नेपालमा पछिल्लो जनगणना वि सं २०५८ मा सम्पन्न भएको थियो । सो जनगनना अनुसार , नेपालमा कूल जनसंख्याको १% भन्दा बढी संख्या भएका मुख्य १८ वटा जातजाति छन् । यी मुख्य १८ वटा जातिहरुको नेपाली जनसंख्यामा ८०% वर्चस्व छ जबकि बाँकि रहेको जनसंख्याको १९% भन्दा केही बढी हिस्सा बाँकि ८६ जातजातिले ओगटेका छन् । नेपालमा १०३ वटा विविध जात र १ वटा जात नखुलेको समूहको बसोवास रहेको छ भन्ने समेत राष्ट्रिय जनगणनाको लेखोटले बताएको छ । यसलाई सजिलोको लागि यसरी हेर्न सक्छौं ।
जात,जनसंख्या, प्रतिशतमा र साक्षारता:
जात | जनसंख्या | कूल जनसंख्यामा % | साक्षरता % |
क्षत्री | ३५९३४९६ | १५.८० | ६० .११ |
बाहुन | २८९६४७७ | १२.७४ | ७४.९० |
मगर | १६२२४२१ | ७.१४ | ५५.९० |
थारु | १५३३८७९ | ६.७५ | ४७.१२ |
तामाङ | १२८२३०४ | ५.६४ | ४५.०४ |
नेवार | १२४५२३२ | ५.४८ | ७१.२२ |
मुसलमान | ९७१०५६ | ४.२७ | ३४.७२ |
कामी | ८९५९५४ | ३.९४ | ४१.२७ |
यादव | ८९५४२३ | ३.९४ | ४०.८३ |
राई | ६३५१५१ | २.७९ | ५८.१९ |
गुरूङ् | ५४३५७१ | २.३९ | ५९.७९ |
दमाई | ३९०३०५ | १.७२ | ४३.५३ |
लिम्बू | ३५९३७९ | १.५८ | ५८.१२ |
ठकूरी | ३३४१२० | १.४७ | ६३.३२ |
सार्की | ३१८९८९ | १.४० | ३८.३३ |
तेली | ३०४५३६ | १.३४ | ५१.४२ |
चमार,हरिजन | २६९६६१ | १.१९ | १९.२४ |
कोइरी | २५१२७४ | १.११ | ४३.८८ |
कूल | ८०.६९% | राष्ट्रिय औषत | ५३.७३% |
अब अर्को तथ्यसंग परिचित होऔँ है त :
२ जिल्लाको कूल जनसंख्याको ४०% भन्दा बढी हिस्सा एउटा मात्र जातिको सघन बसोवास भएका नेपाली जिल्लाहरू जम्मा २८ वटा मात्र छन् र ती मध्ये पश्चिम पहाडका १३ जिल्लामा खस क्षत्रीहरूको वर्चस्व छ भने अरु १५ जिल्लाहरु मात्र नेपालका यस्ता जिल्लाहरू हुन जहाँ ४०% भन्दा बढी एउटा निस्चित जातको बसोवास पाइन्छ । त्यहाँ बसोवास गर्ने तत् तत् जातिहरु र तिनीहरुको विवरण यस प्रकार छ :
१) क्षत्री: (दार्चुला ५९.२),डढेलधुरा ( ५१.३), बैतडी (४८.१) , अछाम(५३.२), डोटी (५२.७) ,बझाङ (६३.९) ,बाजुरा (५५.५), मुगु (४४.३ ), हुम्ला ( ४३.८), डोल्पा (४३.९ ) ,जुम्ला ( ६३.१) ,रुकुम (५८.४) ,सल्यान (५०.२)
२) तामाङ: रसुवा ( ६३.७) , मकवानपुर (४७.३) , सिन्धुपाल्चोक ( ३९.५), नुवाकोट ( ३८.५)
३) मगर: रोल्पा (४३.८ ) , पाल्पा ( ५०.९) , म्याग्दि ( ५०.८)
४) थारू: बर्दिया ( ५२.६), कैलाली ( ४३.७)
५) लिम्बु: ताप्लेजुङ ( ४१.८ ) , पाँचथर ( ४०.३)
६) गुरुङ: मुस्ताङ ( ४५.२) , मनाङ ( ७५.२) ---( जनसंख्याका हिसाबले नेपालका सबैभन्दा साना दुई जिल्लाहरु)।
७) नेवार: भक्तपुर ( ५५.९), ललितपुर (४०.५)
(३) त्यसैगरी निम्न जिल्लाहरूमा निम्न जाति समूहहरू त्यो जिल्लाको सबैभन्दा ठूलो जाति समूहको रुपमा संख्यामा बसोवास गर्छन् :
१) बाहुनहरू निम्न १० जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>> झापा,मोरङ, चितवन,श्याङजा ,कास्की, पर्वत,गुल्मि,रुपन्देही,अर्घाखाँची र कालिकोट
२) क्षत्रीहरु निम्न २१ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>ओखलढुङ्गा,उदयपुर,रामेछाप,दोलखा,रुकुम,सल्यान,सुर्खेत,दैलेख,जाजरकोट,जुम्ला,मुगु,हुम्ला,डोल्पा,बाजुरा,बझाङ,अछाम,
डोटी, कञ्चनपुर,डडेलधुरा,बैतडी, र दार्चुला
३) नेवारहरु निम्न ३ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>काठमाण्डु,ललितपुर र भक्तपुर
४) लिम्बूहरू निम्न ३ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>ताप्लेजुङ,पाँचथर र तेह्रथुम
५) राईहरू निम्न ६ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>इलाम,धनकुटा,संखुवासभा,भोजपुर,सोलोखुम्बु र खोटाङ
६) गुरुङहरू निम्न ४ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>गोर्खा,मनाङ,लमजुङ र मुस्ताङ
७) मगरहरू निम्न ७ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>तनहु,बाग्लुङ,म्याग्दि,पाल्पा नवलपरासी,प्युठान र रोल्पा
८) तामाङहरू निम्न ७ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सिन्धुली,नुवाकोट,रसुवा,धादिङ,मकवानपुर,सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक
९) थारुहरू निम्न ४ जिल्लामा जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सुनसरी, दाङ, बर्दिया,कैलाली
१०) यादवहरू निम्न ५ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>सप्तरी,सिराहा,धनुषा,महोत्तरी र सर्लाही
११) मुसलमानहरू निम्न ५ जिल्लामा सबैभन्दा ठूलो जाति समूह हुन्:
>>रौतहट,बारा,पर्सा,कपिलबस्तु र बाँके