सारंगीको धुन भै बजिरहने यो मन भित्र
मिर्मिरेको चिर्बिर झै झन्कार दिने तनभित्र
गुन्जी रहने आवाज मिठो पहरामै हरायो कि!
झ्याउकिरीको स्वर पनि चोरु चोरु लाग्छ किन?
पर्खाइ यो निमेषको पुरै युग बनाउ कि त
दोबाटोमा लुकेर आँखा भरी बिछ्याउ कि त
मनभित्रका खुलदुली पोको पारी पछ्यौरीमा
छटपटीका मीठापल रोजु रोजु लाग्छ किन?
तरंगमा झुम्दै बसे झनै झुमिरहु लाग्ने
भावनाको रंग कस्तो अझै रंगु जस्तो लाग्ने
रहर साँच्ने अधर, तृषित् ति नयन भित्र
रमाउदै जुनीभरी लुकु लुकु लाग्छ किन ?
1 Comments:
हाम्रो आश्माजीलाइ सारै जिबन प्रती कौतुहलता जागेछ,त्यसैले निकै राम्रो कबिता/गजल लिएर आउनु भएछ।
मान्छेले जे जती आबिस्कार गरेका छन ति सबै कौतहलताकै कारणले हो। आश्मा दिदी केही आबिस्कार त गर्न लाउनु भएको छैन?
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !