May 9, 2009

जिस्किन थाल्यौ प्रिया

सुमन बगाले
फाट्दा मुटु नदेख्नेले लुगा फाटदा देख्यौ प्रिया
रुख चढाइ बन्चाराले फेद गिडी ढाल्यौ प्रिया

पुर्णिमाको जुनमापनि कालो दाग औलाएर
दोबाटोमा अल्झाइ पाइला अन्तै चाल्यौ प्रिया

भ्रुण मै मरे कोपीला रुखो बोटको के रङ रुप
चिनो दिइ सम्झनाको भित्र भित्रै पोल्यौ प्रिया

गाइ मारेर गधा पुज्ने चलन चल्ती तिम्रो रैछ
धोइ पाप पखाल्नलाइ लाख बत्ति बाल्यौ प्रिया

सँगै हिड्ने सहयात्री नहुने रहेछ जिवनसाथी
बनी काल हिजो आज जिस्किन थाल्यौ प्रिया

सुमनजी आफ्नो ब्लगमा अन्य गजलहरु पनि पढ्न सकिन्छ



3 Comments:

प्रबिण थापा said...

nice suman ji!

बिप्लब said...

प्रबिण जी पनि त लेख्नुहुन्छ नि होइन र? तपाइका गजल हिजो आज देख्दिन नि, कि सन्यास लिनुभयो?
सुमन जी का गजल राम्रा छन। लेख्दै गर्नुहोला। हामीलाइ पढ्न मौका दिदै जानुहोला।

प्रबिण थापा said...

सम्झिनु भएकोमा धन्यबाद छ बिप्लब जि!
कहिलेकही जानी नजानी भनेपनि लेख्ने गर्छु । लेख्दै छु दौतरिमा पनि सन्यास् भने लिएको छैन है, साहित्य लेखनमा पनि सन्यासको कुरा हुन्छ र भन्या? केही दिन पछि नै आउँदै छ मेरो गजल ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !