May 15, 2009

माधव नेपालको सपना र प्रजातन्त्रको हार

एउटा अंग्रेजी उखान छ "you fool me once shame on you, you fool me twice shame on me" । जन अन्दोलन २०४६ को सफलता पछी ठुला ठुला सपना देख्ने धेरै नेपाली थिए, तर प्रजातन्त्र पछी आफ्ना ति सपनाहरु साकार भयो भन्ने कती होलान आज ? आफसोच!, झन्डै २० बर्ष पछी पनि ति सपना बेच्नेहरु आझै हाम्रा नेता भएर बसि रहेका छन ।

मैले संधै दोष जनतालाई नै दिने गरेको थिएं, what you pay is what you get। एकै छिनलाई राष्ट्रिय राजनीति बिर्सेंर एउटा निर्वाचन क्षेत्रबाट सोचौ, २० बर्ष देखी जित्ने एउटै नेता छ । जिते पछी आफ्नो क्षेत्रमा बिकास गर्नु पहिले काठमाडौंमा घडेरी जोड्छ, आफ्नो क्षेत्रमा पाठशाला बनाउन पहिला काठमाडौंमा घर ठडाउछ, आफ्नो क्षेत्रमा बाटो ल्याउनु भन्दा पहिला नयाँ घरलाई सडकसंग जोड्छ, र आफ्नो क्षेत्रमा नयाँ ब्यापार उद्ध्योग भित्राउनु भन्दा बिदेशमा आफ्ना सन्तानलाइ Gas Station किन्न मद्घत गर्छ । यती हुँदा हुँदै पनि संधै त्यो क्षेत्र को नेता त्यही ब्यक्त्ती हुन्छ भने दोष कसको ?

तर आज आएर चुनावमा (दुइ दुई ठांउमा) जनताले हराए पनि एक नेतालाई प्रधानमन्त्री बनाउने कुरा भै रहेको छ । मेरो माधव नेपालसंग केही ब्यक्तिगत रिसईवी छैन, तर माधव नेपाल प्रधानमन्त्री भए मैले जनतालाई दोष दिने ठांउ पनि हुंदैन (बामदेव उप प्रम भएर पहिलै जनाताको पनि केही सिप नलाग्ने प्रथाको थालनी भै सक्यो)। मैले यहाँ कुरा नियम, मर्यादित प्रजातान्त्रिक अभ्यास, र नैतीकताको गर्दै छु, कुनै पार्टी वा ब्यक्तीको हैन । राजनीतिमा नैतीकताको कमि संसारको सबै देशमा हुन्छ, त्यसैले होला शब्दकोषमा राजनीति र समाजसेवा भन्ने दुई भिन्न शब्द छन । तर हाम्रा नेपाली नेता (अधिकांशमा) नैतीकता सुन्य प्रतिशित हुनु हामी नेपाली को दुर्भाग्य हो ।

यही मौकामा आर्को कुरा पनि भनि हालुं, आहिले एमाले को नेत्त्रिव सरकार बने पनि १-२ महिना मै नेपाली कांग्रेस प्राइभेट लिमिटेड का CEO गिरिजा प्रसाद र नेकपा जंगली मावोबादी लाई सक-सक भएर सरकार गिराउन तर्फ लागि हाल्छन । मैले पहिले देखी नै भन्दै आएको कुरा हो, यि ६०१ को चयन संविधानको निर्माणका लागि हो सरकार बनाएर अग्रगामी छलाङ मार्नको लागि हैन । त्यसैले यि ६०१ लाई संविधान बनाउने मात्र जिम्मा दिएर सरकार चलाऊने जिम्मा, सिमित अधिकार को साथ, नागरिक समाजलाई दिए हुन्थ्यो (जस्तै विश्वनाथ उपाध्याय, दमननाथ ढुंगाना, ॠषिकेस शाह आदी)। नत्र खै कहिले सकिने यो किचिलो !!!



2 Comments:

प्रबिण थापा said...

समग्रमा प्रज्वल जि सग मेरो पनि सहमती छ, सबै भन्दा चित्त बुझेको कुरा भने -
१ राजनीतिमा शत प्रतिसत नैतीकताको कुरो हुँदैन तर हाम्रा नेताहरुमा शुन्य प्रतिशत छ।
२ ६०१ को काम संबिधान निर्माण गर्नु हो सरकार बनाएर अग्रगामी छलाङ मार्नको लागि होइन।
प्रज्वल जि! खोइ नागरिक समाज पनि त्यती विश्वासिलो देख्दिन हाम्रोमा तर तपाईंले भने जस्तै नेताहरु भन्दा अली
असली चाँही हुन सक्छन।

Dilip Acharya said...

कमसेकम पनि संबिधान बन्नु अगाडिसम्म सबै दल मिलेर 'कसैले पनि नढाल्ने' सहमतिमा सरकार बनाउनु पर्ने हो ।

समग्रमा देशको स्थिति बसाल्नु भन्दा पनि, तपाईकै शब्द सापटी लिने हो भने, दलका CEO हरुलाई अझै पनि कुनै सरकार ढाल्न सक्दा वा ढल्दा बढि षन्तोस र आनन्द मिलेको देखीन्छ ।

राष्ट्रीयता र नैतीकताको यस्तो खडेरी लागेको बेलामा कसबाट के आशा गर्नु, उहि तपाईको उखानमा जस्तै 'shame on us' भन्नु बाहेक केहि देखीदैंन ।

माकुनेको सबालमा, अब त चुनाबमा हारेको मान्छेलाई प्रधानमन्त्री बनाउने वा नबनाउने भन्दा पनि यीनी प्रम भए पनि कति दिन टिक्न सक्लान भन्ने चिन्ता लाग्न थालेको छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !