कती ठोक्यौ माथा तिम्ले कहिले बोलेन ढुङ्गाको देउता
धोका दिदैनन सबैले खोज मन मिल्ने साथी एउटा
सतहमा संग्लिएर बग्दा थिग्रिएका बिकार देखिन्न
कहाँ पो सकिन्छ र फेरी नाप्न मुटुको कुना र छेउ ता
हिजो भिजेको आँसुले आज नबगायोस फेरी तिम्रो
खुर्क अतितका डामहरु ,नत्र लाग्ला मनमा लेउ ता
उचाइ दिन नसके नि गिराउने थिन यि नजरबाट
कसरी दिनु दस्तक दिलमा, दिदिनौ कहिले भेउ ता
फुलमा काँडा पनि हुन्छ बिझ्ला नबिझ्ला यो श्पर्शको तरिका
यता म काँडालाई नि फुल देख्छु देख्नेले देखे के उता
March 21, 2009
Subscribe to:
Post Comments (Atom)
2 Comments:
ramro chha waka g, ati sundar
कांडालाइ फुल देख्नु भएछ वाका जि ले, फुललाइ कांडा त देख्नुहुन्न होला नि? नत्र फेरी प्रियासीले फुल लिएर आउंदा काडा देखेर भाग्नुहोला।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !