शेखर ढुङेल
०५-०९-२००९
बिगत केही बर्ष देखी नेपालको साना ठुला जूनसुकै घटनामा पनि बिदेशी कुटनितिज्ञहरुको अधिक सक्रियता बढेको देखिन्छ । जुन एक स्वतन्त्र सार्बभौमसत्ता सम्पन राष्ट्र को आन्तरिक मामलामा अस्वाभाबिक हस्तक्षेप हो । बिदेशी दुतहरुको एक निस्चित कार्य क्षेत्र, मर्यादा र प्रकृया हुन्छन । सार्बभौम राष्ट्रको सरकार वा राष्ट्र प्रमुख लाई भेट्न बिदेश मन्त्रालय मार्फत प्रोटोकल पुरा गरे पछी मात्र समय लिएर भेट्ने विश्वब्यापी प्रचलन छ । तर नेपाल मा बिदेशी राजदुत ले हफ्तामा १० पटक सम्म प्रधान मन्त्रीलाई भेट्दछन मानौ कुनै मालिकले आफ्नो कम्पनी को प्रबन्धक लाई भेटदै छन । यस्तो प्रबृतिले के सोच्न पर्ने अवस्था आइसक्यो भने कतै नेपालमा स्वदेशी र बिदेशी को द्वैध शासन चलिराखेको त छैन ? देश को आन्तरिक मामिला मा यत्रोबिधी चलखेल र भूमिकालाई किन स्वागत गरी राखेका छौ हामी ?
देशको पछील्लो राजनैतिक घटना क्रम संगै एकै पटक अमेरिका, बेलायत, फ्रान्स, फिनल्यान्ड, जर्मन, डेनमार्क, र युरोपियन युनियनका राजदुतहरुले एमालेको केन्द्रिय कार्यालयमा पुगी अध्यक्ष खनाल सित भेटेको समाचार लगायत अन्य गतिबिधीले यो लेखक नेपालमा एक स्वदेशी, दुई बिदेशी कुटनितिज्ञ र तीन एन जि ओ, आइ एन जि ओ गरी त्रिकोणीय सरकार छ भन्ने निस्कर्षमा पुगेको छ । हो, आज को ग्लोबल भिलेज अबधारणाको विश्वमा कुनै देशमा प्रजातन्त्र, मानबाधिकार, दन्डहिनता, प्रेस स्वतन्त्रता जस्ता सम्बेदनशील अन्तरराष्ट्रिय बिषयमा सम्बन्धित सरकारलाई सुझाब, खबर्दारी गर्नु, कुटनितिज्ञहरुको धर्म हुन सक्ला, तर सरकार बनाउने गिराउने, राष्ट्रले आवश्यक्ता अनुसार निती नियम बनाउने, प्रशासनिक हेरफेर गर्ने जस्ता नितान्त आन्तरिक बिषयमा समेत बिदेशीको चासो र हस्तक्षेप स्वाभिमानी नेपालीलाई पाच्य हुने कुरो हो जस्तो लाग्दैन । ६० बर्ष् प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त भै सकेका नेपाली जनता र सरकारले गरेको निर्णयको बिरुद्ध बिदेशी कुटनितिज्ञले गर्ने हस्तक्षेप एक स्वतन्त्र राष्ट्रको अस्तित्व माथि नै प्रहार हो जस्तो मलाई लाग्दछ । सरकारले गर्ने गलत निर्णय को प्रतिकार गर्न सक्ने क्षमता नेपालीमा छैन जस्तो मलाई लाग्दैन । ०३६ -०४६ र ६२-६३ को आन्दोलन प्रत्यक्ष प्रमाण हुन ।
यस्ता बिदेशी चलखेललाई राजनैतिक बिस्लेषकहरुले तीन क्षेत्रमा बिभाजन गरी अध्ययन गरेको पाईन्छ । एक - भारतीय साउथ ब्लक वा '' र'' को नेपालमा भारतीय निती मुताबिक नेपालको पररास्ट्र, आर्थिक र राजनीति निती माथि प्रभाब र हस्तक्षेप कारी भूमिका खोज्ने । दुई - अमेरिका र युरोपियन राष्ट्र को तिब्बत को चासो र नेपाल को भुमी को उपयोग निती र तेस्रो - नेपाललाई इशाइ राष्ट्र बनाउने अन्तरराष्ट्रिय क्रिस्चियन मिसिनरी को रणनिती ( बिभिन्न आइ. एन. जि. ओ. मार्फत ) ।
सर्सर्ती हेर्दा प्रजातन्त्र र मानबाधिकार माथिको चासो जस्तो देखिए पनि बिदेशी कुटनितिज्ञहरुको बढ्दो चलखेल र सरकार माथिको दबाब देख्दा भित्री मनसाय भने माथि उल्लेखित बिषयमा नै केन्द्रित छ भन्दा अत्युक्ती नहोला । बिगत दशक देखी सरकार बनाउने र गिराउने खेल लगायत १२ बुंदे सम्झौता, संबिधान सभा को निर्वाचन, राजसस्था को अन्त, धर्म निरपेक्षता को घोषणा गराउने खेल मा प्रत्यक्ष बिदेशी को हस्तक्षेप भएको छ । बिदेशी को अशिर्बाद थाप्ने होडमा माओवादी लगायत सबै दल को प्रतिस्पर्धा छ र नेता तिन्का एक इमान्दार कार्यकर्ता जस्ता देखिनाले नेपाली को स्वाभिमान मा धक्का पुगेको छ भनी बिज्ञ हरु बताउन थालेका छन ।
सत्तामा पुग्न बिदेशी को आसीर्बाद माग्ने र सत्ताबाट हट्नु पर्दा गाली गर्ने एउटा बिडम्बना युक्त प्रबृति पनि हाम्रो सामु छ । गणतान्त्रिक नेपालका निर्बाचित प्रथम प्रधानमन्त्रीले आफ्नो राजिनामा सम्बोधनमा राजिनामा गर्नु पर्दाको कारणमा पनि बिदेशी दबाब लाई इङित गरेका छन । यद्यपी यो नयाँ कुरो होइन, पछील्लो कडि मात्र हो । यो अवस्था सम्म आइ पुग्दा प्रचन्ड कै भनाइलाई आधार मान्ने हो भने पनि एउटा जन निर्बाचित सरकार बिदेशी को कारण ढल्दछ भने ''नागरिक सर्बोच्चता'' को प्रश्न मा शेना लाई जोड्नु को कुनै तुक नदेखिदने मात्र होइन बन्द र राष्ट्रपती को बिरोध पनि तर्क संगत मान्न सकिदैन । बिदेशी हस्तक्षेपको शिकार हिजो कोइ भए आज प्रचन्ड र भोली अर्को हुने नै छ । राजिनामा पछी सुदले फेरी प्रचन्डलाई भेटे, अमेरिकि राजदुत पौलिनले गिरिजा लाई भेटिन । जुनसुकै बहानामा एक स्वतन्त्र सार्बभौम सत्ता सम्पन्न राष्ट्र नेपालको आन्तरिक मामिलामा दल र नेताहरुलाई बिदेशीले खेलाउने र खेल्ने घातक प्रबृतिले राष्ट्रको स्वतन्त्र अस्तित्व माथि हस्तक्षेप भै राखेको छ ।
13 Comments:
शेखर जि, अत्यन्तै मन छुने लेख के गर्नु अबत हुँदा हुँदा राजनीतिक दलहरु मात्र नभएर सेना माथिपनि बिदेशी हस्तक्षेप भैसक्यो । सधैं सहमतिको कुरा गर्छन नेताहरु तर साना कुरा हरुमा सहमती गर्न पनि बिदेशी दुताबास भित्र पुग्छन । यस्तै चाल हो भने भोलिको हाम्रो भबिश्य कुनी कता जाने हो? दोष बिदेशी दुताबासको,राज्दुतहरुको होइन हाम्रो दरिद्र र गैर जिम्बेवारी पाखान्डी नेताहरुको हो । खोइ नेपाली जनताले कहिले बुझ्छन यि सब वास्तविकताहरु?
म त छक्क पर्छ, देश चलाउने नेता हुन कि राजदुत?
समया,परिस्थिती, आबश्यक्ता हेरेर देश चलाउने कुनै नेता नै जन्मिएका छैन कि क्या हो हं?
I am surprised to see this article in this kind of like Congressi blog. There is no reason to reason why it is happening in Nepal.
When there are leaders like Makune and Girija and since they are the ones who think that they can't move a step without the blessing of foreign elements, what more can you expect?
very nice article .
heart touch ----
thanks a lot Shekhar ji !
nepaliluna@gmail.com
" हाम्रो मन यसरी नै दुख्नु पर्छ ---"
__________________
सुदहरुको आशिर्बाद को छाया भित्र परेका
पाटिका मान्छेहरु
तै चुप मै चुप हुँदै
गरुडको छायामा
सर्प गुटुमुटिए झै
गुट्मुटिएको देख्दा ---
म तीन छ क्क परेकी छु !
तर छ क्क पर्नु सँगइ
मन आशातित पनि भएको छ
किनकी
आज भोली मैले
स्बतन्त्र सार्बभौम सत्ता सम्पन्न नेपाल को आन्तरिक मामालमा
सुदहरुको हस्तछेप हुँदा
थुप्रै देख्ने मन भेटेकी छु ---
जब घाऊ दुख्छ
तब न उु प चार को क्रम शिघ्र हुन्छ ---
थुप्रै मनहरु बेस्मरी दुखेको छ
हो , हाम्रो मन यसरी नै दुख्नु पर्छ ---
जब घाऊ दुख्छ
तब न उुप चार को क्रम शुरु हुन्छ ---
( मुलुकको अत्यन्तै सम्बेदनशील बिषयमा हिर्दयको ज्बार भा टा बिस्फोट भएर लेखिएको यो लेख का लेखक शेखर जि लाई हिर्दय देखी नै मुरी मुरी धन्यवाद । )
its really nice artical shekhar ji keep it up.
लुना जी कता हराउनु भएको थियो, धेरै भयो तपाइलाइ यांहा नदेखेको।
तपाइको ब्लग लेखन कस्तो हुदैछ?
सन्तोष मित्र तपाइले त ब्लगलाइ पनि बादि बादि मा छुट्टाउनु भएको रहेछ। दौतरी निकै पढ्छु सबै कुरा देख्छु तर तपाइले कांग्रेसबादी कसरी देख्नुभयो। अन्य ब्लग कुन कुन बादी छन जानकारी पाउन ?
बिप्लब जि !
ब्लग लेखन भनेर सोध्नु भो , मेरो त ब्लग त छैन त !
( कमेन्ट लेख्ने पाठक लाई पनि ब्लग लेखन भनिन्छ र ? मैले बुझिन है । यसो एक दुई ब टा कथा त लेखेकाइ हो , तर मेरै ब्लग त का छ र ! )
धन्यवाद है सम्झिनु भएकोमा ।
लुना जी तपाइले ब्लगमा लेख्नुहुन्थ्यो नि हैन र? अब ब्लगमा लेखे पछी त तपाइको ब्लग भयो नि कसो? त्यसमा अरुका पनि होलान, ति अरुका भए। तपाइले लेखेको ब्लग त तपाइकै भयो नि। मैले साइटको कुरा गर्या होइन के। ल ठिकै छ तपाइको कथा लेखन कता पुग्यो त?
ए! बल्ल अल्ली अल्ली बुझे झै भयो !
भने पछी ब्लग मा लेखिदा त्यो लेखेकोलाई पनि ब्लग नै भन्ने राइछ है ! प्राबिधिक कुरा नबुझ्ने लाई त सार्हो पो पर्छ त ! के के हो के के कता हो कता !
फेरी पनि धन्यवाद है बिप्लब जि तपाईंलाई ।
कथा लेखन यसो शुरु गरेकी थिए रहर ले , मुर्झाइ सक्यो ----फेरी पलाउन पनि सक्ला ----
धन्यवाद फेरी पनि तपाईंलाई ।
लुनाजी,
हो त नि यो बिदेशीका मतियारहरूले गर्नु गरे हाम्रो मुलुकमा ।
माओवादी : मेड इन इन्डिया -युवराज गौतम
२७-वैशाख-२०६६,आइतवार
विषवृक्ष रोपेर अमृतफलको आशा गर्नु मूर्खता ठहरिन्छ। माओवादीसँग सहकार्य गर्दा प्रजातन्त्र सुनिश्चित, सुरक्षित र सुदृढ हुन्छ भनेर सोच्नु पनि त्यस्तै कुरा थियो। बीपीको चिन्तनबाट हजारौं माइल टाढा बहकिएको नेपाली कांग्रेसले समेत उग्रवामपन्थीहरूसँग सहकार्य गर्न खोज्नु आत्मप्रवञ्चना, आत्मश्लाघा र आत्मघातमात्रै थियो भन्ने कुरा समयले आज पुनर्पुष्टि गरेको छ। सत्ताप्राप्तिलाई नै सिद्धान्त देख्ने एमालेसरह कांग्रेस पनि जब माओवादीका एजेन्डामा सहर्ष सती गयो, कांग्रेसको प्रजातन्त्र त्यही दिन नै समाप्त भयो। आजको कांग्रेस बीपीपथ त्यागेर प्रचण्डपथ हिँड्न खोज्दा घरको न घाटको बनेको छ। संसदीय पद्धतिमा आस्था राख्ने लाखौं कार्यकर्ता निरास छन्। पार्टी मृतप्रायः बनेको छ। सत्तालाई नै सर्वस्व ठान्ने गिरिजाप्रसाद कोइरालाजस्ता अदूरदर्शी नेताका कारण कांग्रेसीहरू आज लज्जित, अपमानित र संकुचित हुन पुगेका छन्। को–मिन–ताङ पार्टीको नियति भोग्न कांग्रेस बाध्य छ।
झलनाथ खनाल र वामदेव गौतमलगायतका माओवादीपरस्त नेताहरूका कारण बितेका केही दिनयता एमाले पुनः निर्वस्त्र बनेको छ। माओवादीलाई राजनीतिक मूलप्रवाहमा ल्याएको दाबी गर्ने एमाले–कांग्रेसलगायतका 'सात दलका नेता' विस्तारै शिथिल बनेका छन्। नेपाली सेना र माओवादीबीचको तीव्र विवाद, कलह तथा ध्रुवीकरणमा एमाले–कांग्रेसलगायतका दलहरू माओवादीबाट टाढिँदै गएका छन्। माओवादीको 'अन्तिम लक्ष्य' जनगणतन्त्रमा आधारित एकदलीय अधिनायकवाद नै हो भन्ने कुरा नेताहरूले अहिलेमात्र बुझेको नाटक गरिरहेका छन्, जुन आफैंमा विडम्बनापूर्ण छ।
नेपालमा विकसित पछिल्लो घटनाक्रमले जन्माएका परिणामहरू अप्रत्यासित होइनन्। अनमिनले छापामारहरूको प्रमाणीकरण गर्दा यथार्थ कुरा लुकाउँदै छ भन्ने थाहा पाएर पनि दलहरू रहस्यमय ढंगले मौन बसे। माओवादीबाहेक अन्य पक्षले प्रमाणीकरणलगायतका सही सूचना पाएर पनि मौन बस्नुको कारण के थियो? माओवादी छापामारहरू २०६३ साल मंसिरसम्म ६/सात हजारको हाराहारीमा मात्र थिए भन्ने कुरा सो पार्टीका नेता प्रचण्डले एमाले नेता माधव नेपाललगायतका केही व्यक्तिलाई जानकारी गराएको कुरा सञ्चारमाध्यमहरूमा आइसकेको छ।
गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, पशुपतिशमशेर राणा, झलनाथ खनाल, माधव नेपाल, केपी ओली, शेरबहादुर देउवा, नारायणमान बिजुक्छे, चित्रबहादुर केसी, कमल थापा तथा सेनाका उच्च अधिकारीहरूलाई समेत माओवादी छापामारहरूको वास्तविक स्थिति थाहा नभएको होइन। 'शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्यातउने' रेडिमेड वाक्यांश रट्दै नेताहरूले जानी नजानी माओवादीका हरेक हठ, माग र अहंकार पूरा गरिदिए। फलतः माओवादी नेतृत्व झन् निरंकुश बन्दै गयो। 'सबैलाई समाप्त पारेर' एकलौटी शासन गर्ने माओवादीको प्रचण्ड महत्वाकांक्षा भर्खरमात्र चाल पाएका हुन् भने माओवादीबाहेकका सबै नेताहरूले राजनीति त्यागेर सन्यास लिए हुन्छ। २०५२ साल फागुन १ गते कथित जनयुद्ध घोषणा गर्दा नै माओवादीले राजतन्त्र एवं संसदीय प्रजातन्त्र समाप्त पार्ने रणनीति लिएका थिए। राजसंस्थालाई दलहरूका विरुद्ध र दलहरूलाई राजसंस्थाविरुद्ध प्रयोग गर्ने रणनीति र कार्यनीतिको 'फ्युजन' गरेर माओवादीले जंगल, सहर, सडक, संसद् र सरकार सबैलाई प्रयोग गरे। पूँजीवादी घरानाका व्यक्तिदेखि लिएर अवसरवादी, ठग, दुईजिब्रे, चाटुकार तथा समाजले नपत्याएका दुई कौडीका मान्छेलाई पनि माओवादीले प्रयोग गरे। मधेसी जनअधिकार फोरमदेखि लिएर सुजाता र शेखर कोइरालाहरूसमेत माओवादीप्रति आज नरम छन्। सेनामा विखण्डन ल्याउन सो संगठनका केही लोभीपापीलाई माओवादीले प्रयोग गरे। परिवार नियोजनको साधनझंै प्रयोग गर्दै मिल्काउने क्रममा कैयन् व्यक्ति माओवादीका लागि अब अनुपयुक्त ठहरिइसकेका छन्। सुरुसुरुमा माओवादीको वकालत गर्ने कतिपय अवसरवादीहरू अहिले मौन छन्। नेता, पत्रकार, वकिल, कर्मचारी, उद्योगपति, व्यापारीदेखि लिएर हिजो दरबारले पालेका कैयन् व्यक्तिले आज पनि माओवादी अराजकताको सशक्त विरोध गर्न नसक्नुको मुख्य कारण यही हो।
चालीस लाख भारतीयलाई नागरिकता दिने र नेपालका दर्जनौं नदी भारतलाई सुम्पिने माओवादीहरू आफूलाई साँच्चै देशभक्त र राष्ट्रवादी ठान्छन् भने नागरिकता र नदीबारे गरेका निर्णयहरू फिर्ता गराएर देखाउन्। राष्ट्रवादी शक्तिका रूपमा सयौं वर्षअघिदेखि एकढिक्का रहेको राष्ट्रिय सेनासँग शत्रुता गर्ने र भारतको निर्देशनमा काम गर्ने माओवादीहरू भारतकै उत्पादन अर्थात् 'मेड इन इन्डिया' हुन् भन्ने कुरा त्यहाँका विदेशमन्त्री प्रणव मुखर्जीले स्पष्ट गरिसकेका छन्। तसर्थ, केवल 'जनताको सर्वोच्चता' भन्दैमा राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले माओवादीलाई विश्वास गर्न सक्दैन। जनताको सर्वोच्च प्रतिनिधि संस्था संसद् नै चल्न नदिने र नागरिक सर्वोच्चताका नाममा माओवादी गुरिल्लाको सर्वोच्चता आजको सभ्य समाजले स्वीकार गर्दैन। यो कुरा माओवादी नेतृत्वले बुझ्नै पर्छ।
'दुई/चारपल्ट केही व्यक्तिलाई मूर्ख बनाउन सकिन्छ, तर सधैं सबैलाई मूर्ख बनाउन सकिँदैन' भन्ने कथन माओवादीले पनि बुझ्नुपर्छ। भारतीय गुप्तचरहरूले तालिम, पैसा र हतियार दिएर एलटीटीईकै शैलीमा हुर्काएका माओवादीले नेपाल र नेपालीको हितमा के काम गरे? कांग्रेस–एमालेका नेताहरू झै दिल्लीकै निर्देशनमा काम गर्ने माओवादीहरू भारतकै बलमा सत्तामा आए। भारतकै बलमा सत्ताबाट बाहिरिए। उनीहरू राष्ट्रवादी थिए भने सम्झौता गर्न दिल्ली होइन, दमक, दाङ, दैलेख, दोलखा, दमौली, दिपालय वा दशरथपुर जहाँ गए पनि हुन्थ्यो। दिल्लीद्वारा दिल्लीका लागि दिल्लीकै हितमा जबर्जस्ती लादिएको गणतन्त्र आज 'गनतन्त्र' (न्गल त्बलतचब) सावित भएको छ। माओवादीहरू 'मेड इन इन्डिया' नै हुन् भन्ने छर्लङ्ग भएको छ र घटनाक्रमले सबैलाई नांगो बनाइदिएको छ।
सीडीको पोल खुलाउन शक्तिखोरमा कोर्रा
२७-वैशाख-२०६६,आइतवार
शिविरका शंकास्पद लडाकुको मोबाइल बन्द
प्रत्येक डिभिजनका बीस लडाकु राजधानीमा
काठमाडौं। नेपाली सेनालाई आफ्नो पार्टीको नियन्त्रणमा ल्याएपछि तत्काल जनवादी सत्ता कब्जा गर्ने माओवादीको गोप्य रणनीति समेटिएको भिडियो सार्वजनिक भएपछि मुलुकको राजनीतिले कोल्टो फेरेको छ। सत्ता कब्जा गर्ने माओवादीको गोप्य रणनीति समेटिएको उक्त भिडियो रेकर्डसम्बन्धी समाचार गत सोमबार प्रकाशित तरुण साप्ताहिकमा पहिलोपटक सार्वजनिक भएपछि त्यसैदिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामाबाहेक अन्य विकल्पले विपक्षीप्रति आक्रामक हुन नसकिने ठहर गर्दै दिएको राजीनामाले पनि उनको बचाउ गर्न सकेन। सोमबार साँझदेखि विभिन्न टेलिभिजन च्यानलहरूले समेत उक्त भिडियो रेकर्डको समाचार फ्लोअप गरेपछि प्रधानमन्त्री प्रचण्डको राजीनामा प्रकरणसमेत ओझेलमा पर्यो।
भिडियो रेकर्ड प्रकरणलाई ओझेलमा पार्न र राष्ट्रपतिविरुद्ध माहौल खडा गर्न प्रधानमन्त्री पदबाट राजीनामा दिएका माओवादी अध्यक्ष प्रचण्ड अहिले पनि 'एक तिरले दुई सिकार' गर्ने अभियानमा छन्। भिडियो रेकर्ड सार्वजनिक गराएको आरोप लगाएर आफ्नै पार्टीभित्रको डा.बाबुराम भट्टराई समूहलाई समाप्त पार्ने अभियानलाई माओवादी अध्यक्ष प्रचण्डले पहिलो प्राथमिकता दिएका छन् भने समर्थन र विरोधको ललिपप देखाएर कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमभित्र अन्तर्संघर्ष सिर्जना गर्ने अभियानलाई उनले दोस्रो प्राथमिकता दिएका छन्। नेपाली सेनाभित्र विभाजनको रेखा कोर्ने, नागरिक समाजलाई अन्योल बनाउने र राष्ट्रपतिलाई विवादमा तान्ने अभियानमा आफूले सफलता प्राप्त गरेको ठम्याइ माओवादी अध्यक्ष प्रचण्डको छ।
गोप्य भिडियो रेकर्ड दुस्मनको हातमा पुर्यारएर महान् जनयुद्धमा जित हासिल गरिरहेको पार्टीमाथि गद्दारी गरेको आरोप लगाएर डा.भट्टराई पक्षधरलाई समाप्त पार्ने माओवादी अध्यक्ष प्रचण्डको अभियानमा संगठन विभाग प्रमुख मोहन वैद्य किरण र संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाश सारथी बनेका छन्। यसबारे छानबिन गर्न अध्यक्ष प्रचण्डको सल्लाहमा उनीहरूले छुट्टाछुट्टै दुईवटा आयोग बनाएको समाचार स्रोतले जनाएको छ। स्रोतका अनुसार एउटा आयोगमा को–को छन् र कसरी छानबिन गर्दैछन्? भन्ने कुरा अर्को आयोगलाई समेत कुनै आभास नहुने गरी छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ। डा.बाबुराम भट्टराई र टोपबहादुर रायमाझी दुईवटै आयोगको छानबिनको दायरामा परेका छन्। पोलिटब्युरो सदस्य अग्नि सापकोटा पनि छानबिनको दायरामा परेको बुझिएको छ। यद्यपि, सापकोटा डा.भट्टराई पक्षधर भने होइनन्।
यसबाहेक अध्यक्ष प्रचण्डले आफ्नैतर्फबाट पनि पहल गरेका छन्। आफ्नो 'जनमुक्ति' सेनाका ३ नं. डिभिजन शक्तिखोरका प्रमुख कालीबहादुर खाम विविधलाई तारन्तार फोन गरेर छानबिनका बारे भएको प्रगति विवरण अध्यक्ष प्रचण्डले लिइरहेको बालुवाटार स्रोतले बताएको छ। अहिले शक्तिखोरका सातजना बटालियन कमान्डरहरूलाई नियन्त्रणमा लिएर कडा यातनाका साथ केरकार आरम्भ गरिएको जानकारी विविधले अध्यक्ष प्रचण्डलाई दिएका छन्। आन्तरिक सूचना बाहिर जानसक्ने भयले शक्तिखोरका शंकास्पद लडाकुहरूको मोबाइलको फोन बन्द गराइएको छ। त्यसैगरी, राजधानीमा कुनै पनि बेला घटना घट्न सक्ने ठम्याइका साथ प्रत्येक डिभिजनबाट २०–२० जनाका दरले करिब चार सय ५० सार्पसुटर लडाकुलाई काठमाडौंमा उतारिएको छ। दिनहुँ हुने जुलुसमा सहभागी एक कमान्डरले भने, कसैसँग सम्पर्क नगर्नु भनेकाले घरमा समेत खबर गरिएको छैन। कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका फरार अभियुक्त विविधले केरकारका क्रममा शक्तिखोरमा कुनै दुर्घटना निम्त्याउन सक्ने आशंकाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूको ध्यान पनि त्यसतर्फ गएको छ। माओवादी छापामार प्रमाणीकरण प्रक्रियामा बद्नाम भएको अनमिनले पनि छानबिनका क्रममा कसैको जीउज्यानको तलमाथि नहोस् भन्ने कुरामा ध्यान दिएको छ। यातना खप्न नसकेर कसैले आत्महत्या पनि गर्नसक्ने, कसैको यातनाका क्रममा मृत्यु पनि हुनसक्ने र जबर्जस्ती डा.भट्टराईको नाम पोल्न सक्ने आशंकाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूको ध्यान शक्तिखोर शिविरभित्र पुगेको हो।
भिडियो रेकर्ड प्रकरणले डा.भट्टराईको राजनीतिक सिकार नगरोस् भन्ने मामिलामा भारतीय बुद्धिजीवीहरूसमेत सचेत देखिएका छन्। जबाहरलाल नेहरू विश्वविद्यालयका केही प्रोफेसरहरूले यो खतराप्रति सचेत रहन डा. भट्टराईलाई आग्रह गरेका छन्। भारतीय सरकारका नेपाल मामिलासम्बन्धी एसडीमुनी जो डा.भट्टराईका गुरु पनि हुन्, उनले आवश्यकता परे भारतको विरोध गरेरै भए पनि आफ्नो ज्यान र पार्टी हैसियत बचाउँदै पार्टीभित्र प्रचण्डको विकल्प दिन डा.भट्टराईलाई टेलिफोन गरी सल्लाह दिएको समाचार स्रोतले जनाएको छ। प्रधानमन्त्री पदबाट राजीनामा दिएका अध्यक्ष प्रचण्डले समेत कुनै विदेशी शक्तिको नाम नै
उल्लेख गरेर विरोध गर्न नसकिरहेको सन्दर्भमा डा.भट्टराईले पटक–पटक भारत र प्रधानसेनापति रुक्मांगद कटवालको सक्रियतामा भिडियो रेकर्ड दुस्मनको हातमा पुगेको भनिरहेकाले पनि किरण तथा प्रकाशले छानबिनको दायरा डा.भट्टराईतर्फ केन्द्रित गरेका हुन्। प्रधानसेनापति रुक्मांगद कटवाललाई तत्काल बर्खास्त गर्नुपर्ने कुरामा पनि सबैभन्दा बढी डा.भट्टराई नै रहस्यात्मक ढंगले कुर्लेका थिए। तर कटवाल प्रकरणको कारण आफ्नो चीन भ्रमण रोक्नमात्र प्रचण्ड बाध्य भएनन्, प्रधानमन्त्री पदबाट राजीनामा दिनसमेत बाध्य भए। त्यसैले चीन भ्रमण रोक्ने र आफूलाई पदबाट हटाउने भारतीय डिजाइनअन्तर्गत कटवाललाई हटाउने प्रस्ताव आएको र त्यसमा डा.भट्टराईले नेपथ्यको भूमिका निर्वाह गरेको ठम्याइमा माओवादी अध्यक्ष प्रचण्ड पुगेका छन्। डा. भट्टराईलाई प्रधानमन्त्री बनाउनका लागि भारतले आफूलाई चक्रब्यूहमा फसाएको अनुभूति गरेका अध्यक्ष प्रचण्ड बरू पार्टीमा फुट हुन दिने तयारीमा छन्, तर डा.भट्टराईलाई प्रधानमन्त्रीका रूपमा देख्न तयार छैनन्। प्रधानमन्त्री पदबाट राजीनामा दिएको चौथो दिन आयोजित पत्रकार सम्मेलनमा डा.भट्टराई प्रधानमन्त्री बन्ने सम्भावनाबारे सोधिएको प्रश्नमा माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए– हाम्रो पार्टीभित्र मबाहेक अरु कोही प्रधानमन्त्री बन्ने सम्भावना छैन, पार्टीमा विभाजन ल्याउनका लागि मेरो विकल्पको चर्चा गरिएको हो। तर प्रधानसेनापति कटवाललाई स्पष्टीकरण सोधिएको पर्सिपल्ट म्यानपावर व्यवसायी एवं एक टेलिभिजन सञ्चालकले छिट्टै नै डा.बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने कुरा आफ्ना निकटस्थसँग बताएका थिए। उनी माओवादी प्रवक्ता दीनानाथ शर्माका व्यापारिक साझेदार पनि हुन्।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !