December 8, 2009

यो देख्नु वा सुन्नु परेको भए कार्ल मार्क्स रूँदा हुन कि !


International Management Consultancy firm Hay Group ले हालै गरेको एउटा आर्थिक सर्वेक्षणले मेरो ध्यान अचम्मै रूपमा खिच्यो । यसको कारण थियो यो सर्वेक्षणले देखाएको बिभिन्न मुलुकमा तल्लो तहको अफिस काम (clerical) गर्ने र उच्च पदका व्यवस्थापकीय ( managerial or executive) तहका जागिरेहरूका बीचमा उनीहरूले हासिल गर्ने तलब सुविधाको भिन्नताको अनुपात ।

हे ग्रुपको यो सर्वेक्षणले मध्य पूर्वका तेल उत्पादक धनी राष्ट्रहरूका- कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमान, बहराइन र साउदी अरेबिया - व्यवस्थापकीय ओहदामा काम गर्ने व्यक्तिहरू आँफ्नो कमाइको भरमा सबैभन्दा बढी पैसा खर्च गरेर जिन्दगी व्यतित गर्ने हैसियत राख्छन् भन्ने कुरा पत्ता लगाएको छ । यसको मुख्य कारण , ती देशहरूमा कार्यरत उच्च ओहदावाला व्यवस्थापक वा म्यानेजरहरूले प्राप्त गर्ने उच्च तलब सुविधा र ती मुलुकमा सरकारलाई फिर्ता बुझाउनु पर्ने न्यून करको व्यवस्था नै हो ।

प्रस्तुत सर्वेक्षणको रमाईलो पक्ष भने यस्तो रहेको छ । यहाँ एशियाका केही चुनिन्दा मुलुकहरूमा हालका वर्षहरूमा अफिस वा फर्महरूमा काम गर्ने तल्लो र माथिल्लो तहका जागिरेहरू बीचमा कायम रहेको तलब सुविधाको अन्तरको अनुपात देखाइएको छ ।

जागिरेहरूको आयको ( कमाइको ) अन्तर दर गुणा ( अनुपात) थोरैदेखि धेरै क्रममा :

देश

२००६

२००७

२००९

जापान

३.३

३.२

३.४

दक्षिण कोरिया

३.१

३.७

४.१

सिंगापुर

४.९

४.७

मलेशिया

६.२

हङ्कङ्

५.५

५.८

६.३

भारत

७.४

७.७

९.१

भियतनाम

११.७

११.८

९.८

थाइल्याण्ड

१०.६

१०.७

११.४

इण्डोनिशिया

८.७

९.१

११.८

चीन

१०.५

११.८

१२.६

प्रस्तुत सर्वेक्षणले पत्ता लगाएको आयको अन्तर अनुपात एशियाका पूँजीवादी मुलुकहरू मध्येका जापान र दक्षिण कोरियामा सबैभन्दा कम र कम्युनिष्ट मुलुकहरू भियतनाम र चीनमा ( टेबलमा रातो अक्षरमा ) सबैभन्दा बढी रहेको छ भन्ने प्रष्ट देखियो । हामीले अक्सर सुन्ने गरेको तथा कम्युनिष्ट नेताहरूले अक्सर हामीलाई सुनाउने गरेको कम्युनिष्ट मुलुकमा गरीब धनी बराबर वा समान हुन्छन् र ती देशमा जनताको बीचमा आर्थिक विषमता भन्ने कुरा हुँदैन भन्ने कुराको बिरुद्ध माथिको तथ्यांकमा आधारित तथ्यले मजाक गरेको हो कि जस्तो देखिन्छ ।

पूँजीवादी भनिएका मुलुकहरूमा बरू , ट्रेड युनियन र श्रमिक वेलफेयर ( कल्याणकारी) कानूनहरूको उचित व्यवस्था हुनाले त्यहाँका नागरिक वा कामदारहरूको हितमा पारदर्शी ढंगले नियम र व्यवहारको कार्यावन्यन र व्यवस्थापन हुने गर्छ , तर कम्युनिष्ट अधिनायकवादको चरित्र भित्र , पारदर्शिता भन्दा नारा र दावालाई चर्को प्रपोगाण्डाका विधिबाट जनतामा छरेर वास्तविकतालाई पर्दा लगाउने कोशिश गरिएको हुन्छ भन्ने सत्य यो कुराले जगजाहेर गरेको छ । अत: आर्थिक समानता र विषमता अन्त्यको खोक्रो दावामा , कम्युनिष्टहरू अरू बढी र सबैभन्दा चर्का पूँजिवादी हुँदै गरेको सत्य तथ्य मात्र यहाँ प्रकट भएको मान्नु पर्छ । नेपालका कम्युनिष्टहरू बलजफ्ति चन्दा, धान लुट्नेदेखि र महायज्ञबाट धन जम्मा गर्ने समजावादी कर्ममा लिप्त भएको देख्नु परेको भए अनि कम्युनिज्म भित्र समानताको यस खाले धज्जी उडाइको बिडम्नापूर्ण हूर्मत देख्नु वा सुन्नु परेको भए , कार्ल मार्क्स बाजे धुरूधुरू रून्थे होला !

स्रोत: http://www.haygroup.com/ww/press/index.aspx



15 Comments:

Prajwol said...

Interesting topic

ठरकि दादा said...

भनेपछि मार्कस, लेलिन, माओ वा कुनै नेताको नाम र वाद सबैतीर खाली ठगी खाने भाँडोको रुपमै प्रयोग हुने रहेछ ।

पुष्प said...

प्रस्तुत तथ्यांक हो कि मिथ्यांक अनुपात हो कि प्रतिशत हो । यो 'बोधो' दिमागले बुझ्नै सकेन । लिंकमा पनि केही भेटिएन ।

HAWA said...

रुने कै कुरा गर्ने हो भने कार्ल मार्क्स मात्र हैन आदम स्मिथ देखि बि पी कोइराला सम्म त झन् डाको छोडिरहेका होलान बिचाराहरु

एउटा तथ्यांक के छ भने भारत् बिस्व को तिब्र वृद्धिदर भएको देस हो
अर्को तन्थ्याक के छ भने भारत् बिस्व को सबभन्दा गरिबमारा अर्थतन्त्र हो

दुवै नै सत्य हुन्

Nepalean said...

माथीको तथ्यांक गलत नहोला। उक्त अनुपात सूचीमा अमेरिका रहेनछ। सायद त्यसमा अमेरीका भएको भए
सबैलाइ उछिन्थ्यो। यांहा एउटै कम्पनीमा कामदारको औसत उस्तै परे सयौं होइन की हजारौं पनि हुन बेर लाग्दैन।

हावा जी संग म सहमत छु, यो देखे मार्कस मात्र होइन बि.पी पनि रुने थिए। बिभिन्न बाद भजाउंदै माओबादी देखी कांग्रेस कुनैले पनि बादको सहि प्रयोग गरेका छैनन। नेपालमा राजनिती छिटो धनी हुने जागिर भन्दा फरक पर्दैन जस्मा शिक्षाको कुनै आबस्यक्ता पर्दैन।

चिन त नाम मात्रैको कम्नियुष्ट हो। गाउं घरमा अझै कम्नियुजमको झझल्को दिन्छ सांगाइ जस्ता शहर तिर भने
न्युर्कलाइ जित्ने पूंजीबादी बस्तुहरु छन। मेरा एक सहकर्मी छन पूराना रसियाका। नेपालीहरु यती बिघ्न कम्नियुष्ट प्रेमी
भएकोले उनलाइ केही जिज्ञाशा रांखे, लामो कुरा अरु कुनै दिन गरौंला, एउटा छोटो कुरा अहिले। त्यांहा त एउटा गतिलो डेरा पाउन पनि घुस खुवाउनु पर्ने या त ठुलो पावर हुन पर्ने। उनको कथा सुन्दा कम्नियुष्ट देशमा पूजिबादी देश भन्दा बढी अनेमियता हुने रहेछ।

दूर्जेय चेतना said...

पढे रमाईलो लाग्यो तर कुनै बिवाद गरिहालु वा कुनै टिप्पणी राखु जस्तो लागेन कारण डाटा पुरा छैन र कुन बेला के को लागि लिईएको मेसो पाउन सकिन।

Keshab Ghimire said...

कम्युनिस्ट भन्ने नै जसले सक्छ उसले कमाउने, जसरि हुन्छ कमाउने सिदान्त भएका हरु हुन् जस्तो लाग्छ. | हेर्नुस चीन, भियतनाम जो आफु कम्युनिस्ट भनेर गर्ब गर्छन | कम्युनिस्टमा सबै समान हुन्छ रे देखियो नि कति समान हुने रैछन भनेर | नेपालका कम्युनिस्ट नेताहरुले पनि तेही सिको गरेका होलान | कम्युनिस्ट अर्थात् कमाउ इस्ट (नेताका आफ्ना नातागोता हरुलाई कमाउने भाडो) भन्ने अर्थ लगाइएको होला साहेद नेपालका कम्युनिस्ट यस्ता भएका बोलि अनि व्यवहार फरक भएको | साच्चै नै कति रुदा होलान है कार्ल मार्क्स यो देखेको भए |

पुष्प said...

माथिको अनुपात नै हो त नेपालियनजी ? यस्तै हो भने ३:३ अनुपातको तलबमान पनि हुन्छ र भन्या ? पियन र हाकिमको एउटै तलबमान !!!

एकलव्य ( Eklavya) said...

पुष्पजी,

चित्त नबुझे वा मन नपरे मिथ्यांक भन्दा पनि हुन्छ । किनभने , आँफूलाई मन नपर्ने कुरालाई क्रान्तिकारीले त्यसै गरी अर्थ्याउनु पर्छ भन्ने दर्शन छ नि !


तर यो एउटा म्यानेजमेण्ट कम्पनीको सर्वेक्षण हो भनेर भनिसकिएको छ माथि आलेखमा । अनि अन्तर दर भने पछि , मोटै भएपनि दिमागले बुझ्न पर्ने हो । यसको अर्थ , तल्लो तहको कर्मचारीको तलबलाई १ मानेर त्यति गुणा भन्न खोजेको बुझ्नु पर्ने हो । ३:३ को अनुपात कहाँनेर देख्नु भो अलिक आश्चर्य पो लाग्यो ।

सर्वेक्षणको नतिजाले भन्छ , कोरियामा एउटा कम्पनिको तल्लो तहको कर्मचारीले १ हजार डलर मासिक खान्छ भने त्यही अफिसका एक्ज्युकिटिभ्सहरूले ( उच्च अधिकृतहरूको ) मासिक आय ३,४०० डलर हुनसक्ने रहेछ । तर यो , अन्तर दर कम्युनिष्ट चाइनामा पुग्दा १००० र १२,६०० डलर क्रमश: बन्न पुगेको तथ्य देखिएको मात्र हो ।

दूर्जेयजी,

आलेखको तल पट्टि दिइएको लिंकबाट गएर पढ्नुस् , सबै कुराको सविस्तार तथ्यांक पाइन्छ ।

नेपालियन said...

पुष्प जि तपाइको जिज्ञाशा एक मानेमा ठिकै हो। अनूपात भने पछी ३:३ या ३:५ यस्तो हुनेगर्छ। सायद हाम्रो बिध्धालयको गणित किताबमा पनि यसरी नै अर्थाएको छ। अनूपातलाइ अर्को तरिकाले पनि जनाउन सकिन्छ। जस्तै ५:३ भए ५ लाइ ३ ले भाग गर्दा १.६६ हुन जान्छ र ५:३ को सट्टा १.६६ जनाउदा पनि हुन्छ।

आफ्नो भन्दा अली अर्को क्षत्र परे जस्को दिमाग पनि मोटो होला कसो एकलव्य जी। मलाइ कानूनको किताब दिए मेरो दिमाग संससारकै मोटो बस्तु मा ठहरिएला!

लेकाली said...

यो देखेर मार्क्स रुने थिएनन बरु पक्कै पनि यसलाई सच्याउन कोशीस गर्ने थिए ।

पुष्प said...

प्रष्ट पार्नुभएकोमा धन्यवाद नेपालियनजी ।

राजनीतिक उथलपुथल भएको अहिलेको नेपाललाई कुन 'वादी'को संज्ञा दिने हो, त्यो अझै निर्क्यौल हुनै बाँकी छ । तर राजा र कांग्रेसको हालीमुहाली भएकोबखतमै पनि नेपालका निजी क्षेत्रका कार्यकारीहरूको तलब ५ लाखभन्दा माथि रहेको थियो । 'मेरो संसार'मा केहीअघि २०-२५ लाख खाने कार्यकारीहरूको सूची पनि पढ्न पाइएको थियो । न्यूनतम तलब ४६०० (माफ गर्नुहोला यकीन भएन) दिन पनि नमान्ने सामन्ती चरित्र बोकेकाहरूले कार्यकारीहरूलाई त्यत्रो तलब सुविधा टक्र्याएको थाहा पाउँदा माओवादीको 'समानता' र वर्गीय नाराको औचित्य पुष्टि हुन्छ । अधिकतम २५ लाख र न्यूनतम ५ हजारमात्र तलबमान राख्ने हो भने नेपालको अनुपात २५००:५ अर्थात् ५०० प्रतिशत पो हुन आउँछ ! अब यो सब कम्यूनिष्ट वा माओवादीहरूका कारण भएको भनेर पढ्न नपाउँ है !

Anonymous said...

puspa ji lai ali sajilo hunthyo ki?????

http://www.haygroup.com/Downloads/ww/misc/Global_Management_Pay_Report_2009_final.pdf

Raja said...

Puspa jee,

Ekalabya jee le bhane jasto Mathematics ma tapai ko sachai motto dimag nai rahechha.

प्रतिशत bhanisake pachi २५००:५ equals to ५०० प्रतिशत hoina ५०००० प्रतिशत hunchha. २५:५ equals to ५०० प्रतिशत ho.

Raja said...

500 pratishat bhannu ko satta 500 guna bhaneko bhaye baru thik hunthyo.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !