March 4, 2010

मेरी प्यारी वाग्मती



अहो ! आज एकाबिहानै
तिम्रो अट्टहास देख्दा,
तिम्रो अस्वभाविक उन्मुक्तता देख्दा,
फोहोर र दुर्गन्धित नै भएपनि तिम्रो पुष्ट वदन देख्दा,
पारि क्षितिजको रक्ताम्मे लालिकिरण सँगै
सकिनसकि तिमी नवयौवना हुन खोजेको देख्दा
तिमी प्रतिको मेरो पुरानो सम्बन्ध
कता कता आज टुसाउन लागेको भान भईरहेछ



तिम्रो मेरो सम्बन्ध टुटाउन
ति भुस्याहाहरुले के मात्रै गरेनन्
तिम्रो अधरमा गन्हाउने थुप्राहरु राखे,
तिम्रो वदनमा अनेक प्रेमलिलाहरु रचि उफ्रिए,
तिम्रो भावभङ्गीलाई रोक्न अनेक संगीनहरु उठाए,
तिमीलाई बलात्कार गरि समाजमा तिम्रो छवि
फोहोरी,
छाडा,
गन्हाउने,
ब्यभिचारिणी
आदि इत्यादि उपमा सहितको बनाए
तिमीलाई तिम्रो मुहार देखाउन लाजमर्दो बनाए



तर
विशाल हृदयकी तिमी
समाजबाट विक्षिप्त हुन खोज्दा पनि सकेकी छैनौ
अनेक नराम्रा उपमाहरु लिएर पनि
सुध्रने चाहनामा छौ
सायद,
तिमीलाई तिम्रो त्यो पुरानो यौवनको याद आए जस्तो छ



आखिर,
म पनि त त्येसैमा लठ्ठिएको थिएँ
तिम्रो मन्द मुस्कान,
तिम्रो शान्त स्वभाव,
तिम्रो चौडा वक्षस्थल,
तिम्रो विशाल उदारता,
तिम्रो मनोहर आकृति,
तिमी वरिपरि झुल्ने
पुष्पवाटिकाहरु,
वासन्ती बगैचाहरु
तिमीसँगै लहडिने मौसमी लताहरु,
तिमीलाई साथ दिने गुलावी असारे फुलहरु,
तिम्रो छातिमा सुगन्ध भर्ने श्वेत कमलहरु
मेरो लागी पनि त औधि आकर्षणका विषयहरु नै थिए



यो मेरो पर्खाई
आज तिम्रो वर्षे अट्टहास सँगै
आनन्दित भईरहेको छ
आखिर
यो दुनियाँको लागी तिमी
ढलमति,
मलमति,
भलमति,
रोगमति,
भोगमति,
शोकमति,
हिनमति,
घिनमति
जे भएपनि
मेरो लागी
तिमी
मेरी प्यारी वाग्मती ।।
-दिनेश चन्द्र पन्थी “दीप”

6 Comments:

आश्मा said...

it is nice poem ...very touching words

Anonymous said...

nice. keep up tuch.
aba

Anonymous said...

Nice peom. I like it.
Dirty Bagmati and love!

Nepalean said...

आश्माजी साहित्य भने पछि जताबाट पनि आइहाल्नुहुन्छ। लौ नमस्ते टक्राएं है दिदीलाइ।

हो दिनेश जी तपाइकि पूर्ब प्रेमिका अहिल ढलमती,रोगमती,भलमती,सबै मती भएकी छन। तपाइ हामीले नै उनलाइ कुमती तिर डोर्हाएका हौं। एक पटक अमेरिकाको बर्मिंहाममा पूगेको थिए। त्यांहा मैले काम गर्ने कम्पनीको प्लान्ट थियो। प्लानटकै ठ्याक्के पछाडी एउटा बागमती आकारकै खोलो थियो। कस्तो रहेछ अमिरिकन बागमती भनेर म खोलाको तिरमा गाएं। पानी त गज्जब सफा रहेछ। काठमान्डौ भन्दा ठुलो सहरबाट बग्ने खोला त्यस्तो सफा,हाम्रो बागमतीलाइ सफा गर्ने कुनै उपाए छैन कि क्या हो?

MANU said...

Nice popem Mr. Dinesh. I hope your love will never die. And your bagmati will be pure forever.

Dinesh Chandra Panthy said...

सबै साथीहरलाई धन्यवाद कविता को कमेन्ट गर्नुभएको मा। वाग्मतीको आर्तनाद सुन्न नसकेर लेखेको यो कविता ।
नेपालियन जी वाग्मती सभ्यता निकै पुरानो छ तर अब तपाईले भने जस्तो सफाको त कल्पनै गर्न नसकिने भईसक्यो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !