June 29, 2010

नेपाली माटोका कविता

:-नरेन्द्र रौले

शहरमा त घाम पनि किनेर ताप्नुपर्छ
बाटो पनि साघुरिएर हिंड्नुपर्छ
खुसिमा पनि मान्छे चिनेर हास्नुपर्छ
हाम्रो गाउ ठाउमा जस्तो
छहारीमा घा“सको पुला बिसाएर
बैगुनि मायाको सताइरहने नाउमा
एक मुरली दुखेसो पोख्न पाइन्न

शहरमा चुलिदै गएको महंगी, बढ्दै गएको कृतिमता, हराउदै गएको मानवियता र बन्धुत्वको भाबनाले निकै पिरोलिएका छन् कवि सुरेश हाचेकाली । आफु जन्मि, हुर्केको गाउ, किशोराबस्थामा साथीभाइ सग रमाइलो गरेका क्षण, बयेली खेल्ने गहुबारी, पाखाभरी राताम्य बनेका लालीगुरास, धुपी र सल्लाघारीमा डुल्ने डाफे यतिबेला झझल्को मा आइरहन्छन् । लामो समय शहरमा बस्दा मीठो अतितले एक पल्ट
झस्काएको छ कविलाइ । यिनै विषयवस्तुहरु लाइ जिवन्त रुपमा उतारेका छन्, आफ्नो कविता संग्रह सिमान्त आमाहरु मा कवि सुरेशले ।

काफल पाकेको निम्तो बाड्दै
गाउले छानाहरुमा
उन्मुक्त चरी निर्बिघ्न
उडिरहेकि बेला
जावलाखेलका पिंजरामा
धुइपत्तँल काफलचरी खोजिरहेका हुन्छौं ।

सुरेशका कविताहरु पढ्दा हरेकलाइ आफ्नै गाउघर र परिबेशको झझल्को दिलाउछ । मकैबारी, धानबारी, तोरीबारी, धुपीसल्ला, अग्ला अग्ला पहाड, खोलानाला सुसाएको दृश्यहरु आखाभरी फिंजिन्छन् । यिं कविताहरुमा डुब्दा सुदूर अतितको मीठो सम्झना गराउछन् । सामान्य जीवन बिताइरहेका मानिसहरु छन् यिं कवितामा । पहाडी पाखामा पसिना बगाएर जीवन गुजार्ने भरिया, दुखिया हुन् या गोठाला जाने साहिली, माइली, रोदि बस्ने साहिला , साहिली हुन् या एक्लो जीवन बाचिरहेका बिधुवाका तिं सबैका कथा अटाएका छन् यस कविता संग्रहमा ।

जूनको चादनी
र घामको पहार पर्खंदै
मनकारी आमाहरुले
आफ्ना सिमान्त शरीरबाट
सन्तानका दुधे ओठमा
कति महासागर दूध पिलाउनुभयो होला ?

सुरेशका कवितामा पुरुष भन्दा नारी पात्रहरु बढी प्रखर र शसक्त रुपमा उत्रिएका छन् । हामीलाइ जन्म दिने, मातृत्व प्रदान गर्ने, दुध पिलाउने आमा देखि तरुनीहरुका बिबिध रुपहरु कवितामा देखा परेका छन् । संग्रह मध्ये सबैभन्दा बलियो कविता सिमान्त आमाहरु हो । जसमा राज्य पक्षबाट उपेक्षित बनाइएका सृष्टिका सम्बाहक, दया र मायाका खानी आमाहरुको पीडा छ यसमा । हिमाल, पहाड र तराइमा बस्ने सबै बर्ग, जाती र धर्म अंगालेका आमाहरुको पीडा मर्मस्पर्शी ढंगले ओकलेका छन् कविले । नारी समानता पक्षमा राजधानीमा बसेर कडा आवाज उठाउने नारी देखि आवाजबिहीन असंख्य आमाहरुको चित्रण गरिएको छ ।

कोरा भावना मात्र बोल्दैनन् सुरेशका कविताहरु । त्यस भित्र दर्शन र चेतना पनि मिसाइएको छ । राजनितीक, भौगोलिक, धार्मिक र इतिहासको पनि उनमा प्रशस्त अध्ययन छ भन्ने कुराको उनका कविता पढेपछि थाह हुन्छ । क्युपिडका बाणहरु, तेस्रो सहस्राब्दी, अन्तरमहादेशीय प्रेम, बीरङ्गना इभ शिर्षकहरु त्यसका केही नमुनाहरु हुन् । कविता मार्फत विश्वन्धुत्व, शान्ति, प्रेम र सद्भाबको सन्देश छरिरहेका कवि त्यति नै हत्या, आतंक र अपराधको बिरोधमा उत्रिएका छन् । बेचिन बाध्य बनाइएका चेली, लाचार धर्मग्रन्थ, गरिबी, अशिक्षा, आशा, निरासा, कतै आक्रोसको संयोजन छ यिनमा । मीठो भाषा, सुन्दर लेखनशैली, मन छुने प्रस्तुती र समसामयिक विषय समेटिएका छन् । जम्मा ९८ पृष्ठको यो पुस्तकको मूल्य ब्यक्तिगत सय र संस्थागत दुइ सय राखिएको छ भने प्रकाशन रावासावा प्राज्ञिक समाज नेपालले ।



3 Comments:

Dinesh Chandra Panthy said...

रमाईलो कबिता संग्रह छ जस्तो छ रौले जी।

Nepalean said...

शहरमा त घाम पनि किनेर ताप्नुपर्छ.
Sahar yestai chha tara pani manche saharmai oyerahanchan, khai kina ho?

sanu jange said...

kabita khub man paryo kabi lai badhai cha , byanga pani nikai ghat lagdo cha... keep it up

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !