मनोज "अज्ञानी"
-भरतपुर -११, चितवन
२०६७ जेठ १३ गते
नेपालीलाई भईसक्यो विदेश गई कमाइन्छ ।
खै के थाहाँ उसलाई यहा सारा गुमाइन्छ ।।
परदेशमा आई गर्न् पर्छ धुपमा काम ।
मिहीनेत र परिश्रमको छैन यहाँ दाम ।।
आफ्नो घरमा सानोकाम गर्न भयो गाह्रो ।
परदेशमा तातो वालुवा हुन लाग्यो प्यारो ।।
तेहीकाम आफ्नो देशमा गरे कती हुन्थ्यो ।
साथी परदेश गाको देख्दा मेरोमन रुन्थ्यो ।।
देखिन्थो अरु साथी पैसा कमाई आको ।
गाठ्ठी कुरा आजबल्ल मैले थाहा पाको ।।
छैन त्याहा बाजेले कमाई राखेको धन
कतिरोला हामी जस्ता परदेशिको मन ।।
May 31, 2010
Subscribe to:
Post Comments (Atom)
4 Comments:
आफ्नो घरमा सानोकाम गर्न भयो गाह्रो ।
परदेशमा तातो वालुवा हुन लाग्यो प्यारो ।।
Sarai man pareko line. nepal ma sano kam garna pani laaj huncha. maan pardaina. bideshma j pani garincha.
परदेशको पिडा जांहा भए पनि उस्तै हुन्छ। सजिलो तरिकाले बिदेशमा हुने दू:खलाई
ब्याख्या गर्नुभएकोमा सारै उत्तम लाग्यो।
यस्तै एउटा ब्यथा अमेरिकाबाट नेपाल जांदा कत्तार एयरपोर्टमा सुन्ने मौका मिलेको थियो।
Gharama basda bidas jam jam hun6 tara k garne bidasma yasty hun6 jun yo kabita bata pasta hun6 thnks yo kabita lekhenelai.
Damodar ji le sarai ramro kura garnu bhayo. Ghar ma carom board khelera k garne bhanera bidesh ayo bidesh ko dhukka kati ho kati. kabita pani ramro lagyo.
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !