(यो यात्रा शुरु देखी पढ्न यहाँ र पाचौं भाग पढ्न यहाँ पस्नुहोस)
मलाई एकदम असजिलो अनुभब भयो, के गर्ने यही बसेर तिनीहरुको तमाशा हेर्ने कि अर्को ठाउँ खोज्ने कि ? निधो गर्न सकिन। हुनत, त्यो बसाइ केही दिनको लागि मात्र थियो तर आफन्त युबा उमेरका केटाहरुको स्वच्छ्न्द बातावरणमा तगारो बन्ने कि, देखेको नदेखै गर्ने कि रणभुल्लमा परे म ।
भोली पल्ट, जस्ले हौस्याएका थिए मलाई अस्ट्रेलिया खुर्मुरिन, लिन आए र सिडनी मा बसोबास गर्ने बिभिन्न नेपाली मित्र हरुकोमा पुर्याए । आफ्नो अनुभब अनी इच्छाका बारेमा उनीहरु सित बिचार साटा साट गरियो । अनुभबी र अध्यागमन सम्बन्धी काम गर्ने कानुन्बिद संग सल्लाह गर्दा, छिटो स्थाइ बसोबासको कागज बनाउने हो भने रेस्टुरा मार्फत सजिलो हुने रैछ शेफ बनेर । त्यस बेला ( १९९७ ) सिडनीमा काठमान्डु किचेन र याक एन्ड यती नाम का दुई मात्र नेपाली रेस्टुरा थिए । रेस्टुरा सन्चालनको लागि रकमको अन्दाजिफिकेसन पनि गरियो न्युनतम र अधिक्तम को आधारमा, बिभिन्न सम्भाबित स्थानको भ्रमण गरियो । तीन हफ्ता को बिच मा सिडनी टावर, हार्बोर ब्रिज, बोन्डाइ बिच, अपेरा हाउस, किङ क्रसको रमझमले मोहनि मात्रै लगाएन लगेको समान पनि किङ क्रस कै एक भियतनामी पसलेले जम्मै किनिदियो । लागत को ४ गुना मुल्य प्राप्त भयो । चिठ्ठा नै परे जस्तो सजिलो सित समान बिक्यो, जो सोचेकै थिएन । अस्ट्रेलियन प्लास्टिकको डलर बर्षने भो भन्ने सोचे मख्ख परें । अब सिडनीमा रेस्टुरा खोल्ने, हस्तकलाको समान बेच्ने र भकाभक डलर थुपार्ने दृण इच्छा मनमा जगाइ अर्को पटक आउँदा बस्ने बासको समेत बन्दो बस्त मिलाए र छिट्टै सधैंको लागि बस्ने गरी आउने भनी भेटे जतीको कानमा झ्यालि पिट्दै नेपाल फर्किए ।
नेपाल पुगेर बाबु बाजेले दु:खले होकी सुखले आर्ज्या बारीका पाटा बैकंमा धितो राख्ने काममा लागें, महिना दिन भन्दा बढी को दौड धुप पछी लालपूर्जा बैकंलाई जिम्मा लगाइ दिए र नगद बोकी लागे अस्ट्रेलिया तिर, भारी मन बनाएर उतै को पी आर बन्ने सपना साचेर ।
जब सिडनी पुगें मलाई सपना देखाएर रुखको टुप्पोमा पुर्याउनेको मन बदलिएर मुन्टो बट्टारिएको महसुस गर्न गार्हो भएन । मलाई स्पोनसर गर्दा आइपर्ने दर्जनौ रिस्कको लिस्ट बनाएर बसेका रहेछन उनी त, र सहयोग गर्न नसक्ने मनस्थिती मा रहेछन । कस्तो मजाक ? सल्लाह बमोजिम नै बिश्वास गरेर जग्गा धितो राखी पैसा लेराएको थाहा पाउँदा पाउँदै यस्तो गर्ने भनी बिन्ती गरे पछी अली पग्लिए जस्तो लाग्यो । फेरी धेरै सित शिखर सम्मेलन गरेछन र बल्ल दुई महिना बिते पछी ‘ल सस्तो भाडा दर भएको ठाउँ खोज, म आबश्यक कागज पत्रमा सहि गरी दिन्छु’ भने ।
यो समयमा कैयौं ठाउँ हेरेको मात्र होइन भिक्टोरिया र बिस्मेन राज्य समेत घुमी सकेको थिए । उन्को मनमा डर पलाएछ कि कतै यस्ले भाडा नतिरी भाग्यो भने आफ्नो टाउकोमा पर्छ । त्यसैले पछी हटेका रहेछन । जती राम्रो ठाउँ त्यती महंगो भाडा आले टाले गर्दा गर्दै ४ महिना बिते पछी एउटा ठाउँ त मिल्यो, जुन ब्यवसाय को लागि उचित थिएन । आफु सित बिकल्प थिएन । ब्यापार स्यापार देखा जाएगा पी आर भए पछी केही गरौला नि भन्ने सोची होम्मिए ५ महिना बित्त्यो बल्ल मैले ' रोदी घर' नामको नेपाली भान्सा घरको शुभारम्भ गरें ।
भान्सा घरको शुभारम्भ संगै अध्यागमनको लागि कागज तयार भयो आफु लाई अप्ठ्यारो मा नपारी दिन कसम खुवाउँदै अमिलो मुखले सहि गरी दिए। मैले सय मुरी धन्यवाद दिएं । सुरु महिना राम्रो भए पनि दोस्रो महिना देखी ब्यवसाय ओरालो लाग्न थाल्यो। काम गर्नेको तलब र भाडाको खर्च बगलीबाट जान सुरु भयो । सामान्यत तीन महिनामा सकिनु पर्ने अध्यागमनको प्रकृया ६ महिना बित्दा पनि पारीणाम आएको होइन । आम्दानि जिरो मा झरी हाल्यो नेपाल बाट थप पैसा मगाएर घाटमा मुर्दा कुरे झै अध्यागमनको पत्र कुरेर बस्नु को बिकल्प थिएन । आज-भोली, आज-भोली गर्दै प्रतिक्षामा हबिगत पातलो भै राखेको थियो एक दिन साँझ अचानक अस्ट्रेलियाको अध्यागमनका दर्जन दुतहरुले रेस्टुरा घेरे -------- बाँकी अर्को भागमा।
(यो यात्राको सातौं भाग यहाँ छ )
4 Comments:
शेखर जि को यो डलर टिप्ने यात्रा निरन्तर रुपमा पढ्दै आएको छु जती पढ्यो त्यती त्यसपछि के भयो भन्ने कौतुहला बढेर आउछ,सुन्दर प्रस्तुती शेखर जि आगामि अंक को प्रतिक्षामा छु ।
तपाईको यात्रा भोग्नेलाई भने रोचक -घोचक दुबै भए होलान तर पढ्नलाई भने साह्रै रोचक लागी रहेको छ।
धरोधर्म अहिले सम्म पढ्दा पनि तपाई 'लक्की' हो कि 'अनलक्की' हो छुट्ट्याउनै सकेको छैन । दु:ख पनि पाउनु हुँदो रहेछ, फेरी असजिलो काम पनि सजिलैसंग पनि हुँदो रहेछ । जे होस निकै रसीलो छ यो यात्रा।
आ...ठिकै पो गरेछु क्यारे बिदेश नगएर
ho ekalkate gi , bidesh ma ta dukhha po hunerahecha . hamro nepal ma dherai sukha bhayera po ho ki nepal garib bhayeko ? shekhar ji tapai ko yo yetra le safalata paous hai . keep its up
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !