प्रभा आचार्य
समयको क्रम सँगै दिनहरु ब्यतित हुँदै गए । म झन आर्मी हेड्क्वाटरका कर्मचारिहरुको नजिक बन्दै गए । सबैसँग मेरो भेट्घाटको क्रम झन तिब्र बन्दै गयो किनकी मैले साहित्य मार्फत आर्मी रेडयो लाई सहयोग गर्न थालेकि थिएं। यसैले पनि मेरो समिप्ता बड्नु स्वभाविक थियो । त्यहा उसबेला मेरो घनिष्टता हालको मेजर केशब बर्तौला, कर्णल इन्दु खड्का, शिखा मल्ल, कप्तान मोहन थापा, कर्णल इश्वर श्रेष्ठ, प्रताप कार्की,र अन्य धेरैसँग भयो । मानौ म एक दिन ढिला मात्र पुगेँ भनेपनी उनिहरुले प्रश्न गरिहाल्दथे । यसरी आनन्दसँग मात्र नभएर मेरो प्रगाढ सम्बन्ध सबैसँग थियो त र आनन्द र म चाँही साङीतिक् क्षेत्रको भएकोले पनि हामीमा अझ गाढा सम्बन्ध हुन पुगेको भन्नमा अत्युक्ती हुँदैन ।
यसरी म त्यो दिनहरुलाई मेरो सम्झनाको उत्तम दिन भन्न कन्ज्युस्याइ गर्दिन । सधैं भेटघाट,कुराकानीले गर्दा म आनन्दभाइ सँग अझ नजिक बन्न पुगेँ । म मेरा कतिपय कुराहरु पनि वहाँलाई भन्न अप्ठ्यारो मान्दिन थिएँ, कारण वहाँ मान्छे नै यस्तो हुनुहुन्छ शायद कसैले पनि वहाँलाई आफ्नो कुरा भन्न असजिलो मान्दैन मेरो बिचारमा । यस्तै प्रशङमा एकदिन म यस्तै दिनको चार बजेतिर हैरान भएर आर्मी हेड्क्वाटर पुगेँ । मन पनि ठीक थिएन । त्यसै म उदास थिएँ । म सबैलाई भेट्दै आनन्द को अफिसकोठामा गएं । मलाई देख्नसाथ “दिदिलाई आज के भयो उदास देखिनु हुन्छ त ?” भनेर आनन्दले प्रश्न गर्नु भयो । मैले पनि आफ्ना सारा कुरा भने ।
त्यो के थियो भने । मलाई एउटा संस्थाले बातावरण सम्बन्धी गीतहरु लेख्न लगाएको थियो । मैले दसवटा गीतहरु लेखेर जिम्मा लगाएकी थिएँ । तर पारिश्रमिक दिनलाई उनिहरुले मलाई झुलाई रहेका थिए । जहिले पनि आज आउनु र भोली आउनु भनेर मलाई दु:ख दिइरहेका थिए। किन कि मेरो पेशा नै त्यही थियो । त्यही कुरा मैले आनन्दलाई सुनाए । आनन्दले मेरो कुरा सुन्नसाथ जुरुक्क उठेर “कुन ठाउँ हो त्यो दिदी हिंड्नुहोस् जाउँ” भनेर मलाई भन्नु भयो । मैले “हैन अहिले नजाउँ कुनै दिन जाउँला नि” भन्दा पनि आफ्नो लगाएको ड्रेस नै नबद्ली मलाई जाउँ भनेर भन्नु भयो । म पनि पछी लागेँ । त्यो ठाउँ अनाम नगर थियो लग्भग १५ मिनेटमा नै आननदले मलाई त्यहा पुर्याएर त्यो अफिसमा सिधै लानु भयो । ठीक ५ बज्न आँटेको थियो । उनिहरु पनि सबै निस्कनलाई तयार रहेछन । आननदले आफ्नो परिचय केही नदीइ नै “तपाईंहरुले वहाँलाई गीत लेख्न लगाउनु भएको रहेछ र पारिश्रमिक दिन ढिलाई गरेर वहाँलाई दु:ख दिनु भएको रहेछ । शायद वहाँ स्त्री मान्छे भनेर हो वा वहाँ एक्लो आईमाई भनेर हो दु:ख दिनु भएको म वहाँको मान्छे हो र लेखकहरुलाई इज्ज्त गर्न जान्नु होस् र वहाँको पैसा अहिले नै तुरुन्त दिनु पर्छ नत्र म कार्वाही गर्छु” मात्र के भन्नु भएको थियो । त्यहाको मुख्य मान्छेले केही नबोली पैसा झिकेर तुरुन्त मलाई दिए । हामी पनि उक्त रकम थापेर त्यहाबाट निस्क्यौ । यसरी त्यो दिन आननद को ब्यवहाँरले म चकित भएं । कसैसँग अलिक रुखो बोली गरेको त्यही दिन मैले देखें । समय र परिस्थितीले गर्दा कहिले कही नचाहेर पनि बद्लिनु त सबैले पर्छ । त्यही कुरा आननदलाई पनि लागु भएको थियो .
क्रमश :
5 Comments:
bada rochak cha ta kahani
nirantrata ko subhakamana..........!
तपाइको संस्मरण लेख्दै जानुहोला। निकै रोचक लाग्दै छ आन्न्दसंगका सम्झनाहरु।
rachak maatra nabhayera yo marmik pani hudai jaanechha tyasta ghatnaharu ajhai chhan.ma lekhdai jaanechhu.
जिबन का छ्यण हरु लाई हामी सँग बाडिरहनु भएको मा धन्यवाद प्रभा जि ।
tapaiharuko protsaahanko pratiphal ho.
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !