..."मिराज" को बिस्कुन सुकाएर बसेको मरूभूमिलाई
एक अन्जुली पानी अपच भैरहेकोक बेला-
ओयसिसको सम्भावनाले भिजेर निथ्रुक्क
समुद्रको गीत गाइदिएछु
नदेखेर समयको एक्सरे
दुर्घटनाग्रस्त अस्तित्व दुखिरहेछ कुबेला
सारेगमको सप्तक फोरेर टाढा-टाढा भागिरहेछन पीडा-स्वरहरु
नियतिको परमाणु-भ्याकुमभीत्र स्वतनत्र बिचरित
दुखको न्युक्लिएस वरिपरी आ-आफ्नै कक्षमा भौंतारिरहेका-
मरुभूमिपानी
म
र मेरा स्वरहरुलाई
यो संसारको स्वागत-गेटहरुमा
एक थुंगा झरिलो गुलाव
मृग-त्रिष्णा नबनोस्
पात्र बन्न नपरोस्
अवतार-लीलाका आगामी दृष्यहरुमा
खेल्दै आत्म-अस्वीकृत भमिका
सुखान्त नाटक "द ग्यांग अब गड्स" कोजहां सृष्टि
सत्यको अग्नि-युद्दमा होमिएर
उदगम्-विन्दुमा फर्कन्छ
भगवानको हलुगों लास बोकेर...
8 Comments:
राम्रो कविता , मधुमाधुर्यजी ।
मधु जी तपाइको कबिता रमाइलो लाग्यो । मलाई त शरूभक्तको पो याद आयो। उनका कबिता मा पनि ग्यांस च्याम्बर,अणू,परमाणू आदीले भरिएका हुन्छन।
माथीको फोटो तपाइको प्रकासित किताबको कभर हो? राम्रो लाग्यो।
Amulya samaya kharch gari comment gari dunu bhayekoma Krishna jee ra Nepalean jee lai saadhubad ! cover-photo final bhai sakeko chhaina. Teso bhaye, aauda dinharumaa abashya pani Sharubhakt jyu ko kavita pani adhyayan garne nai chhu. Thanks again !
-MADHU, MOSCOW
मैले मधु माधुर्यको नाम देख्दा जहिले पनि मस्कोबाट भन्ने देख्थे, अनि यसमा चाहि दुबई जोडिएकोले अर्कै व्यक्तिको पो हो कि वा बसाई सर्नु भएछ कि भन्ने लागेको थियो ।
जिरो आवरजीले भने जस्तै म पनि दुबई ठेगाना देख्दा एकै छिन त छक्क नै परें।
कबिता बजारमा प्रकाशित हुनुभन्दा पहिले नै पढ्न मौका दिनुभएकोमा मधुजीलाई धन्यबाद।
मित्र द्वय Zero Hour jee & Nepalean jee ,
दुबई भ्रमणको बेला त्यहाका केहि साहित्यप्रेमी साथीहरुले नयाँ खालको कविता लेख्न प्रेरित गर्नु भएको थियो |
त्यो बालुवा बढी देखिने मरुभूमिमा नेपाली गज़ल हलक्क सप्रेको देखियो |
तेसैको प्रभावले हो कि मलाई हिजो आज कजल ( कविताजल) पनि लेख्न मन लागेको छ , हेरौं कस्तो होला !
क्वान्टम कविता दुबई बस्दा लेखिएकोले स्थान उल्लेखमा अन्याय नगर्न खोजेको मात्र हुँ - क्रुर घाम झुल्कने त्यो देशमा हत्पत्त बसाई सर्न नपरोस कसैलाई पनि !
वास्तविक नाम थाह नहुँदा कमेन्ट गर्ने साथीहरु लाइ फेरी पनि Zero Hour jee and Nepalean भनेर साधुवाद दिन चाहन्छु |
- मधु माधुर्य , मस्को
आजकाल नेपाल देखी मरुभूमीसम्म नेपाली गजल हलक्क बढेको छ।यो मैले पनि महशुस गरेको छु। कहिले कांही गध्धे कबिता भन्दा त यिनै गजल मिठा हुन कि जस्तो लाग्छ। जब भावले शसक्त कबिता पढ्छु अनि लाग्छ,हैन गध्धे कबितामा पनि दम छ। तर गजलको माहोल देखेर २-४ गजल त कोरु कोरु लाग्छ। समयले साथ दिए गजल नभए पनि मधूजीले भने जस्तो कजल या कबिताजल भए पनि पक्का १-२ वटा त लेख्ने लेख्ने।
मधू जी हामी दौंतरीमा यस्तै नाममा परिचित छौं। मलाई नेपालियन नै भने हुन्छ। हाम्रो जिरो आवरजीले भने नया नाम न्वारन गर्नु भएको हो। उहांको पूरानो नाम चाही पाण्डा हो । मलाई त पूरानो नाम मै मन पर्छ। जिरो आवर तिर लागे पछी त चिया छोडेर कफी तिर लाग्नुभो क्यार त्यसैले टि-टाइम नै हरायो कसो ;)
this is under which language?
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !