- मधु माधुर्य, दोलखा
(हाल: मस्को, रसिया)
बगरमा भेटिएको बान्किलो लाम्चो ढुङ्गो -
येतिखेर दोबाटोको चौतारीमा विराजमान छ
बटुवाहरु आउँछन् चढाउँछन्
फूल, स्याउला, चन्दन र फलफूल
हुने खानेले चढाउँछन्
बोका, भाले र भेंडाहरू !
मेरो एउटा सपनीमा
बनदेवी रिसाउनु भयो -
अनिस्ठ पठाउँछु भन्नु भयो
कसले कुरा लाएछ कुन्नि !
मसंग सारै असन्तुष्ट छु भन्नु भयो
जताततै चाकडी मात्र चाहिने
चाकडीको अभावमा -
भगवान भगवान असन्तुष्ट
मान्छे मान्छे असन्तुष्ट
अर्थात्
आफ्नै आविस्कारहरु असन्तुष्ट
चाकडीको बस्तीमा-
सल्बलाए धेरै अनुहारहरु
उचाईमाथिको उचाई नपुगेर हो कि !
मानौ सबै केहि कुरेर बसिरहेका छन्
कार्यक्रम भगवानबाटै शुरु गरें :
झिसमिसे मै चौतारीको ढुङ्गोलाइ
पुरानै बगरमा फर्काइ दिएँ -
एउटा स्वप्न - आतंक रोकियो
चौतरीमा पशु-रक्तप्रवाह रोकियो
हजारौं फूलहरु अन्धाधुन्ध चुडालिएनन्
अल्फा र ओमेगाहरु शान्त होउन्
शान्त होउन् अल्फा र ओमेगाहरु
होउन् शान्त अल्फा र ओमेगाहरु
अब अर्को स्वप्न - आतंक बाँकि छ:
नेपाल सिमानाहरुमै हराईरहेको
देश बिनाको नागरिकता र राहदानी लिएर
केहि पृथ्वीबासीहरु छटपटाईरहेको
अप्रिय दृश्यहरु....
सपना पनि नहोस यस्तो त !!!
चोर, फटाहा र नामर्दहरुलाई लिस्नु चढाएर
देशको सत्ता र आफ्नो अस्तित्व सुम्पेको
दिनको याद आइरहेछ
कुर्सिधारी "दास" हरुकोलागि
गन्तब्य खोज्न
दिन दहाडै
म
मान्छेको भीडबाट
निस्कीरहको छु
एउटा स्वतन्त्रता
नेपालीको अनुहार देखाएर खुलेआम नेपाल बेच्नेहरुबाट
मुक्ति मागी रहेछ
मन्जुश्रीको तरवारको धारमाथि
अन्तिम आस्था र विश्वास संगालेर !
आफ्नै आविस्कार बिरुद्दको युद्धमा
आविस्कारहरु
देश बिरुद्ध
गोहीको आँशु
तप तप चुहाउदै
गुहार मागिरहेछन्
म
उनीहरुकोलागी
अन्तिम गन्तब्य खोजिरहेछु
बनदेवीलाइ बगर जस्तै
अल्फा र ओमेगाहरु शान्त होउन् !
July 14, 2009
Subscribe to:
Post Comments (Atom)
7 Comments:
बिघठन ?
or बिगठन ?
अर बिघटन
कबिता पढ्दा छुट्टै अनुभुती भयो । यो अल्फा र ओमेगाका कुरा भने बुझ्न सकिन । लौ जती बुझे राम्रो लाग्यो बिशेष गरेर यि हरफहरु एउटा स्वतन्त्रता
नेपालीको अनुहार देखाएर खुलेआम नेपाल बेच्नेहरुबाट
मुक्ति मागी रहेछ
मन्जुश्रीको तरवारको धारमाथि
अन्तिम आस्था र विश्वास संगालेर !
आफ्नै आविस्कार बिरुद्दको युद्धमा
आविस्कारहरु
देश बिरुद्ध
गोहीको आँशु
तप तप चुहाउदै
गुहार मागिरहेछन्
म
उनीहरुकोलागी
अन्तिम गन्तब्य खोजिरहेछु
बनदेवीलाइ बगर जस्तै
धन्यबाद मधु जि!
मैले पनि यो अल्फा र ओमेगाका कुरा भने बुझ्न सकिन ।
मधु जि बुझाई दिनु पर्यो यो के भनेको हो ।
सबै कुरा बुझे भने त कबिता नै हुँदैन नि ब्रोज
आदरणीय मित्रहरु !
सबै प्रतिक्रियाहरुकोलागी मुरी मुरी धन्यबाद !
कवितामा प्रयोग गरिएको "बिघठन"= बिगठन नै हो |
अल्फा र ओमेगाको सन्दर्भ बाइबलको प्रतीकात्मक शब्द-संयोजन हो जसले बुझाउँछ :
- आरम्भ र इति
- भगवान
- अघिल्लो र पछिल्लो मान्यताहरु
कविता मा त्यसको भाव : सबै मान्यताहरुमा आफुलाई सर्बेसर्बा हुँ भन्नेहरु चुप लाग (शान्त बनि दिनु) , किनकि अब नयाँ मान्यताको आरम्भ हुदै छ !
ल कबिता त निकै जोडदार लाग्यो। धन्यबाद मधू जी। प्रत्यक हरफ उत्तिकै जोडदार छन। यही हो गध्य कबिताको तागत। लय नै नभए पनि उत्तिकै रस र शसक्त हुन्छन।
हावा जी को कुरो पनि चोत्त बुझ्यो सबै कुरा बुझे भने त कबिता नै हुँदैन।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !