केही महिना पहिले ब्रिलियन्टम्यान७१ को रुपमा पोष्तकजीले आफ्ना जिन्दगीका केहि रोमान्चक घटनाहरु प्रस्तुत गर्दा मैले पनि आफ्नो जिन्दगीका केहि क्षणहरु, जो अहिले पनि मेरो मानस पटलमा घुमिरहेका छन, लाई कुनै बेला शब्दको रुपमा उतारेर बाडुँला भन्ने सोचाई राखेको थिएं । शेखरजीका यात्रा संस्मरणहरु पनि कम्ति रोचक थिएनन । वास्तवमा त्यस्ता घटनाहरु कुनै भुक्तभोगीका व्यक्तिगत जिन्दगीमा घटेका भए पनि अरुका लागि जानाकारी वा मनोरंजनका हिसावले पनि महत्वपुर्ण हुन सक्छन ।
हुन त मेरो व्यक्तिगत भोगाइ सबैका लागि उत्तिकै रोचक नहुन सक्छन, तर पनि मान्छेको जिन्दगीमा अनुभव वा भोगाई भन्ने चिज कुनै पनि व्यक्तिका लागि अमुल्य नीधि हुन जुन समयको कडीसंगै आउंछन, अप्रिय पनि हुन सक्छन तर कालान्तरमा तिनै एउटा संस्मरण बनेर बसिरहन्छन ।
अविश्मरणीय क्षणहरुको बारेमा कुरा गर्दा “प्यार” वा “इश्क”को मामलामा म मास्टर्स लेभलसम्म पुग्दा पनि खरो उत्रिन । त्यसको मतलव म “नालायक” वा “नन रोमान्टिक” थिएँ होला जस्तो पनि लाग्दैन तर पनि प्यारको केमिष्ट्रीले नतीजा देखाउन “क्याटालिष्ट” हरु देखि लिएर “रियाक्टिङ कम्पोनेन्ट्स”हरुको पनि उत्तिकै भुमिका हुने भएर होला मेरो “प्यारको केमिष्ट्री” जिन्दगीको उर्वर समयमा खासै फिट हुन सकेन । सिधा अर्थमा भन्दा म जति “सक्षम” थिएँ मेरो परिवेश र आर्थिक अवस्था त्यति “सक्षम” थिएनन (हुन त कति हुनु पर्छ भन्ने नियम छैन होला त्यहि पनि यसले कतिपय अवस्थामा भुमिका खेल्दोरैछ) र त्यसै कारणले मैले धेरै इच्छा आकांक्षाहरुलाई शहिद बनाउंदै लगें । आउने केहि दिनहरुमा टिनएजर समयका अझै पनि मानसपटलमा घुमिरहने केहि सम्झनाहरुको बारेमा एक दुई हरफ बाड्ने कोशिस गर्नेछु ।
क्रमश:

6 Comments:
ल है ... सुनाउनुस है हजूरका रमाईला क्षणहरु...
i m wating your unforgetable moments.
भनेपछि पान्डाजीको प्रमेको हाफ लाइफ अली लामो परेछ। चिन्ता नगरम गुरु, हाफ लाइफ जती लामो भयो उती प्रेम टिक्छ किनकी यस्को डिके भ्यालू पनि दरै हुन्छ नि!
आगामी अंकको प्रतिक्षा शुरु गरें है मैले ।
कोशिस गर्नेछु है सकभर रोचक बनाउन । अब नन रोमान्टिक मान्छेले खासै के रमाइलो पस्किन सक्ला र! त्यहि पनि भाको र सम्झेको कुरो लेख्दिने हो, हेरौं है त कस्तो हुन्छ ।
अनि नेपालियनजी बेलाँ अर्न नपाको प्रेम ले लौरो समाउने बेलाँ के काम देला र त्यै पनि चित्त बुझाउने बाटो त हो!
ल है अर्को असाइन्मेन्टले गर्दा ढिलो भयो भन्न पाईन्न्न।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !