunai sakdainan ra mao badi neta haru naba samanta haru hun ... samaya ma sudhriyanan bhane yini haru ko aantya pani polpot ya litte haru kai saili ma hunecha.janatale ajhai kati dar trash daman sahanu parne ho thaha chaina tara jaba janata feri sadak ma utrinchan ani yi nara pichas haru lai tauko lukaune thau pani pauna garo hune cha , taba samma moz gara ...

Anonymous said...

पुष्पभाइ,

माओवादी जुन राजनीतिक विचार र व्यवहारमा चलेको छ , यो उन्मादी तानाशाहि निरंकूसताको बाटो हो । यो सभ्य राजनीति हैन।

माओवादी मूलत: दरबारको मलजल र भारतको खेतमा हुर्केको बनमारा झार भएका हुनाले, यसले गणतन्त्र ल्याएको हैन । दरबार हत्याकाण्ड र पछि गएर भारतको साथ नपाउनाले नेपालमा गणतन्त्र आएको हो । अनि माओवादीलाई अहिलेको राजनैतिक हैसियतमा ल्याइपुर्याएको पनि भारतले नै हो ।

माओवादीले चाहेको जस्तो उत्तर कोरियन प्रणालीको राजनैतिक व्यवस्था भन्दा त हिजोको पञ्चायत पनि १० गूणा राम्रो व्यवस्था हो । कांग्रेस वा एमालेले चाहेको राजनैतिक व्यवस्थाले माओवादलाई निषेध गर्दैन तर माओवादले आप्नै भित्रका बाबुराम लबीलाई पनि निषेध गरेर प्रतिबन्धित गर्न सक्छ । त्यसैले यस्तो राजनैतिक विचारले देशलाई 'एनिमल फार्म' बनाउँछ भन्छन् विद्वानहरू ।

माओवादी सेना भन्नुस किनभने यो कहिल्यै जनसेना थिएन र हैन । कुनै कसाहीलाई 'भगवान बुद्ध' नाम राखेर उ बुद्ध हुँदैन । जनसेना हुन सबै जनताको भलो गर्ने सच्चा विचार र व्यवहार बोकेको गैरराजनैतिक चरित्र हुनुपर्छ । तर यो माओसेनाले हिजोदेखि आजसम्म माओवादी बाहेकका विचारमा आश्रितहरूको कत्लेआम गरेर रगतमा हात चोबलेको छ । यसलाई अरबौँको राज्य ढुकुटीले पाल्नु पर्ने हो भने , मुलुक भित्रका सबै डाँका , लूटेरा र अपहरणकर्ताहरूलाइ पनि पालेर जनसेना बनाउँदा भैहाल्छ ।

शान्ति प्रकृयाको मुख्य बूँदा हिंसाको परित्यागको घोषणा, हिजो माओवादी र सरकारी पक्षबाट भएका ज्यादति सबैको निर्क्योल हुनु हो । हिंसा त्याग नगर्ने , हिंसक जत्थाको दादागिरीमा देशलाई बन्धक राख्ने माओवादी नीति र नियत रहेसम्म , माओवादीलाई सरकार त के समविधानसभामा रहेन पनि अधिकार नहुनु पर्ने हो । जो हिंसाको ठेकेदारी गर्छ, त्यसबाट राज्य संचालन सुहाउने विषय हैन ।

माओवादीको सेना र तियार जायज हो भने अरु सबै हतियार र हिंसा जायज मनिन सक्छन् । त्यसैले पनि यिनलाई निरस्त पारेर मात्र बाँकि रहेका विषयमा प्रवेश गर्न सकिन्छ ।

जहाँसम्म हरूवाको कुरा छ , १२-१५ वर्ष अघिको हरूवा रूञ्चे पार्टी हो माओवादी पनि । अहिले उसले ल्याएको बहुमत हिंसा र आतंकको छायाँमा ल्याएको हैन भन्ने प्रमाणित गरेर देखाउन चुनौति स्विकार्न सकिन्छ भने , तपाईँको माओवादीलाई सरकारि दानापानीमा माओवादीको त्रास राजनीतिका पुलिस बनेका छापामार र वाइसिएल रहित भएर चुनाब सामना गर्न अह्राउनुस् त । माओवादी हिंस्रक जत्था र आतंकको आगो सकिँदाका दिनमा , एमालेका केटाहरूले माओवादीलाई लघारेर डाँडा कटाएको देक्नु हुनेछ । माओवादी जनमत हैन
बन्दुकमतमा विस्वास गर्छ, त्यही हो नागरिक पार्टी बन्नमा वाधक ।

अनिरुद्ध

पुष्प said...

अनिरुद्ध दाइ,

भ्रष्टाचार, निरंकुशता अनि राष्ट्रघात सभ्यता हो भने चाहिँदैन त्यस्तो 'सभ्यता' ।

एउटाले गरेको भनेको भए ल पत्याउनु भन्ने, तर दरबार र भारतले मलजल गरेको रे ! दरबार म्यूजियममा र माओवादी भारतको पक्का विरोध भएको अवस्थामा यस्ता कुतर्कको जवाफ दिनुको कुनै तुक देख्दिन । फेर यसलाई पनि कुनै चालको संज्ञाचाहिँ नदिनुस् है !

माओवादीले उत्तर कोरियाकै जस्तो राजनीतिक व्यवस्था चाहेको कुरा कसरी थाहा पाउनुभो ? पञ्चायतको मुर्दाशान्तिलाई राम्रो मान्नुहुन्छ भने मेरो भन्नु केही छैन । माओवादीले कुनै दलविशेषलाई निषेध गरेको जस्तो लाग्दैन; हो केही कुलंगारहरूलाई निषेध गर्नैपर्छ; जुन तपाईं-हामी सबैको चाहना हो, जनचाहना हो; संविधान सभाको चुनावमार्फत् गरेको पनि हो । ज्यान हातमा लिएर क्रान्ति गर्नेहरू र डाँका-लुटेरालाई एउटै दृष्टिले हेर्नेहरूलाई खै के भन्नु !

शान्तिप्रक्रियालाई गलत अर्थ लगाएर क्रान्ति र जनयुद्ध असफल वा अनुपयुक्त भएको मनोरोग फाल्नुस् । क्रान्ति त अझै पनि जारी नै जस्तो लाग्छ । अझ जनयुद्ध त ‘काष्टिङ’मात्र हो भन्ने मेरो व्यक्तिगत ठम्याइ हो । हुन त क्रान्ति भन्नेबित्तिकै बन्दुक देख्नेहरूलाई क्रान्तिको कुरा गर्नु व्यर्थै हो ।

शान्तिप्रक्रियाअनुरुप माओवादी जनसेनालाई समायोजन र पुनर्स्थापन गर्ने कार्य एउटा प्रक्रिया हो, जुन अझै जारी नै छ । आजको भोलिनै जनसेनाको नामोनिशान मेटाउन उद्यत र जनसेनाका बारेमा अनेकथरि बक्नेहरूका कारण यो प्रक्रिया यति छिट्टै समाप्त हुँदैन र हुनुहुन्न ।

माओवादी सानो दल थियो होला तर जनताले तिरस्कृत गरेको दल थिएन । तिरस्कार त सत्ताको स्वाद चाख्नेहरूबाट भएका हुन्; जसका कारण क्रान्तिको ज्वाला भड्कियो । अनमिनको र सरकारी निगरानीमा जनसेना शिविरमा रहेका बेला, संसारभरका पर्यवेक्षकको भीडका बीच भएको चुनावमाथि प्रश्न उठाउनेहरूको रुञ्चे कुराको जवाफ दिइरहनुपर्छ जस्तो लाग्दैन । र महत्वपूर्ण कुरा जनसेना अनि वाईसीएल राष्ट्रिय अस्मितासँग सम्बन्धित विषय पनि हुन्, त्यसैले यसलाई माओवादीको जीतहारसँग तुलना नगर्दा नै हुन्छ । माओवादीइतरका भातृसंगठनहरूको चर्तिकला हामीले पनि देखेका छौं, त्यसैले वाईसीएलको ‘बखान’ नगर्दा नै हुन्छ । माओले यसैकारण भनेका हुन्, बन्दुकबाट छुट्टी पाउन बन्दुक नै समाउन जरुरी छ ।

Anonymous said...

नामले यो ब्लग धेरै नै आत्मिय र सदभावयुक्त देखिन्छ। जो कोहिको ध्यान तान्ने देखिन्छ। त्यसइ भएर मो पनि यो ब्लग पढ्नु यसो भित्र छिरेको तर नाम मात्रको दौतरी पाए। यती विद्धत व्यक्तिहरुको टिम लाग्नुभाको रहेछ। तर केका लागि। भित्री कुरा त एकदम नै असहिष्णु पो रहेछ। तपाईंहरु केकालागी ब्लग लेख्नु हुन्छ? मोलाई त शंका पो लाग्यो कतै यो कसैद्धारा पालित परिक्षालित समुह त होइन? तपाईं सही विचार समाचार संप्रेषन गर्नु न। हुन त विचार व्यक्त गर्ने अधिकार सुर्क्षित छ तपाईं सँग। तेसो भन्दैमा अती त बोल्नु भएन नि। यसले त पाठकलाई कती वित्रिष्ना जगाउछ सोच्नुस् त। सक्नुहुन्छ भने mysansar ले जस्तो गरेर देखौनुस् न। कती लोकप्रिया छ पाठक माझ। यो विचारअसँग मेरो त्यस्तो धेरै असहमती जनाको होइन। तर प्रष्ट चाँही के देखिन्छ भने तपाईंहरु माओवादिको खेदो खन्ने जमात चाँही अवश्य हो। तर विना आधार विना तुक गरिने वकवासले कसै रौँसम्मा भाँच्नु सकिन्न। डा. भक्तमान अपहरण काण्डमा यहाँहरुको कलम कसरी चल्यो। तेसमा पनि मोइले प्रतिकृया(विरोध) गरेको थिए। तर अहिले आएर के भयो त्यो त पक्कै भनिरहनु नपरला। एउटा प्रश्न लेखक ज्यु, जनताले चुनेर पठाको पार्टी नागरिक पार्टी होइन भन्ने चै कसरी नि? के ति जनसेना चाँही जनताका छोरा छोरी होइनन र? विडम्बना छ। वाइसियल आतङ्क होइन अहिले युथ फोर्स आतङ्क, तरुणदल आतङ्कलाई चै किन नजर अन्दाज गर्नु हुन्छ तपाईं? किन हिम्मत गर्नु हुन्न तेस्को ज्यादातीको विरोध गर्नु। शायद मोइले धेरै लेखे कि। तपाईं र तपाईं जस्ताइ वर्गलाई लक्षित गरी सन्चालन गर्नुभको पनि हुनसक्छ यो ब्लग। नामले लोभिएर हेरियो हियर पछी लेख्न मन लाग्यो किन कि म एक स्वतन्त्र र स्वाभिमान नेपाली नाग्रिक हुँ। कसैलाई लान्छाना लको हेरेर बस्न सक्दिन। धन्यवाद।

Anonymous said...

नामले यो ब्लग धेरै नै आत्मिय र सदभावयुक्त देखिन्छ। जो कोहिको ध्यान तान्ने देखिन्छ। त्यसइ भएर मो पनि यो ब्लग पढ्नु यसो भित्र छिरेको तर नाम मात्रको दौतरी पाए। यती विद्धत व्यक्तिहरुको टिम लाग्नुभाको रहेछ। तर केका लागि। भित्री कुरा त एकदम नै असहिष्णु पो रहेछ। तपाईंहरु केकालागी ब्लग लेख्नु हुन्छ? मोलाई त शंका पो लाग्यो कतै यो कसैद्धारा पालित परिक्षालित समुह त होइन? तपाईं सही विचार समाचार संप्रेषन गर्नु न। हुन त विचार व्यक्त गर्ने अधिकार सुर्क्षित छ तपाईं सँग। तेसो भन्दैमा अती त बोल्नु भएन नि। यसले त पाठकलाई कती वित्रिष्ना जगाउछ सोच्नुस् त। सक्नुहुन्छ भने mysansar ले जस्तो गरेर देखौनुस् न। कती लोकप्रिया छ पाठक माझ। यो विचारअसँग मेरो त्यस्तो धेरै असहमती जनाको होइन। तर प्रष्ट चाँही के देखिन्छ भने तपाईंहरु माओवादिको खेदो खन्ने जमात चाँही अवश्य हो। तर विना आधार विना तुक गरिने वकवासले कसै रौँसम्मा भाँच्नु सकिन्न। डा. भक्तमान अपहरण काण्डमा यहाँहरुको कलम कसरी चल्यो।नागरिक दैनिक्सँग होमा हो थपेर आधारहिन भ्रम फैलाउने काम भयो। जसरी आज ती अपराधीहरु सजायको कथाघरामा छन त्यसरी नै समाजमा भ्रम र अराजकता फैलाउन कलम चलाऊनेले पनि सजाय पाउनुपर्छ। तेसमा पनि मोइले प्रतिकृया(विरोध) गरेको थिए। तर अहिले आएर के भयो त्यो त पक्कै भनिरहनु नपरला। एउटा प्रश्न लेखक ज्यु, जनताले चुनेर पठाको पार्टी नागरिक पार्टी होइन भन्ने चै कसरी नि? के ति जनसेना चाँही जनताका छोरा छोरी होइनन र? विडम्बना छ। वाइसियल आतङ्क होइन अहिले युथ फोर्स आतङ्क, तरुणदल आतङ्कलाई चै किन नजर अन्दाज गर्नु हुन्छ तपाईं? किन हिम्मत गर्नु हुन्न तेस्को ज्यादातीको विरोध गर्नु।सही विचारअको सधैं कदर भइाएकोछ हुनेछ। यस्ता कलङ्क विचारअहरु केही समय चर्चामा रहलान तर ईतिहासले तेस्ताको नामोनिशाना मेटाइदिनेछ। शायद मोइले धेरै लेखे कि। तपाईं र तपाईं जस्ताइ वर्गलाई लक्षित गरी सन्चालन गर्नुभको पनि हुनसक्छ यो ब्लग। नामले लोभिएर हेरियो हियर पछी लेख्न मन लाग्यो किन कि म एक स्वतन्त्र र स्वाभिमान नेपाली नाग्रिक हुँ। कसैलाई लान्छाना लको हेरेर बस्न सक्दिन। धन्यवाद।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !