May 19, 2009

बुर्की मुरी नछरे है

सुमन सुधा

मेरो सन्देश हात लाग्दा रिसले हुरी नबने है
सक्दिन भो अब आउन बाटो कुरी नबसे है

सौभाग्यका यी श्रृँगारहरु अर्कैको लाए पनि
तर्किएर झर्की बोली मलाइ घुरी नहेरे है

बदलाको भावनाले दुश्मनलाइ राज खुल्छ
पराइ ठानी एकअर्काले हाम्रो दुरी नबढे है

मिलन मात्र हुने भए विछोडको के अर्थ र
व्यर्थ भनि जिन्दगी साहारा छुरी नलिए है

मनमा चाहना हुदाहुदै भाग्यले रच्यो खेल
मेरो लागि मर्‍यो भनि बुर्की मुरी नछरे है



2 Comments:

ठरकि दादा said...

मीठो भाव छ।

हुन त म जानकार होईन तर पनि बनोटको हिसाबले हेर्दा भने, गजल बन्दा-बन्दै गजल पनि नबनी कविता र गजलको बिचमा अलिकता अलमल भएजस्तो लाग्यो।

काफिया सुन्दर हुँदा हुँदै पनि रदिफ अलि नमिलेको जस्तो लाग्यो है मलाइ ।

प्रबिण थापा said...

अ ठकरी दादासगा मेरो पनि सहमती छ,सुन्दर शब्द संयोजन र काफिया चयनमा ज्यादै संयमता देखिएपनि रदिफको भिन्नताले पूर्ण गजल बन्न सकेको देखिदैन। यसो यतातिर अलिकति समय दिन सके बेजोडको गजल् बन्ने थियो सुमन् जि!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !