June 26, 2009

मैन बत्तिको प्रेमकथा

■ अशोक '' खलानको मान्छे''
फ्रान्क्फर्ट , जर्मनी


आँफै सल्किएर खाग भएकी त्यो मैन बत्तिमा
मलाई मेरी प्रियसीको प्रतिछाँया जस्तो लाग्छ
धपक्कै आफु जलेर खाग बन्दा सम्म अरुलाई उज्यालो दिने
त्यस्को पग्लिएको मैन मेरी प्रियसिको आशु लाग्छ
त्यसैले हर युगमा तड्पिने एक प्रेमी मध्य मेरो कथा बेग्लै लाग्छ


मलाई माफ गरिदेउ प्रियसी नलेख्नु थियो मैले तिम्रो कथा
तर आज धेरै बर्ष पछी प्रवाशमा मैन बत्ती बाल्दा
त्यस्को उज्यालो प्रकाशमा तिमी आईदिदा
म लालची बने तिमी सल्किएर दिप्त बनेकी कथा लेख्न
तिम्रो अमर त्याग हर युगको जोडीको भन्दा कम छैन
त्यसैले त तिम्रो सम्झनामा म भोट गएको मदन बन्छु
त्यसैले त तिम्रो प्रखाइमा म जल्दै गरेकी मालती देख्छु


हर युगमा एक अनन्त प्रेमी जन्मन्छन यस धर्तिमा
अनन्त आशु खस्छ त्यो जोडीको प्रेम कथामा
मुटुनै जिरिङ्ग हुने तिनिहरुको बेदनामा
नतमस्तक हुन्छ संसार ति जोडी को तडपमा
हो म तिम्रो तडपको कथा खोज्दै छु
तिमी जलेर खाग बनी अर्कोको बागमा सजिएको पिडा लेख्दै छु


मर्नु भन्दा गाह्रो त्यो बिबस्ताको बाटोहरु
आशु झार्नु भन्दा गाह्रो बाध्यताको हासोहरु
यो जलेकी मैन भन्दा पनि काठोर
अर्काको रातको छटपटी लाग्दो बास हरु
हो म तिम्रो सिरानी को आशु को बेथा खोज्दै छु
तिम्रो हासो भित्र लुकेको पिडा हेर्दै छु


मलाई माफ गरिदेउ मेरी प्रियशी यि मेरा भुल हरु
गल्ती सच्चाउने बाटो होइन गल्ती नदोहोराउने सन्कल्प हो
अबको युगमा मदनलाई एक्लै भोट नजाने आव्हान हो
अबको युगमा मँगले लाई नछुटाउने बाटो हो
मदन भोट जादा मुना उस्की थीई
तर म प्रावसीदा तिमी मेरी थिईनौ
त्यही गल्तिको त प्रयास्चित गर्दैछु
तिमीलाई एक्लै मैले जल्न छाडेको भन्दै छु

तिमी बिना कहाँ खुशी खोज्न सक्थे र म
तिमी बिना उज्यालो बन्थे र म
तिमी बिना कसरी पो पूर्ण हुन्थे र म
तिमी चादनी थियौ मेरो उज्यालोको
म त यात्री मात्र हुँ,तिमी पथ प्रदर्शक थियौ
म त तिम्रो पछी पछी हिडने डुलुवा थिए


तिमी मैन थियौ म त तिमीलाई जलाउने सलाई थिए
यही त विवशता थियो मेरो पहिले म जले
सँगै जल्न सकेनौ यही बाध्यता थियो
त्यसैले म डडिसक्दा तिमी रोहिरहेउ
धेरै बर्ष पछी आज मैन बत्ती सल्काउदा आँफै तिमी ले बुझायौ

.....



3 Comments:

Anonymous said...

सारमा यहि नै सार लाग्यो

तिमी मैन थियौ म त तिमीलाई जलाउने सलाई थिए
यही त विवशता थियो मेरो पहिले म जले
सँगै जल्न सकेनौ यही बाध्यता थियो
त्यसैले म डडिसक्दा तिमी रोहिरहेउ
धेरै बर्ष पछी आज मैन बत्ती सल्काउदा आँफै तिमी ले बुझायौ

Anonymous said...

दौतरीमा भाषिक शुद्धताको कुरा उठिरहने हुँदा, यो सानो निरन्तरताको प्रयास, मेरो तर्फबाट ।
'म लालची बने तिमी सल्किएर दिप्त बनेकी कथा लेख्न ' यसमा, बनेकि नभएर बनेको हुनुपर्ने हो । यस्तो गल्ति धेरैले गर्ने हुनाले सचेत गराउँदछु ।

प्रबिण थापा said...

अशोकि जि तपाइको यो कबिता मा बिबसता र बाध्यताको शिकार बनी बेदेशिन बिबस लाखौ नेपालि मनहरुको कथा ब्यथा छ जो हरेक पल आफ्नो पृयसिको न्यानो अँगालोको झझल्कोमा तड्पि तड्पि जीवनका कठिन क्षणहरु गुजारि रहेका छन्।
कबिता राम्रो छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !