May 1, 2009

दुनियाँ को उपहास भएर बचेँ

गुरु केदार बराल
अमेरिका


दुनियाँ को उपहास भएर बचेँ
पागल को उपमा पाएर बचेँ
तिमीले मलाई छोडे देखि
म यस्तै धेरै हालत म बचेँ
आँखा को आसु रित्ताएर बचेँ
मुटु को घाहु लाई सहेर बचेँ
हासो सबै सएर बचेँ
एकान्त लाई साथी बनाएर बचेँ
सुनसान तिम्रो याद म कल्पेर बचेँ
तिम्रो तस्वीर छाती म च्य्पेर बचेँ
आफु लाई आँफैबाट हराएर बचेँ
म यस्तै धेरै हालत म बचेँ
तिमीलाई अरु सगै हिंडेको हेरेर बचेँ
दुनियाँ मा तिम्रो चर्चा सुनेर बचेँ
त्यो हाम्रो आतित सम्झेर बचेँ
म यस्तै धेरै हालत म बचेँ
खाली अस्तिपञ्चर लिएर बचेँ
मुटु बिनाको ढुक्ढुकी लिएर बचेँ
तिम्र लागि हजरौ अपहेलना सएर बचेँ
लाखौं पटक मरेर बचेँ
तिमीले मलाई छोडे देखि
म यस्ता हजरौ हालत म बचेँ
आफ्नै मुटु चुडेर बचेँ
हजार पटक रोएर बचेँ
भन तिमी म कसरी बचेँ
तिम्रै याद म बचेँ
तिम्रै नाम जपेर बचेँ
न म सक्छु भुल्न तिमीलाई
न सक्छु याद मा वीरसिना तिमीलाई
धोका नै धोका को जीबन मा
जिन्दगी नै धोका सम्झेर बचेँ
अझे माया सम्झेर बचेँ



5 Comments:

Anonymous said...

मित्र,
कविता वा साहित्यमा भाषाको परिष्कृति चाहिन्छ, त्यसैले साहित्य लेख्‍नेहरू द्वारा भाषाको 'सराद्दे' नगरी शुद्दताको नजिक पुग्ने प्रयत्न गरियोस् भन्ने कामना छ । साहित्य भनेको मनमा जे आयो त्यो कुरालाई छरपष्ट 'वान्ता' गर्नु हैन भन्ने कुरा बुझ्न जरूरी छ । भावनहारू सबैसंग हुन्छन् तर त्यसलाई अभिव्यक्त गर्ने माध्यमले भावनाको इज्जत बहन गर्न सकेन भने , त्यो व्यंग्य बन्न पुग्छ । आजकल मान्छेहरू प्रयत्न नै नगरी सजिलै साहित्यकार बन्ने ध्याउन्नमा साहित्य र कवितालाई बजारमा नंग्याउँदै छन् जुन हुन नहुने कुरा हो । साहित्य रचनामा केही प्रयास त चाहिन्छ नि , यो कसैसंग बसेर कुरा गरेका शव्दहरूलाई जस्ताको तस्तै शव्दमा राखेर बन्दैन हजूर ।

कवि कविता होस् , कविता कवि ,
कविता तब पो बन्छ
शव्द थुपारी के हुन्छ , भाव भए पो हुन्छ '

भन्ने पारसमणी प्रधानको भनाइलाई बुझेर साहित्य रचनाको ठूलो भार उठाउँदा यो प्रयासलाई ईज्जत पनि गर्न सिकौँ ।

-साहित्यानुरागी

नेपालियन said...

साहित्यानुरागी जि ले माथीको भावलाइ शब्द को टुक्रा भयो कबिता भएन भन्नुभयो। मलाइ त त्यो कबिता होइन कि गित जस्तो लाग्यो। लेखिएका भावना र मिलाइयो क्रम गितसंग बढी मिल्छ जस्तो लाग्यो। त्यसलाइ तपाइले कबिता कसरी भन्नुभयो थाहा कुन्नी? गित नै हो भने त "टाउको दुख्यो, रुखा लाग्यो, आहुहुम......" भन्दा त राम्रो छैन र?

प्रबिण थापा said...

साहित्यले सभ्य समाजको प्रतिनिधित्व गरेको हुन्छ त्यसैले पनि हो गहन बिषय हो र हरेक कुरा जन्मजात पूर्ण भएर आउँदैन भन्ने कुरा साहित्यनुरागी मित्रले पनि बुझ्नु भएको हुनुपर्छ, समयक्रम र निरन्तरताको अभ्यासले नै कुनै पनि क्षेत्रमा निखरता ल्याउछ।अबश्य नै शुद्धा शुद्धिमा भने ध्यान दिनुपर्ने देखिन्छ। नेपोलिएन जि ले भने जस्तै मलाई पनि यो कबिता भन्दा गीतको नजिक छ जस्तो लाग्छ। शब्दहरु राम्रा भएर पनि अली कता कता संरचना नमिलेको जस्तो देखिन्छ। एउटै शब्द बचेँ लाई धेरै दोहर्याएको कारणले गर्दा अली पढ्न पनि जागर नचल्ने देखिन्छ।
अन्त्यमा गुरु जि नरिसाउनु नि जे देखियो त्यही भनियो बरु आगामी सिर्जना यि सबै मलजल पुराएर हामीलाई चाडै पस्कनु हुनेछ होइन त!

Anonymous said...

galti ta sabai bata huncha jasto lagcha shudhi karan garnu,saradey,banta etc shabda ko satta kaha kay galti cha sachyauney garay sabai lay ramro kura sikna ra sunna painthyo jasto lagcha

Anonymous said...

guru kabita ho ya geet soch sabai ko alag alag huncha tara jaslai jay bhanay pani mailay sachyaudai parda dhyrai ramro lagyo keep it up.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !