त्यसो त देशमा अहिले अनेक आन्दोलन जारी छन । कहाँ, कस्ले, किन र कुन दिन, कसरी आन्दोलन गर्दैछन भन्ने वारेमा यकिन जानकारी त सायदै कसैसंग होला । विगतका दिनमा गाडिको ठक्करका विरुद्ध क्षतिपूर्ती पाउन आन्दोलन, ठक्कर हानेपछी क्षतिपूर्ती दिन नसक्नेको आन्दोलन र सधैकको यस्तै आन्दोलनबाट आजित भएकाहरुले आन्दोलन बन्द हुनपर्छ भनेर समेत आन्दोलन गरे ।
तर यो पोष्टमा चर्चा गरीन लागेको आन्दोलन भने कालो-झण्डा-तोडफोड हुँदैं अहिले चलेको नाचगान र ‘कब्जा’ आन्दोलनको हो ।
छोटो रुपमा केही समय अघिको नेपालको उतार चढाव हेर्ने हो भने, माओवादिको सरकार थियो, र देशका “खुख्खार” मानीएका नेता भएका दलहरु प्रतिपक्षमा । त्यसैबीच माओबादीको चरम महत्वाकांक्षा, अन्य दलको प्रतिपक्षमा बसेपछि सत्ताधारीको विरोध नै गर्नु पर्छ र सत्ताधारीलाई कुर्सिबाट खसाल्नु नै प्रतिपक्षको परम धर्म हो भन्ने पुरानो नीतिका कारण, अनि केही माओबादीका आफ्नै गल्ती, आफ्नो बारेमा रहेको ओभर ईष्टमेट र केही पर्दा पछाडिका अनेक तिकडमबाजी पछि माओबादी सरकारबाट निस्क्यो । पृष्ठभूमीमा जे जस्तो कुरा भए पनि र अगाडिका सोच जेसुकै रहेपनि आफ्नो स्थिती कमजोर देखिएपछि भएको माओबादीको बहिर्गमन भने पक्कै पनि नेपालको सन्दर्भमा एउटा राम्रै सुरुवात थियो ( नत्र अविश्वासको प्रस्ताब वा सांसद किनबेच नभै यस्ता परिवर्तन नेपालमा दुर्लभै थिए!)
सत्तामा छँदा जे जस्तो कुरा गरे पनि बाहिरिएपछि भने माओबादीले तीनका कुर्सी टुट्नुमा प्रतक्ष रुपमा विदेशी हात रहेको कुराको प्रचार प्रसार गरे ।
माओवादीको ‘सघर्षकाल’मा ( यसलाई उनीहरु जनयुद्धकाल भन्न रुचाउँछन—तर जताको मान्छे मरे पनि निमुखा नेपाली नै मरेका र त्यतिबेला र त्यो भन्दा धेरै देखी रजाँई गर्दै आएकासंग उनिहरुको आन्तरीक साँटगाँठ र लेनदेनका कारण कुनै पनि देश बेच्नेहरुलाई यो युद्धले केही असर नगरेकोले म यसलाई संघर्षकाल मात्रै भन्दै छु) उनीहरुको धेरै कुरासंग चित्त नबुझेपनि एउटा बिषयमा भने मलाई सधै माओवदीतर्फ आकर्षण रहेको थियो । उनीहरुका बोली, नारा र हौवा सुन्दा यस्तो लाग्थ्यो माओबादी भित्र एउटा ‘कट्टर राष्ट्रवाद’ छ ।
विस्तारै शान्ति सम्झ्यौताका नाममा सिट, अधिकार र शक्तिको बाँडफाड हुँदै गएपछि सो बिषयमा पनि उदांग हुँदै गयो । कामरेड प्रचण्डले पहिला ‘क्रमभंग’ गरेर चिनको भ्रमण गरेर तुरुन्तै फेरि सो भ्रमणलाई ‘खेलकुद भ्रमण’को संज्ञा दिने बित्तीक्कै धेरै कुरा खुलेका हुन ।
फेरि हालकै प्रसंगमा फर्कदाँ, माओवादिको सत्ता बहिर्गमनलाई सधैं विदेशिको दवाव र चलखेलको परिणाम बताईयो । अब, आफू पूर्ण शक्तिमा हुँदा र सत्तामा हुँदा नै यस्ता चलखेलको सामना गर्न नसकेर सत्ता बाहिरीनु पर्ने अबस्था थियो भने सत्ता बाहिर आएर कसरी सो चलखेल रोक्ने हो बुझी नसक्नुको थियो । जे होस माथी भने जस्तै सभासद किनबेच नगरी उनीहरु निक्ले जुन सकारात्मक भने थियो ।
त्यसपछि भयो दबाब, खिचातानी र आन्दोलनको सुरुवात ।
अब मुख्य बिषयमा प्रवेश गर्दा, माओबादीले देशमा चलीरहेको विदेशी चलखेललाई रोक्नु पर्ने मुद्दालाई मूल रुपमा उठाई रहेका थिए। हो, देशमा विदेशिको चलखेल रोक्ने कुरामा भने हामीले कुनै दल, व्यक्ति वा समुहको नामै नेहेरीकनै समर्थन गर्नुपर्छ जस्तो लाग्छ मलाई । निकै तयारी र तामझामका साथ आन्दोलनका खाका प्रकाशीत गरिए । हेलिकप्टर र प्लेन समेत चल्न नदिने गरी देश ठप्प पार्ने घोषणा भयो । त्यसबीचमा सरकार र जनताका तर्फबाट समेत आन्दोलन हैन वार्ताबाट समस्या सुल्झाउन आग्रह भएको धेरै खबरहरु आए । तर माओबादीले कतै कसैलाई टेर-पुच्छर लगाएनन ।
अचानक सुनियो, अघिल्लो हप्ता केही विदेशी महामहिमहरुसंग उनीहरुका कुरा भएछन । अनि खबर आयो “माओबादीले हवाई नाकाबन्दी फिर्ता लिए” । भाषामा विदेशीको आग्रह, आज्ञा वा आश्वासन जेसुकै भनिए पनि यो नाकाबन्दी रोकिनुमा खुल्ला रुपमा विदेशी शक्तिको हात रहेको कुरा प्रष्टै भयो ।
हुन त यो नाकाबन्दी फिर्ता हुनु नेपाली जनताको हिसाबले एकदमै स्वागतयोग्य कुरा हो । तर सत्तामा हुँदा विदेशीकै चलखेलबाट बाहिरिने र विपक्षमा हुँदा पनि उनकै ईशारमा नाच्ने प्रबृती बाँकी रहेसम्म केका आधारमा जनताले उनलाई सहयोग गर्ने हो ? । दक्षिणकाले हल्लाए हस्तक्षेप र उत्तर र पश्चिमकाले चलाए समझदारी वा सहयोगको नाम दिने हो भने भिन्दै कुरा हो। हैन भने कामरेड !, के विदेशीकै ‘सहयोग’मा विदेशी हस्तक्षेप रोक्ने हो त ?
12 Comments:
उत्तर तपाईं को प्रश्न मा नै छ... सहयोग गर्नु र हस्त्क्षेप गर्नु दुई फरक कुरा हुन... हाती छाप चप्पल जस्तो हैन
आफ्नै देशमा नाकाबन्दी? यो त सौताको रिसले आफ्नै पोइको काखमा पिसाब फेरे जस्तै भयो हैन र?
अरु त अरु बान कि मुन जस्तो अमेरिकी पपेट समेतले नेपालको राजनीति माथि धावा बोल्न थालेछन । विकशित देशहरुमा नाम पनि सुन्न नपाइने संयुक्त राष्ट्र संघ नामको अमेरिकी चिडियाले किन अर्को भाषा बोल्न थालेको होला !
अमेरिकाले अझै पनि माओबादिलाई आतंककारी मान्छ रे तर त्यसैको पपेट अर्थात सुगाले राष्ट्रिय सरकार बनाउ भनेर मच्चाउछ । नेपालका दुवै खेमालाई मच्चाएर हतियार बिक्री बढाउन खोजेको हो कि !
ठरकी जीले सार्है सहि कुरा गर्नुभयो। जुन पार्टी बिदेशीको उछितो काट्छ र अरु पार्टीहरुलाइ बिदेशीको पोल्टोमा रहेको संज्ञा दिन्छ अनि त्यती मात्र नभएर आफू सरकारबाट बाहिरिनुलाइ बिदेशीकै हस्तक्षेप भनेर चिच्चाउंछ, किन होला होला अहिले बिदेशी महामहीमहरुको पाउ पर्दै आफ्नो कार्तिके आन्दोलनको तालिका हेरफेर गरेको?
के हो नागरिक सर्बोच्ता? यो त केही फटाहरुले नेपालका गरिबहरुका फोटो देखाएर एन.जि.ओ लाइ मागी खाने भांडो बनाए जस्तै भएन र? अहिले जनताले चाहेको संबिधान हो। त्यो पनि नेताहरुलाइ होइन की जनतालाइ फाइदा हुने खालको संबिधान। तर किन सबै यस बारेमा मौन छन। मैले पहिले देखी भन्दै आएको , यो संबिधान सभाको चुनाब किन भएको भनेर जनतालाइ मात्र होइन कि नेताहरुलाइ नै थाहा छैन। उही परिक्षाको प्रश्न पत्र नबुझेको बिध्धार्थीले ३ घण्टा सम्म खाली पाना नै राख्छ, संबिधान सभा किन भाको, त्यही नबुझेर अहिले सम्म संबिधानको खोस्टोको आकार बिकार केही नआएको। यांहा त कसैले सहि कुरै बोल्दैनन उही एउटाले ले अर्कोलाइ ट्रेड मार्क भिराउंदै को कती कमसल देखाउंदै देशमा सुसाशन आउंछ भन्ने ठान्दछन - यस कोटीमा नेता मात्र होइन कि जनता पनि उत्तीकै संलग्न छन।
May be they are right. Using foreignal to avoid foreign interception.
Falam le falm katcha bhanchan, sarpa le tokeko medicine sarpakai bis huncha bhanchan, yo pani bideshi lai thik parna bideshi nai chahine hola ni?
kaso sathiharu?
ठरकी दादा, सोह्रै आना सही कुरा गर्नु भो । केही अरू क्रान्तिकारी क्रमभंगका तरिकाहरू यस्ता पनि हुनसक्छन:
क) बिदेशी प्रभूहरूको मद्दतले बिदेशी प्रभूको हस्तक्षेपबाट नेपाललाई मुक्त गर्ने ।
ख) पूर्व दरबारियाहरूको मद्दतबाट गणतन्त्रलाई संस्थागत गर्ने ।
ग) छापामार, वाइसिएल र मिलिसियाको जोरजुलुमबाट नागरिक सर्वोच्चता कायम गर्ने ।
घ) सपरिवार पार्टी, सत्ता र भत्ता हजम गर्दै क्रान्तिकारी लोकतन्त्रलाई संस्थागत गर्ने ।
ङ) जात, नश्ल र बिऊको प्रकार अनुसार मुलुकको साँध सीमा कोरी, वैज्ञानिक नक्शांकन गर्ने ।
च) नेपालीलाई निर्वाध क्यासिनो प्रवेश दिएर , भाग्यचिट्ठाको समाजवाद बाँड्ने ।
छ) टायर, रेलिङ र बस जलाएर , ग्रीन आन्दोलनको शंखनाद गर्ने ।
ज) जनताको हाड घोटेर प्रताडित पार्दै , जनताको महान जनयुद्ध गर्ने ।
झ) छोरीलाई सत्ताको भर्याङ चढाएर लोकतन्त्र र समाजवादको आधारशिला राख्ने ।
ञ) सकेसम्म बढी चुनाब हारेकालाई प्रम बनाएर लोकतन्त्रको सराद्दे गर्ने ।
ट) बन्दूक र बन्दुकेको भरमा बुथ लुटेर , चुनाब जितेको गुड्डी हाँक्ने र आँफूलाई जनताको एकमात्र प्रतिनिधी मान्ने ।
यी र यस्तै विसंगतिको पोको हो वर्तमान नेपाल ।
तपाईँको कटाक्ष तारिफयोग्य छ ।
दौतरी मा नियमित बिचार राख्नुहुने साथीहरुले पनि बिदेशी हस्तक्षेप को बिरोध गरेको मा माओवादीहरुले पनि धन्यवाद दिनुपर्छ.. तर मलाई अली अनौठो लागेको के भने नेपाली हरुको अत्याधिक भरोसा रहेको राष्ट्रसंघ ले बोल्दा बिदेशी हस्तक्षेप देख्नुहुनेहरुले भारतीय बाबुहरु ले नेपाल लाई स्वतन्त्र रहन दिनु भारत को हित मा छैन सम्म भनिसक्दा पनि किन सन्चो मान्नु भाको होला ?
November 7, 20
हावा जी, हामीहरु विदेशी हस्तक्षेपको विरोधी हौं, र हाम्रो परिभाषामा "विदेशी" भन्नाले भारत लगाएत (नेपाल बाहेकका) सबै देश पर्छन भनेर भनिरहनु नपर्ला जस्तो लाग्छ ।
कुरो अझ प्रष्ट राख्ने हो भने तीन तिर बाट घेरीएको र मिचाहा प्रबृत्ती राख्ने स्बभाव भएका कारण यो नजिकको छिमेकी प्रति मेरो व्यक्तिगत दृष्टीकोण त झन कहिल्यै सकारात्मक हुन सकेको छैन ।
अब सञ्चो मान्ने कुरातर्फ लाग्दा, देशमा विदेशीले आँखा गाढ्दा, तीनै देशका गुलामी गर्ने केही नेतालाई सञ्चो होला तर तपाई हामीजस्ता साधारण नेपालीलाई त्यो सधैं चिन्ताको विषय हुने गरेको छ । म त कहीले काही सोच्छु भारतीय बाबुहरुले "नेपाल लाई स्वतन्त्र रहन दिनु भारत को हित मा छैन" भन्दा तपाईलाई जत्ती बिझाएको छ हाम्रा घाँसखाने नेताहरुलाई (यहाँनेर सोच्दैछु हाम्रा नेताहरुको कुरा गर्दा तपाईको ब्लगमा प्रयुक्त हुने केही ठेट नेपाली शब्द लेख्नु पनि सहि छ)त्यतिसम्म पनि भएको छैन ।
बाँकी, यी मिचाहा छिमेकीको गलत करतूतको विरोधमा लेखीएका धेरै पोष्टहरु दौंतरीमा खोज्नै नपर्ने गरी भेटिनेछन, फुर्सदमा हेर्नुहोला ।
ठरकी दादाले पनि मेरो व्लग पढनुहदो रै छ खुशी लाग्यो.. मेरो त अझै ठेटेस्ट शव्द प्रयोग गर्ने बिचार थियो.. तर चुतिया नेताहरुलाई नै गाली गर्दा पनि धेरै झर्रो शव्द पचाउन गारो भएको भनाई आएकोले फेरि व्लग हेर्नै छाडिदिनुहोला भन्ने डरले अलि कन्ट्रोल गर्छु.. धन्यवाद
दौंतरीमा बेला बेलामा बिचार पोखिने हुनाले हावा जी को दौतरीमा पनि बिदेशी मिचाहा को बिरोध गरिएको मा अचम्म मान्नु भएछ, यसमा २,४ कुरा राख्नै मन लाग्यो।
ठरकी जी को ब्याख्यानसंग लामबद्द हुंदै बिदेशी भन्नाले नेपालको चार कुना भन्दा बाहिरका पर्छन भन्ने कुरो दोर्हाउछु। देश हाम्रो हो , हामिले बनाउने हो,हाम्रो नक्शा र राष्ट्रियतमा जस्ले धावा बोले पनि सहिय्यै हुनेछैन। सायद सच्चा राष्ट्रियता यही होला,यसमा मेरो पनि सहमत छ।
ल अव लागौं बर्तमान समयको छोटे राष्ट्रियता तिर। चोक चोकमा आएर ठुला ठुला राष्टिर्यताका कुरा गर्ने अनि सुटुक्क लैनचौर दरबारतिर सोझिने। यस्तो जेलझाल प्रबिर्तीमा प्रजातन्त्रको ठेकेदार नेपाली कांग्रेस देखी लोकतन्त्रको साहु माओबादी सम्म कुन बढी भारत परस्त छन छुट्टउन हम्मे हम्मे पर्छ।
हामीले खोजेको भनेको आफ्नै समस्या सधैंको लागी कसरी समाधान गर्न सकिनन्छ,देशको अबस्था कसरी मजबुत गर्न सकिन्छ भन्ने हो न कि कुनै दुतसंग भेट भएको भोली पल्ट गरिने ऐतिहांसिक निर्णय होइन। अबसोच नेपालका सबै राजनैतिक निर्णय यसरी नै हुने गर्छन,यसमा नागरीकले कसरी फाइदा पाउंछन तपाइ आंफै भन्नुहोला।
हा हा हा.. दौतरी ब्रो हरुलाई पनि खुबै चित्त दुखेछ.. तर कृपया पिर नगरनु होला.. मैले तपाईंहरुको रास्ट्रप्रेम मा सन्का गरेको हैन.. मलाई त म आँफै पनि राष्ट्रबादी छु कि छैन सन्कै लाग्छ ;)
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !