प्रबिण थापा
मलाई दोषी देखिरहयौ बदलिएनौ किन?
माया गर्छु भनिरहयौ पग्लिएनौ किन?
पिंडाले म जलिराछु समस्याले चेप्पिराछु
समाधानका बाटहरुमा देखिएनौ किन?
नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती
आज मनको बगैचामा भेटिएनौ किन?
गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम
स्वार्थ पुरा भएपछी सम्झिएनौ किन?
समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै
मलाई आफ्नो बनाउन तम्सिएनौ किन
August 6, 2009
Subscribe to:
Post Comments (Atom)
10 Comments:
प्रबिण जी का गजल उत्क्रिष्ठ हुन्छन। यो पनि उस्तै मर्म बोकेको र उत्तिकै राम्रो छ।
हुन त गजल राम्रो छ भन्न पनि गजलको पूरा अर्थ बुझ्नुपर्छ होला। मेरो लागी गजल त उही कबिता जस्तै हो। रस भए पुग्छ।
गजल सम्बन्धी मेरो केही चासा छन। कोही गजल ज्ञाता भए यसो उत्तर दिनुहोला।
गितका रुपमा गाइने गजल र कबिता जस्तै लेखिने गजल एउटै एउटै हुन कि के हुन? अनि गजल के २-२ लाइनकै फरकमा लेखिनु पर्ने र दोस्रा वाक्यहरुको अन्तिम शब्द मिल्नै या एउटै लबज आउने खाले हुनु पर्ने हो? कबितमा छन्द जस्तै गजल पनि बिभिन्न प्रकारका हुन्छण कि? हुन त गजलमा मत्ता खै के के हुन्छन अस्तीनै ठरकी सरले भनिसक्नु भाको थियो तर मेरो केही जिज्ञासा तिनमा भेटिन। गजलमा ह्रस्व दिर्घलाए कत्तीको ख्याल गरिन्छ? त्यो पनि बताइदिनूहोला।
नजानेर होला मलाई पनि गीत, गजल, कविता सबै उस्तै लाग्छन । केही त अवश्य होला एउटा बाट अर्को फरक हुन ?
पक्कै पनि साहित्यमा, चाहे त्यो गजल, कबिता ,गीत, कथा जे भएपनि शुद्धा शुद्धी, ह्रस्व दिर्घको महत्व पक्कै पनि हुन्छ भलै मेरा सिर्जनाहरुमा मैले ध्यान दिन नसकेपनि र म क्षमाप्राथि छु मेरा गल्तिहरु प्रति।
करिब ६ महिना अगाडि दौतरिमा पनि गजल बारे निकै गतिलो बहस चलेको थियो र यहि बहस मार्फत गजलको बारेमा धेरै ज्ञान पनि हासिल गरियो। म पनि गजल भनेर त लेख्छु तर उही सामान्य रुपमा गजलका केही भागहरु जस्तै: शेर, मिसरा, काफिया, रदिफ बाहेक बास्तबमा मलाई पनि गजलको बारेमा बृस्तित जानकारि भने छैन।
आशा छ,, धाइबा जि! ठकरी जि! बशन्त जि! बाट पक्कै पनि केही न केही त कसो नआउँला र ? गजलको बारेमा म भने
नेपोलिएन जि को जिज्ञासा समाधानको मौकामा भरपुर फाईदा लिने सुरमा बसे है।
मर्मै मर्म ले भरिएको मार्मिक गजल ------
के भन्ने खोइ !
भन्ने लाई त सजिलै हुन्छ भन्न् तर भोग्ने लाई पो गार्हो हुदो हो कती ! -----
तैपनी भन्नु नै पर्दा ' बिर्सिदिनुस् सबै ----' भन्नु बाहेक अरु के भन्न् सक्छौ र हामी शुभ चिन्तक ------
प्रबिणजीका रचनाहरु प्राय: सबै वाह ! वाही ! का लायक हुन्छन र यो पनि जोडदार नै छ । प्राय: जीवनको अध्यारो पाटाहरु देखीएपनि वहाको लेखनीमा मीठास र नयाँपन भने कायमै छन ।
अब नेपालियनजीको "गीतका रुपमा गाइने गजल र कबिता जस्तै लेखिने गजल एउटै एउटै हुन कि के हुन? " भन्ने बारेमा आफ्नो बिचार:
मेरो बिचारमा 'गजल' भने पछी, लेखे पनि, गाए पनि त्यो गेयात्मकको हिसाबले गीतजस्तै देखिए पनि संरचनागत रुपमा भने गीत भन्दा फरक हुन्छ / हुनुपर्छ । हुन त, केही नाम चलेकाहरुबाट पनि यसको 'क्रमभंग' भएको देखेको / सुनेको छु, त्यो आफ्नै ठाउँमा छ :)
लामो आलाप तानेर गाएपछी कुनै पनि 'गीत' 'गजल' बन्छ भन्ने भ्रम र कहीलेकाही मीचाहा प्रबृतीले 'जंगेले बोले पछी बोल्यो... यो गजल नै हो ...!' भन्ने हिसाबले गाईएको गीतलाई गजलको नाममा सुन्नु भएकोले सायद तपाईमा यो प्रश्न आएको हुनसक्ने अनुमान मैले गरेको छु ।
गजललाई २-२ लाईनकै क्रममा वा शेरमा विभक्त गरेरै लेख्नु पर्छ । जहाँ गीतमा पहिलो लाईनले भन्न खोजेको कुरा तेस्रो चौथो वा अन्तिम लाईन सम्म पनि जोडेर वा मिलाएर पुरा गर्न सकिन्छ , गजलमा भने हरेक दुई लाईनका शेर आफैंमा पुरा हुनु पर्ने हुन्छ र दुई लाईनमा नसक्केका कुरालाई अर्को शेरमा ‘निरन्तरता’ दिएर पुरा गर्न मिल्दैन ।
छोटकरीमा भन्दा गीतमा स्वतन्त्रता हुन्छ र निर्बन्ध भएर लेख्न सकिन्छ, तर गजलमा भने यसका अंगहरु, यसका मानक र संयोजनका विविध पक्षको ख्याल राख्नै पर्छ । गाउन मिलेर मात्रै गजल बन्दैन ।
कविताको छन्द जस्तै यसको गहिराईमा जाने हो भने गजलमा रदिफ र काफियाको तुकबन्दी बाहेकका अझ धेरै कुरा छन, जुन कुराहरु यो कमेण्ट बक्समा लेखेर सकीँदैनन् र तिनका बारेमा मलाई पनि एकदमै सामान्य जानकारी मात्रै रहेकाले अरु साथीहरुले यस बारेमा प्रकाश पार्नु हुनेछ भन्ने आशा लिएको छु ।
मलाई त अचेल गजल इत्यादिको गनथन नै मन पर्दैन । त्यसमाथि शेर, मिसरा, काफिया, रदिफ आदिको चर्चा पनि हुन थालेछ । हामी कतिसम्म पराधीन हुँदै गइरहेका छौं र हाम्रो स्वधिनता कसरी गुमाइरहेका छौं भन्ने बलियो उदाहरण हो यो ।
हुन गीत संगीतको कुनै सीमा हुँदैन भन्छन्, तर यो Conspiracy Theory को एउटा अंग हो । उही माओवादीले भन्नेले गरेको साम्राज्यवाद, विस्तारवादको नमूना । हैन भने खै हाम्रो आफ्नो स्थानीय लोकभाका, लोकसंगीतको चर्चा ? नजीकको देउतालाई हेलामा परेकोमात्र त पक्कै हैन होला ।
मलाई पनि गीत, कविता आदिमा हुने फरकको त्यति ज्ञान छैन । त्यसमाथि कविताहरूलाई पनि गीत भनेर गाइएको पाइँदा गीत के हो र कविता के हो भनेर छुट्याउनै अल्छि लाग्छ । जे होस् प्रवीणजीको रचना राम्रो लाग्यो ।
प्रविणजीको गजल रचनाकारितामा जति समय बित्तो छ त्यति निखार आएको देख्छु म त । यो गजल मेरो पाठकीय नजरमा अति राम्रो त्यसमाथि गीत गजल र गीतल माथिको ठरकिजीको विवेचना उस्तै राम्रो ।
तर पुष्पजीको समालोचना बडो अलग ढंगको ।
मेरो पनि गीत गजलमा रुची छ, लेख्न नजाने पनि पढ्न मन लाग्छ । साहित्य, कला विचार आदिको कुनै समय र सीमा हुन्न पनि भनिन्छ र यसलाई यसै गरी बुझ्ने पनि गरिएको छ । यहाँ पनि राष्ट्रवाद जुरमुराउन सक्छ, जस्तो पुष्पजिले पनि भन्नु भो । तर, अभिव्यञ्जना , ज्ञान , सिप कला , विचार ,आविष्कार र परिष्कारलाई अपनाउँदा पनि हामी संकीर्ण बन्नु पर्यो भने हाम्रो संसार कत्रो होला ?
गजलमा खुस्रोदेखि राजनीतिमा गान्धी र मार्क्ससम्म हाम्रो देशका हैनन् । अब यिनले भनेका विचार , पस्केका स्वादलाई तिनका बिदेशी लवजहरू ठानेर हामीले दोहोरी र हाक्पारे मात्र च्यापेर बसिरहँदा हामी कहाँको पो रहिएला र ! हाम्रो भाषा संस्कृति र कलाको उन्नयनमा लाग्नु पर्छ , तर अंग्रेजीमा लेख्ने शेक्सपियर वा रूसी चेखबलाई बिदेशी ठानेर त्याग्दा हाम्रो कल्याण कुन स्तरको होला र ?
तैपनि , राष्ट्रवाद एउटा प्रबल अडान हो, कर्मठ र महान व्यवहार र सोच हो भन्ने मतमा सहमत हुनै पर्छ । यस्तो सोचका अगाडि सस्तो भावुकता र मनको लहडमा बहकिने कवि वा गजलकार व्यवहारिक नठहरिन पनि सक्छन् । तर , मेरो मत भने चाहिनेसम्मको राष्ट्रवादसहितको विश्सवजनीन साहित्य, कला , अनुराग र मानवताका पक्षमा छ ।
एकलब्य जि को प्रतिकृयामा सहमत ।
साहित्य मा पनि राष्ट्रबाद् भन्दै खुम्चिने हो भने कुबा मै बसेर ट्बार ट्बार गर्ने भ्यागुताको जस्तो जिबन हुने छ ---- अबको युग का साहित्य प्रेमी हरु भ्यागुता मै किन सिमित हुन्थे र ! हुनु पनि त हुँदैन ।
लुनाजी,
भ्यागुता नहुनु राम्रो । तर भोक लागेको बेला अरु केही नपाएर आफ्नै बच्चा खाने बाघजस्तो पनि त हुनुभएन नि । कुरा बुझ्नुभो होला क्यार ।
बाघ ले भोक लागेको बेलामा आफ्नै बच्चा खान्छ रे !
मैले कत्ती पनि कुरा बुझिन पुष्प जि ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !