प्रबिण थापा
तिम्रो तस्बिर हेरेर, आज फेरी रोए
मिठो अतित सम्झेर,आज फेरी रोए
बल्झिए घाउहरु,चट्याङ् पर्यो मुटुमाथी
आँफैसग दु:खेर, आज फेरी रोए
भक्कानिए बिथोलिए,भाबबिभोर भए
अझै प्याला थपेर, आज फेरी रोए
हप्ता,महिना, बर्ष बिते,खबर आएन
भलो तिम्रो जपेर, आज फेरी रोए
आँखाभरी सुनामी झै याद उर्ली आयो
पुराना पत्र पढेर, आज फेरी रोए
May 31, 2009
Subscribe to:
Post Comments (Atom)
3 Comments:
hearttouch----
प्रवीणजीको वेदनामय अनुभूतिको रङ तिक्खर छ । यतिसम्म उदार हुनुभएको छ, यही त हो प्रेम- "हप्ता, महिना, वर्ष बिते, खबर आएन भलो तिम्रो जपेर, आज फेरि रोएँ ।" रुनैलाई त कहाँ रुन्छ र मान्छे, रुनुमा पनि अर्थ र कारण हुन्छ । तपाईँका अभिव्यक्तिगत रुवाइमा मैले वजन भेटेँ ।
पुराना कुरा अक्सर खुइलिएर जान्छन्, यादका झ्यालबाट किरमिरे कब्जा उप्किएर हराइहाल्छन् तर आत्मीयता र सम्बन्धमा केही यस्ता तह हुन्छन् जुन सुनौलो खिया बनेर रहिरहन्छन् छातीको भित्तामा ।
अनि प्रवीणजी, व्याकरणिक शुद्धतामा पनि अब दौँतरीमार्फत नै हामी सबै मिलेर पहल गरौँ है । आफैँलाई प्रश्न गरौँ केही लेखिसकेपछि, के-कति ठीक गरियो के बेठीक ? अनलाइनका पाना तथा पत्रिका-पुस्तक पढ्दा पनि अरूको लेखाइ पनि गहिरिएर हेरौँ । तपाईँकै यस गजलमा पनि 'रोएँ' हुनुपर्ने सबै ठाउँमा चन्द्रविन्दु छुटेको छ । वाचनमा हाम्रो जिब्रोले दुरुस्तै मिलाए पनि लेख्य रूपमा ती चिन्ह नदेखिँदा शब्द नै अपाङ्ग लाग्छ । साथै वाक्यको पूरा पठनमा त्यसको भाव बुझिए पनि केलाएर पढ्ने हो भने रोए, गरे, भने, सोधे जस्ता क्रियापदले प्रथम पुरुष एकवचनसँग तालमेल नजनाई तृतीय पुरूष (उनले, तिनले, उनीहरूले, तिनीहरूले)सँग हातेमालो गर्न खोजिरहेका हुन्छन् । लागेको कुरा भनिहालेँ । आगामी सहयात्रामा पनि छलफल गर्दै गरौँला । दौँतरी एडमिनले यस कुरा ध्यान पुर्योओस् ।
अस्तु ।
धन्यवाद धाइबा जि! तपाईंको यो महत्वपुर्ण सल्लाहा र सुझाब को लागि । हो साच्चै हामी नेपालीहरुको बोलाइ र लेखाइमा भाषिकताको तात्विक अन्तर भेटिन्छ। वास्तवमा भन्दा हामी नेपाली व्यकारणमा निकै पछि छौ लेखाइको हिसाबमा भन्दा । तपाईंको यो पहलमा जती सक्दो साथ दिने प्रण गर्छु र साथै दौतरी एडमिनलाइ म पनि अनुरोध गर्न चाहन्छु । आगमि दिनमा आफुले भ्यासम्म शुद्धा शुद्धिमा ध्यान दिनेछु । पुन: एकपटक धन्यबाद।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !