शिव प्रकाश
आदि ....... इत्यादि ……!
असल मित्र हो
उ मेरो
समवेत दुःख पोख्छ
रुन्छ मेरो दुःखमा
दुःखको अवरणले ढाक्छ आफूलाई
चुहाउँदै गोही आँशु भित्रभित्रै
हास्छ, नाच्छ, रमाउँछ
मेरो सुखमा.
उमङ्गभाव खुशी देखाउँछ
खेलाउँदै सुपर्णखा र शकुनीहरु भित्रभित्रै
स्वागत द्वारमा विषकुम्भहरु भेरर
शतरंजाहरु फैलाएर वैठकमा
बस्छ मेरो खुशीमा खुशी वाड्न
आदि ....... इत्यादि ……!
असल मित्र हो
उ मेरो
आगो लाग्दा मेरो घरमा
बाल्टी बोकेर अगाडि उही आउँछ
तल्तिरबाट आगो सल्काउन
अगुल्टो उसैले झोसेको हुन्छ
पछिल्तिरबाट मट्टीतेल खन्याउन
खेताला उसैले खटाएको हुन्छ
घर झगडा सधैं मेरो
मिलाउँन मित्र बनेर
भित्रभित्र धुरा पस्छ
मुखले राम राम “राम” बोल्छ
भित्रभित्रै त “र” “वार” चलाउँछ
सुखदुःखको साथी
असल मित्र हो
उ मेरो
मित्र मात्र होइन भाइ सम्झन्छु
म उसलाई भ्राता भरत देख्छु
तर उसको नाउँ भारत हो
“र” उसको नाउँ भारत हो
आदि ....... इत्यादि ……!!
June 12, 2009
Subscribe to:
Post Comments (Atom)
3 Comments:
Rachanakar jiu lai sa samman yeuta kura bhanna man lagyo:
pahila yaha:
http://www.nepalbritain.com/contents.php?q=2b11266169f16b9d8b7eb54b92429e5a11
Ani yaha:
http://titopiromitho.blogspot.com/2008/07/blog-post_12.html
Pheri yaha:
http://guild.sajha.com/sajha/html/openThread.cfm?threadid=62161
arko yaha:
http://nepalimanharu.blogspot.com/2009/06/blog-post_09.html
maile bheteko arko yaha:
http://www.titopiromitho.com/2008/07/%E0%A4%B0-%E0%A4%89%E0%A4%B8%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%81-%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4-%E0%A4%B9%E0%A5%8B/
hudai aba kati taham ma
“र” उसको नाउँ भारत huncha???
र भारतको नाउँ 'र' हो ।
कबिता धेरै ठाउँमा आएको रहेछ । पहिला पनि प्रकाशन भएको तर अहिले समय सन्धर्भिक भएकोले पुन राख्नेकी भनेर शिब जि ले भन्नु भयो । उहाको बिचार सित सहमत भएर यो कबिता पुन राखिएको हो ।
यो बिबद पर राखेर हेर्दा कबिता निकै राम्रो र चोटिलो लाग्यो ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !