आचार्य प्रभा
इच्छाहरुसंगै कैदी भएँ पिंजडाको सुगा झैँ
पखेटाबिहीन भएँ म पिंजडाको सुगा झैँ ।
बोल्न त बोल्छु त र बोलीको औचित्य छैन
मनोरन्जनको बस्तु भएँ पिंजडाको सुगा झैँ ।
पंक्षि हुँ म खुल्ला आकाशमा उडिरहने सधैं
बन्धनभित्र थुनिइरहेँ,पिंजडाको सुगा झैँ ।
आवरण सुन्दर छ,बोली पनि मधुर नै छ
भाग्यको दासी भएँ कठै! पिंजडाको सुगा झैँ ।
(गजल ग्रुपमा समर्पित आज मात्र रचेको यो गजल )
July 2, 2009
Subscribe to:
Post Comments (Atom)
7 Comments:
'इच्छा', 'बिहीन', 'बोली', 'थुनिइरहेँ' शुद्द हुन ।
चरी भुर...................................... र् उडी जा
प्रभा जी लाई खाली जिस्काइरहने Anonymous जी, शुद्ध भन्नुस् शुद्द हैन :)
धन्यवाद Anonymous जी, बेनाम नै रहेर पनि सहयोग गर्नु भएकोमा !
यो हामी सबैमा लागु हुने कुरा होइन र ?
भाग्यको दासी भएँ कठै! पिंजडाको सुगा झैँ ।
कठै हामी सबै!
sabailaai dhanyabaad..............,kamsekam dautariblogspot ta hernu hunchha mero nihule.
oho!mathi shirshak ta galti bhayechha ni.ichhyaa hunu parnema ichya matra bhayechha kasaiko aakha pugena ni?
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !