Prabin Thapa
जिन्दगीको रङ्गमञ्चमा हार न जितको भान भयो
कल्पनाको संसार भित्र सपनाहरुको चिहान भयो
आफ्नो विश्वाश आँफैसँग टुट्न फुट्न थालेपछी
रस चुसी थुकी फाल्ने फुटपाथको पान भयो
माथि जाने भ-र्याँङ पाइन तल काँहो थाहै छैन
न त यता न त उता बिचमै ताना तान भयो
दु:खै दु:ख जिबनभरी पिंडा भन्दा केही पाइन
हाँस्नु पर्छ मैले भन्ने बेकारको गान भयो
रित यस्तै चल्या होकी बुझ्नै सकिएन
दोसल्ला अर्कै ओढ्ने मलाई कस्तो सम्मान भयो
June 15, 2009
Subscribe to:
Post Comments (Atom)
4 Comments:
प्रबीन जीको गजलमा सधै पिडा मात्र हुन्छ। यस्को रहस्य के होला हजुर?
प्रबिनजीको सबै गजल पढ्ने गरेको छु, राम्रो पनि लाग्छ । तर प्राय: नैराश्या वा वियोगान्त लेख्नुहुन्छ । वास्तविक जिवनमा भने आशावादी नै हुनुहुन्छ होला भन्ने आशा गर्छु ।
हे वीर हिड अघि सरि
सबै साथीहरुलाइ धन्यवाद! हो मलाई पिंडाप्रद सिर्जना मन पर्ने भएर होला किन किन यस्तै गजल बढी लेख्छु तर हाँसो र ठट्टाको गजल पनि कहिलेकाहि नकोरेको चाहि होइन र आगामि दिनमा अझ बधि कोर्ने प्रयास गरुला पनि।
अनि भनि पनि हालौ वास्तविक जीवनमा भने म त्यती पिडांदायि चाँही छैन है, खुशि नै छु।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !