April 19, 2009

आफ्नै हात नि काट्छ छुराले

आफ्नै हात नि काट्छ छुराले बलियो दापमा नपरे
चेत आउदो रछ र कहाँ जिन्दगी धापमा नपरे

स्वच्छ हराभरा यो धरा सुगन्धले कि दुर्गन्धले
कुन्ठित बिरुवा हुर्केलान के घाम्को तापमा नपरे

जल थल मलको समायोजन बिना हुर्केको फल झै
जरौली देखिन्छ नयाँ लुगै नि आफ्नो नापमा नपरे

साद्य र साधनको सन्तुलन व्याख्या कि बेबहारमा
सबै अल्छि गर्दैनन केही,जब सम्म चापमा नपरे

गती रोकी सधै अधोगती,कहाँ को हो यो उन्नती
सिको ननीको हुनेनै भयो गतिलो छापमा नपरे


3 Comments:

एकलव्य ( Eklavya) said...

आफ्नै हात नि काट्छ छूराले बलियो दापमा नपरे
चेत आउदो र'छ र कहाँ जिन्दगी धापमा नपरे ?


वास्तवमा तपाईँको शव्द संयोजनको जति तारिफ गरे पनि कमै हुन्छ !

म त तपाईँका मुक्तक, गीत र गजलमय अभिव्यक्तिको फ्यान नै हूँ ।

-एकलव्य

अति उत्तम !

nepali said...

सुरुमा त दारी काटने कुरा ग्रे जस्तो लाग्याथ्यो...हेहेहे...माओबादी लाई पो ब्यन्ग रेछ...ठीक भन्नुभो गाठे...

प्रबिण थापा said...

शब्द संयोजनको उत्कृष्ठ अभिब्यक्ती छ तपाईंको गजलमा, सुन्दर अति सुन्दर सधैंभरि पढ्न पाइओस तपाईंका सिर्जनाहरु यसरी नै ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !