राजनीतिको खेलमा दुई दुना चार हुन्न क्यारे
जनता सधैं घटाऊमा नेता बेस्त गुन्न क्यारे
भोग रोगमा कोलाहाल रुवाबासी देश भरी
कानमा ठेडी जाकिएछ कि छाडे सुन्न क्यारे
गन्हाउदा गन्हाउदै पनि कस्तो बिबशता हो यो
नाक थुनेरै भए नि छाडेनौ फोहोरै चुन्न क्यारे
एक मुठी बिपना दिए हुन्थ्यो भोग मेटन
थेग्नै हम्मे भो होड छ फेरि सपनै बुन्न क्यारे
कुपोषनले सुकेको शरीरमा रगत के होला
जातै उडुसको जती चुसे नि हुन्न टुन्न क्यारे
August 16, 2009
Subscribe to:
Post Comments (Atom)
5 Comments:
la feri daro gayao waka ji bata, damdaar 6 hai prastuti.
यस्तै हुन नेता खास गरी हाम्रो देशका --गजब छ!
कबिता राम्रो छ तर नेतालाई मात्र गाली गरेर हुन्न नेतालाई भ्रस्ट बनाउन धेर थोर सबैको योगदान छ
सही लेख्नु भयो वाका जी ले। भोग्दै आएको कुरा हो यो।
गाली गर्नु पर्ने यि नेताहरुलाइ हामी ताली दिएर चुनाव जिताउदै पठाउछौं तर कहिल्यै यिनीहरुले हाम्रो लागी काम गर्दैनन।
देश बनाउने कुनै नेता जन्मेला?
dhanyabad hajur harulai
asha rakhau feri koi neta janminchhan ki
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !