March 11, 2009

ब्लग भित्र ब्लगमा बाबुराम भट्टराइलाइ बतासे प्रश्न

अपडेट: ब्लग भित्र ब्लगमा आउन नसकेको जानकारी बाबुराम भट्टराइको बेवसाइटमा लेखिएको रहेछ। कहिले हो मिती त रैनछ, तर पान्डाजीले पत्ता लगाउनु भएको रहेछ उहांको प्रतीक्रिया। मैले त पान्डाजीले आफै उत्तर बनाउनु भएछ भनेको त सांच्चै रहेछ। बाबुराम भट्टराइको प्रतीक्रिया यस प्रकार छ।

" Dear www.dautari.org

माफ गर्नु होला । समयको अभावको कारणले तपाईको ब्लोगको निम्ति लेख्न नपाउने भए। पछि कोशिश गर्नेछु । "
आशाका गरौं, वाहांले फुर्सत भएमा दौंतरीमा पक्कै आउनुहुनैछ।

दौतरीमा बिभिन्न ब्लगरहरु सहभागी गराएर ब्लग जगत तथा ब्लगर स्वयंको बारेमा जानकारी दिदै आएका छौं। यस स्तम्भलाइ रोचक बनाउन बिभिन्न कोणबाट ब्लग लेख्ने ब्लगरलाइ सकेसम्म सहभागी गराउने प्रयास गरेको छौं। नेपाली राजनितीका सशक्त ब्यक्ती तथा नेपालका बहालवाला मन्त्री पनि ब्लग लेखनमा सक्रिय रुपमा लाग्नुभएको छ। यि ब्लगर हुन अर्थमन्त्री बाबुराम भट्टराइ। ब्लगमा राखेको प्राय: जिज्ञासा उत्तर दिने तथा केही बेब साइटमा यिनका पारखी देखेर वाहांलाइ दौतरीमा ल्याउने जमर्को गरेको हुं। त्यसै अनुरुप दौतरीमा केही दिन पहिले बाबुरामलाइ बतासे प्रश्न भनेर राखेको थिए। केही साथीहरुले त्यो बतासे शव्द निकालेको भए हुन्थ्यो या कहिले आउने हो यो बतासे प्रश्न भनेर क्रमिक रुपमा उत्कुसुकता राख्नुभएको छ।

कती मित्रहरुले याद गर्नुभएको होला कुखुराले बतासे फुल पारे के हुन्छ? थाहा नपाए अनुमान लगाउनुहोला। बतासे फुलमा कुखुरा ओथारो बस्दा बस्दा अन्तिममा फुल खाली रहन्छ यानी बतासे फुलबाट चल्ला निस्कदैन। अब कुराको गम पाउनुभयो होला। बाबुराम भट्टराइको ब्लग र पाठक प्रती उनको चासो देखेर एक महिना पहिला देखी २-३ पटक सम्म प्रश्न राखेको थिए। दौतरीका प्रश्नको उत्तर त परै जाओस हुन्छ या हुदैन भनेर पनि बाबुराम ले जानकारि दिएनन। अनि दिक्क लाग्यो। त्यस पछि लौ त यिनै प्रश्नको खाली उत्तर राखौ अनि पाठकहरु बाटै उनले के उत्तर दिन्थे अनुमान लगाउन भनौ भनेर बतासे प्रश्नको ब्लग राखेको हुं। ल पाठक ब्रिन्द तपाइ नै यि प्रश्नको उत्तर के हुन्थ्यो होला या यि प्रश्न सोध्नै हुदैन्थ्यो भन्नुहोला।
उत्तर प्राप्त नभएका प्रश्नहरु जस्ताको तस्तै राखेको छु।


१) baburambhattarai.com ब्लगलाइ कसरी परिभाषीत गर्नुहुन्छ?

२) गरिब देशको अर्थमन्त्री त्यस्तो चुनौतीपूर्ण पदमा बहाल रंहदा ब्लग खोल्ने बिचार कसरी फुर्‍यो?

३) तपाइ माओबादीको केन्द्रिय नेता, अर्थमन्त्री तथा एक ब्लगर,baburambhattarai.com मा राखिएका सामाग्रीले कुन
कुराको प्रतिनिधित्ब गर्छन?

४) तपाइ त अर्थमन्त्री तपाइको ब्लगमा अंक हैन अक्षर मात्रै रहेछन नि?

५) मन्त्री जस्तो ब्यस्त मान्छे ब्लगमा प्रकाशीत समाग्री तपाइ आफै टाइप तथा पोस्ट गर्नुहुन्छ कि कसैको सहयोग लिनुहुन्छ?

६) बेला बखत ब्लगरहरु सरकार तथा कुनै समुहको निशाना बन्ने गर्छन नेपालमा ब्लगर कत्तीको सुरक्षित देख्नुहुन्छ?

७) तपाइको ब्लगमा त प्रशंसाका प्रतीक्रिया मात्रै रहेछन नि,अमेल खाने प्रतीक्रिया नै आउदैनन कि आएर पनि हटाउनुहुन्छ?

८) ब्लगले दिएको वाक स्वतन्त्रलाइ कसरी हेर्नुभएको छ? संसारका सबै मुलुकमा ब्लगको पहुंच छ जस्तो तपाइलाइ लाग्छ?

९) एक ब्लगरको रुपमा अहिलेको सरकारका ५ वटा राम्रा पक्ष तथा ५ वटा नराम्रा पक्ष भन्नु पर्दा के के भन्नुहुन्छ?

१०) नेपाली ब्लग तथा संचारमा अन्ध भक्त तथा अन्ध बिरोधका सामग्री प्रश्तुत हूदा तपाइलाइ कस्तो महशुस हुन्छ?

११) लुइटेल स्कुल जस्ता बिध्धालय अझ खुल्नु पर्ने जस्तो लाग्छ कि बन्द गरिनु पर्ने जस्तो लाग्छ? तपाइको स्कुले जिबनको

रमाइलो क्षण बताइदिनुहुन्छ कि?

१२) तपाइ त सधै प्रथम हुने ब्यक्ती प्रथम राष्ट्रपती हुन नपाउदा खिन्न लागेन?

१३) जनयुद्दताका संचारको पहुंच कत्तीको थियो?

१४) फुर्सतमा के गर्नुहुन्छ?

१५) तपाइको मन पर्ने ब्लग कुन हो?

१६) तपाइले दौंतरी ब्लग हेर्नुभएको छ? दौंतरी कस्तो लाग्छ र के सुझाब दिनुहुन्छ?

१७) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?



देशको माया

हस्त गौतम मृदुल

बिरानो देशमा बस्दैन प्यारी आउछु फर्केर
दैलोमा उभी बालेर टुकी बस्नु है पर्खेर

अबस्य पनि आउछु फर्कि धैर्यता लिनु है
दूखमा पनि सूख खोज्ने साहास दिनु है

पुगेर के भो आखिर बिदेश दुखको दुखै छ।
यसरी पौरख गर्ने हो भने त्यहीँ पनी सुखैछ

स्वदेश छोडी बिदेश नआऊ दुखमा पर्नलाइ
आफनै पाखा प्रशस्त छनी पौरख गर्नलाइ

सुख सान्ती समृद्धि कमाइ देशैमा बस्ने छु।
नेपाली भै उचाइमा पुग्न कम्मर कस्ने छु।


गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ७

प्रभा आचार्य

समयको क्रम सँगै दिनहरु ब्यतित हुँदै गए । म झन आर्मी हेड्क्वाटरका कर्मचारिहरुको नजिक बन्दै गए । सबैसँग मेरो भेट्घाटको क्रम झन तिब्र बन्दै गयो किनकी मैले साहित्य मार्फत आर्मी रेडयो लाई सहयोग गर्न थालेकि थिएं। यसैले पनि मेरो समिप्ता बड्नु स्वभाविक थियो । त्यहा उसबेला मेरो घनिष्टता हालको मेजर केशब बर्तौला, कर्णल इन्दु खड्का, शिखा मल्ल, कप्तान मोहन थापा, कर्णल इश्वर श्रेष्ठ, प्रताप कार्की,र अन्य धेरैसँग भयो । मानौ म एक दिन ढिला मात्र पुगेँ भनेपनी उनिहरुले प्रश्न गरिहाल्दथे । यसरी आनन्दसँग मात्र नभएर मेरो प्रगाढ सम्बन्ध सबैसँग थियो त र आनन्द र म चाँही साङीतिक् क्षेत्रको भएकोले पनि हामीमा अझ गाढा सम्बन्ध हुन पुगेको भन्नमा अत्युक्ती हुँदैन ।

यसरी म त्यो दिनहरुलाई मेरो सम्झनाको उत्तम दिन भन्न कन्ज्युस्याइ गर्दिन । सधैं भेटघाट,कुराकानीले गर्दा म आनन्दभाइ सँग अझ नजिक बन्न पुगेँ । म मेरा कतिपय कुराहरु पनि वहाँलाई भन्न अप्ठ्यारो मान्दिन थिएँ, कारण वहाँ मान्छे नै यस्तो हुनुहुन्छ शायद कसैले पनि वहाँलाई आफ्नो कुरा भन्न असजिलो मान्दैन मेरो बिचारमा । यस्तै प्रशङमा एकदिन म यस्तै दिनको चार बजेतिर हैरान भएर आर्मी हेड्क्वाटर पुगेँ । मन पनि ठीक थिएन । त्यसै म उदास थिएँ । म सबैलाई भेट्दै आनन्द को अफिसकोठामा गएं । मलाई देख्नसाथ “दिदिलाई आज के भयो उदास देखिनु हुन्छ त ?” भनेर आनन्दले प्रश्न गर्नु भयो । मैले पनि आफ्ना सारा कुरा भने ।

त्यो के थियो भने । मलाई एउटा संस्थाले बातावरण सम्बन्धी गीतहरु लेख्न लगाएको थियो । मैले दसवटा गीतहरु लेखेर जिम्मा लगाएकी थिएँ । तर पारिश्रमिक दिनलाई उनिहरुले मलाई झुलाई रहेका थिए । जहिले पनि आज आउनु र भोली आउनु भनेर मलाई दु:ख दिइरहेका थिए। किन कि मेरो पेशा नै त्यही थियो । त्यही कुरा मैले आनन्दलाई सुनाए । आनन्दले मेरो कुरा सुन्नसाथ जुरुक्क उठेर “कुन ठाउँ हो त्यो दिदी हिंड्नुहोस् जाउँ” भनेर मलाई भन्नु भयो । मैले “हैन अहिले नजाउँ कुनै दिन जाउँला नि” भन्दा पनि आफ्नो लगाएको ड्रेस नै नबद्ली मलाई जाउँ भनेर भन्नु भयो । म पनि पछी लागेँ । त्यो ठाउँ अनाम नगर थियो लग्भग १५ मिनेटमा नै आननदले मलाई त्यहा पुर्‍याएर त्यो अफिसमा सिधै लानु भयो । ठीक ५ बज्न आँटेको थियो । उनिहरु पनि सबै निस्कनलाई तयार रहेछन । आननदले आफ्नो परिचय केही नदीइ नै “तपाईंहरुले वहाँलाई गीत लेख्न लगाउनु भएको रहेछ र पारिश्रमिक दिन ढिलाई गरेर वहाँलाई दु:ख दिनु भएको रहेछ । शायद वहाँ स्त्री मान्छे भनेर हो वा वहाँ एक्लो आईमाई भनेर हो दु:ख दिनु भएको म वहाँको मान्छे हो र लेखकहरुलाई इज्ज्त गर्न जान्नु होस् र वहाँको पैसा अहिले नै तुरुन्त दिनु पर्छ नत्र म कार्वाही गर्छु” मात्र के भन्नु भएको थियो । त्यहाको मुख्य मान्छेले केही नबोली पैसा झिकेर तुरुन्त मलाई दिए । हामी पनि उक्त रकम थापेर त्यहाबाट निस्क्यौ । यसरी त्यो दिन आननद को ब्यवहाँरले म चकित भएं । कसैसँग अलिक रुखो बोली गरेको त्यही दिन मैले देखें । समय र परिस्थितीले गर्दा कहिले कही नचाहेर पनि बद्लिनु त सबैले पर्छ । त्यही कुरा आननदलाई पनि लागु भएको थियो .
क्रमश :



म्याँग्दी खोला उर्लिदा

राहुल मगर
पोर्तो,पोर्तुगल

म्याँग्दी खोला उर्लिदा,
तामे दुकुर कुर्लिदा,
मनको घाउ गैरिन्छ,
सम्झनाको तलाउमा माया तैरिन्छ,
म्याँग्दी खोला......

कामको चटारोले ऊनलाई भेट्न गा'को छैन,
कोदो रोप्दा,मकै खन्दा नसम्झेको हैन,
म्याँग्दी खोला..........
माना खाएर मूरी उमार्ने बर्षामासको महिना,
हलो जोत्दा,आली लाउदा नसम्झेको हैन,
म्याँग्दी खोला..........

कामको चापाचापले श्वास फेर्न पा'को छैन,
घाँस कात्दा,गोठ बस्दा नसम्झेको हैन,
म्याँग्दी खोला...........