शेखर ढुङेल
०३-०१-२००९
रुनु न हास्नु भयो जीवन
माझदार मा अल्झेर
न अघी न पछी जान सके
नियती मा फसेर
रुनु न हास्नु ---
चियायो बिहानी ले सधैं मलाई
नयाँ भाग्य ल्याएन
गिज्याइ रह्यो चाद मलाई
यो मन मा सित्तल छरेन
रात भर सित्तल छरेन
रुनु न हास्नु ----
वारी पारी डुल्छन आँखा
कीनार मा देखिन्न आशा
निरास , हतास भयो मन
मरु कि बाचु उपाय सुझेन
मेरो मनमा उपाय सुझेन
रुनु कि हासु भयो जीवन
मझदार मा अल्झेर -----
March 3, 2009
Subscribe to:
Post Comments (Atom)
2 Comments:
हिक्मत नहार्नुस् शेखर जि !
तपाईंको कबिता भाबानुसार भनेको है ।
कबिता ले मन छोयो ।
लेख लेख्नुस् धेरै । मन मा शान्ती हुन्छ ।
यो त नया नेपाल जस्तै भयो नि?
"रुनु न हास्नु भयो जीवन
माझदार मा अल्झेर
न अघी न पछी जान सके
नियती मा फसेर"
हैन र?
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !