नस-नातो भन्ने कुरा बलियो जोर्नीतिरै जोल्टिएको राम्रो । तब पो समग्र कुरामा निरोग प्राप्त हुन्छ । यस्तै गूढ पक्ष हाम्रो सामाजिक सम्बन्धमा पनि रहेको छ । उस्तै परे 'सिन्की अचार मुलाको, नातागोता ठूलाको' भनेर एकोहोरिने बेला आइसकेको छ । गोरु बेचेको साइनोसमेत खनीखोस्री गरी भजाएर आफ्नो मझेरी सम्याउन नछोडिने आजको जमानामा कसैको नातेदार हुन पाउनुजस्तो अहोभाग्य अरु के होला ?
आफू कसैको नातेदार हुनु र त्यो पनि लरतरो पाराको, यो त पटक्कै सुहाउने कुरा होइन । सोझै भन्दा घाटाको कारोबार । नाता-सम्बन्धमै फलिफापको कारोबार भएन भने त जिन्दगीको हिसाबै गोलमाल हुन्छ । नातेदार हुनु त ठूला मान्छेको । रगतकै गाढा नातालाई पनि जोडबलले तानतुन गरी पत्तो लगाएको ठूला मान्छेसँगको नाताले कोसौँ पछाडि छाडिदिन्छ । जुग-जमाना कहाँ पुगिसक्यो, आसेपासे वल्लो र पल्लो घरको पिँढीतिरै 'ए काकी, ए बडाबा' भनेर सीमित हुँदै अलमलिने बेला अब छैन । जति सक्यो, ठूला मान्छेको नातेदार बन्ने अभियानमा जुट्नु छ । यसको लागि टोल र बस्तीको धुरी नाघेर ठूलै छलाङ मार्नु किन नपरोस् ! ठूलो जालमा ठूलै सिकार भन्ने त उखानै छ ।
ठूलो मान्छेको नातेदार भएपछि बारीमा फलेको मुला पनि चाँदीको ठेकीमा स्याउलाको बिर्को भएर देखा पर्छ । भोज र मोजको त छेलोखेलो वर्ष नै हुन्छ । चतुरता झिकेर यता-उता महामानवहरूसँग चोचोमोचो गाँस्न सकिएन भने चाहिँ हेलाहोचो सहेरै जुनी झिरिप्प हुन बेर लाग्दैन । 'बडा घरको बडै चाला' भन्ने देउसी गीतको भाका बाह्रै मास दैनिक जीवनयापनमा नभट्याए त केही पार चल्ने छाँट देखिन्न ।
जब भइन्छ ठूला मान्छेको नातागोता तब मिल्छ इज्जतको लोटा भन्ने भाव राष्ट्रिय स्तरमा सारै जनप्रिय मन्त्र हुनपुगेको छ । नहोस् पनि कसरी, ठूलाहरूको स्याहार र सङ्गतिबिना चुलाचौकाको दस लन्ठाले आहार नपाउने भएपछि निहुरमुन्टी न त बन्नैपर्यो । यसरी नस-नाता र निहुरमुन्टी न मा प्रगाढ परिवार आयोजनको कार्यव्यार रहेछ भन्ने प्रस्टै देखिन्छ । जति कोरी निहुरमुन्टी न को कुल्ली-डन्डा जोत्यो, उति मात्रामा बुरुबुरु नातागोताको उब्जाउ । फेरि अरूखाले खेतीमा बाली रोपेपछि अपेक्षा गरेअनुरूप प्रतिफल ननिस्किने खतरा रहन्छ, नातावादको खेतीमा भने पोल्टो भरिने पक्का ग्यारेन्टी हुन्छ । ती ठूला ख्वामित्ले 'तथास्तु' भने झैँ आशीर्वादको पोको थमाइहाल्छन् । ठूला मान्छेको नातेदार हुनुको यस्तो मज्जा अन्यत्र कहाँ पो पाइएला ?
कहाँ कुन पद खाली छ, त्यसमा जाने कि त्यो भन्दा अलि सानदार कुर्सीमा जाने, ठूला मान्छेको छत्रछायामा रहन थालेपछि छानीरोजी चिट्ठा मिल्छ । मामा ससूराकी बुहारी होस् कि मीत ज्वाइँको साक्खै सालो होस् केही फरक पर्दैन । जति घुमाउरो नाता भयो, उति नै घुम्ने मेचमा जम्ने भाग्यको दैलो खुल्छ । अब चाहिँ प्रगतिशील जोगी आए, नातागोताको टीके खेल नचल्ला भन्नुपर्दैन, कानै चिरेर तिनले पनि नातेदारको बत्तीसकुने यार्लिङ झुन्ड्याएर देखाइहाल्छन् । कविशिरोमणि लेखनाथजीले भने झैँ 'फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?' नातेदार भएपछि पूजा-आजाको प्रसाद खान नपाइने कहाँ छ र ?