February 8, 2010

गजल

प्रणय दिबसलाई सम्झिदै यो एउटा गजल
टाँसे है मैले, सदा झै यहाँहरुको सुझाबको
आशामा छु ।


मुसुक्क हाँसी सोध्यौ हजुर बिचार के छ
घाइते भए,हाँसो तिम्रो अचुक तिर रे छ

मनको मझेरी टेके पछी तेरो मेरो के
तन मन धन सबै तिम्रो,म सँग जे छ

शिर देखी पाउ सम्म हेर्छु,खोट न चोट
लाग्छ दैबले ,चाइने भन्दा बढी नै दे छ

अली पर पुगेथे, केही हराए झै लाग्यो
छामे मुटु,तिम्रै मुटुले ढुकढुकी ले छ

हर्षले झुम्छु,संसार भुल्छु अचेल किन
शायद तिम्रो ओठ,हाँसोको बोट भे छ

4 Comments:

ठरकि दादा said...

सबै शेर दामी भएपनि यो शेर भने वाह ! वाह!! गर्नै पर्ने छ ।

शिर देखी पाउ सम्म हेर्छु,खोट न चोट
लाग्छ दैबले ,चाइने भन्दा बढी नै दे छ ।


मिठो गजल ।

प्रबिण थापा said...

nice one! Happy valentine to all frens!

Aayush said...

gajabko mitho 6...

Nepalean said...

सबैलाइ प्रणय दिवसको शुभकामना। वाकाजी को जस्तै सबै हर्षले झुम्नुहोला अनि हांसोको बोटमा रमाउनुहोला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !